२०८२ बैशाख १८, बिहिबार
अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्यो। नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन्।
अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए। नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।
नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो। नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए। यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए।
टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे