दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डवल बहादुर बमले जानकारी दिनुभएको छ ।
थापाको भालु वाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी वर्ष २२ को प्रचण्ड थापा घाइते भएका छन् । उनको भालु वाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले बताउनुभयो ।
गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान चन्द्रौटा देखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृतकको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे