नवलपुरको कावासाती ८ मा रहेको युनिभर्सल इन्टरपेनेर्स प्रा.लि. शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
त्यहाँ कार्यरत विभिन्न व्यक्तिहरुलाई नेटवर्किङ विजनेश मार्फत प्रशस्त पैसा कमाउन सकिन्छ भन्ने झुटो प्रलोभन देखाई काम समेत लगाइदिने भनि रकम लिइ काम समेत नलगाएको आरोपमा सो कम्पनीमा कार्यरत ५ जनालाई पक्राउ गरिएको हो।
सो ५ जना व्यक्तिहरुलाई अनुसन्धानको लागि पक्राउ गरी ठगी सम्बन्धी कसूरमा सम्मानित नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूले विभिन्न कम्पनीबाट उत्पादन गरिएका सामानहरु खरिदको रकम हाल्न लगाउने, सामान नदिने र रकम फिर्ता माग्दा समेत फिर्ता नदिने, गरेको भनि पिडितहरुले दिएको जाहेरी दरखास्तको आधारमा उक्त नेटवर्किङ बिजनेश प्रा.लिमा कार्यरत रहेका ५ जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे