• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी: महत्वपूर्ण विषयगत प्रश्नोत्तर भाग-३

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन २५, बुधबार

  • ६०५ पटक पढिएको
  • १. सुशासन कायम गर्न स्थानीय तहले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? लेख्नुहोस् ।
     नेपालको संविधानले गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई स्थानीय तहका रूपमा लिएको छ । जसमा जनताबाट प्रत्यक्ष अप्रत्यक्ष निर्वाचित पदाधिकारी रहन्छन् र यिनैले त्यहाँको शासन सञ्चालन गर्छन् । गाउँपालिका र नगरपालिकामा प्रत्यक्ष रूपमा निर्वाचित पदाधिकारीले शासन सञ्चालन गर्छन् । नेपालको संविधानको अनुसूची ८ मा २२ विषयमा पालिकालाई एकल अधिकार प्रदान गरिएको छ । यी विषयमा पालिकाले नीति निर्माण गर्ने, कानुन तर्जुमा गरी लागू गर्ने, निर्णय गर्ने, योजना बनाउने, वार्षिक बजेट निर्माण गर्नेलगायतका कार्य गर्न सक्दछन् । आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार कानुनबमोजिम विभिन्न सरकारी सेवाको गठन र सञ्चालन गर्न सक्छन् । त्यसैले स्थानीय तहलाई स्थानीय सरकार पनि भनिन्छ । नेपालको संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायतका कानुनले स्थानीय तहको जिम्मेवारी प्रस्ट पारेको छ । त्यसभित्र रही स्थानीय तहले आफ्नो क्षेत्रभित्र आर्थिक, राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिकलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गर्न सक्छ । आफ्नो क्षेत्रभित्र कार्य गर्न स्थानीय तह स्वतन्त्र एवं स्वायत्त छन् । त्यसकारण स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्नेदेखि विकास निर्माणलगायतका सबै कार्यमा पारदर्शिता, जवाफदेहिता तथा सहभागिता बढाई स्थानीय तहमा सुशासन कायम गर्न स्थानीय तहले बहुआयामिक भूमिका निर्वाह गर्नुपर्छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
    – संविधानअनुरूप हुने गरी आफ्ना एकल अधिकारका विषयमा स्थानीय कानुन तर्जुमा गर्ने, स्थानीय कानुनको प्रचारप्रसार गर्ने, कानुनको पूर्ण पालना गर्ने गराउने,
    – पालिकादेखि वडातहसम्म प्रशासनिक संरचना निर्माण गर्ने, यस्ता संरचनाबाट हुने सेवा प्रवाह र सूचना प्रवाह स्वचालित रूपमा हुने प्रणाली र संस्था निर्माण गर्ने,
    – स्थानीय तहमा कार्यरत निजामती, प्रहरीलगायतका राष्ट्रसेवक संयन्त्रलाई सबल, सक्षम बनाउने, जनताप्रति जिम्मेवार र जवाफदेही हुने संयन्त्र निर्माण गर्ने,
    – नागरिक बडापत्र जारी गरी स्थानीय तहको सेवा प्रवाहलाई थप सहज बनाउने,
    – जनतालाई आवश्यक पर्ने अति आवश्यक सेवा सुविधाहरू जस्तैः खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, आगलागी, बाढीपहिरोजस्ता आकस्मिक घटनामा उद्धारलगायतका सेवा सुविधा सर्वसुलभ बनाउने,
    – वृद्ध, अपाङ्गता, महिला, बालबालिका, आर्थिक एवं सामाजिक रूपले पिछडिएका वर्ग समुदायका आवश्यकतामा प्राथमिकता दिई कार्यसम्पादन गर्ने,
    – व्यवस्थापकीय पक्षमा मितव्ययिता, दक्षता तथा प्रभावकारिता कायम गर्ने, यही आधारमा साधन स्रोतको परिचालन गर्ने,
    – स्थानीय तहबाट हुने सबै कार्यमा प्रविधिको उच्चतम प्रयोग गरी सम्पूर्ण कार्यलाई कम्प्युटराइज्ड गर्ने, व्यक्तिगत घटना दर्तादेखि सेवा प्रवाहका हरेक कार्यको व्यवस्थित अभिलेख राख्ने,
    – सामाजिक पुँजी निर्माण गर्ने, परिचालन गर्ने,
    – सामाजिक कुसंस्कार एवं विकृति हटाउँदै समृद्ध समाजको निर्माण गर्ने,
    – भ्रष्टाचार एवं अनियमित कार्य गर्नेलाई कडा कारबाही गर्ने, संरक्षण नगर्ने, सामाजिक बहिष्कारको नीति अवलम्बन गर्ने, अनियमितता नियन्त्रण कार्यमा स्थानीय नेतृत्वले उदाहरणीय कार्य गर्ने,
    – स्थानीय तहमा देखिने गरिबीको पहिचान गरी गरिबी निवारणका कार्यक्रम सञ्चालन गर्ने, यस कार्यमा सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गर्ने,
    – आफ्नो क्षेत्रभित्रका सम्पूर्ण जनताको जनसङ्ख्या सामयिक रूपमा अपडेट गर्ने, यसकै आधारमा आर्थिक, सामाजिक कार्यक्रम लागू गर्ने,
    – कार्य प्रणालीलाई सरल, छिटोछरितो, मितव्ययी, कम प्रक्रियामुखी एवं आधुनिक बनाउने,
    – सेवा प्रवाहमा एकद्वार नीति लागू गर्ने,
    – स्थानीय निजी क्षेत्र एवं नागरिक समाजसँग सहकार्य गर्ने,
    – नागरिक शिक्षा, नैतिक शिक्षामार्फत नागरिक सचेतना एवं सदाचारको विकास गर्ने,
    – आफूले गरेका कार्यको मासिक, चौमासिक एवं वार्षिक रूपमा सूचना सार्वजनिक गर्दै जनतामा सूचनाको हकको प्रत्याभूति गराउने ।

    २. कार्यालयमा हुने बैठक सञ्चालन तयारी गर्दा गर्नुपर्ने कार्यहरूको सम्बन्धमा बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
     कार्यालयको नीति, योजना, कार्यक्रमलगायतका विषयमा आपसी छलफल गर्ने, अन्तत्र्रिmया गर्ने, सूचना आदानप्रदान गर्ने कार्य बैठक हो । यो व्यवस्थापनको नियमित कार्य हो । यसले सहभागितामूलक कार्यप्रणालीमा जोड दिने भएकाले यो सुशासनको एक महìवपूर्ण पक्ष पनि हो । यसले कार्यालयका हरेक काममा स्वच्छता ल्याउँछ तथा वैधता प्रदान गर्छ । यसका लागि बैठकको पूर्वतयारी गर्नुपर्ने हुन्छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
    – बैठकमा पेस गर्नुपर्ने विषय, लिखित वा मौखिक सूचना, तथ्याङ्क एवं दस्तावेज के के हुन् तयारी गर्ने,
    – बैठकमा सहभागीलाई बैठकका विषय, बैठक बस्ने मिति, समय र स्थानसमेत स्पष्ट गरी लिखित पत्राचार गर्ने,
    – बैठकमा सहभागीको सङ्ख्या, पदीय हैसियत, मर्यादालगायतका पक्षमा विचार गरी बैठक बस्ने सभा हलमा त्यहीअनुसार तयारी गर्ने, सहभागीको नाम, थर, पद, बस्ने स्थान र कुर्ची व्यवस्थित गर्ने,
    – बैठक हलको सरसफाइदेखि खानेपानी, खाजा, खानालगायतका पक्षको व्यवस्था गर्ने,
    – लामो बैठक, धेरै विषयमा छलफल तथा निर्णय गर्नुपर्ने भई धेरै दिन बैठक चलाउनुपर्ने भएमा सहभागीका लागि खान र बस्नका लागि व्यवस्था गर्ने,
    – बैठक सञ्चालन, समापनलगायतका विषयको कार्यसूची तयार गर्ने,
    – असल बैठक व्यवस्थापनका लागि एकआपसमा कार्य विभाजन गरी कार्य सञ्चालन गर्ने ।

    ३. स्थानीय तहमा व्यक्तिगत घटना दर्ताबाट हुने फाइदा के के हुन् ? लेख्नुहोस् ।
     स्थानीय तहमा रहेका नागरिकको जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना दर्ता गरी प्रमाणपत्र दिने कार्य व्यक्तिगत घटना दर्ता हो । यो स्थानीय नागरिकको परिवारको लगत तयार गर्ने कार्य हो । स्थानीय तहमा जनसङ्ख्याको यथार्थ अवस्थाको जानकारी दिन तथा स्थानीय आर्थिक एवं सामाजिक नीति निर्माणमा यसले महìवपूर्ण सहयोग गर्छ, यो यसको ठूलो फाइदा हो । यसका अरू फाइदालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
    – प्रत्येक नागरिकको व्यक्तिगत घटना अपडेट हुने,
    – समग्र देशको यथार्थ जनसङ्ख्या यकिन गर्न सहयोग पुग्ने,
    – लक्षित वर्गको पहिचान गरी लक्षित सेवा उपलब्ध गराउन सहयोग हुने,
    – राज्यबाट प्रदान गरिने सेवासुविधा चुस्तदुरुस्त बनाउन मद्दत पुग्ने,
    – बजेट निर्माणमा सूचना तथा तथ्याङ्क उपलब्ध गराउनमा सहयोग,
    – आर्थिक सामाजिक विकासका कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने ।

    ४. नेपालमा पूर्वाधार विकासका समस्या के के छन् ? चर्चा गर्नुहोस् ।
     सडक, हवाई, रेल, जललगायतका सबै यातायात, विद्युत्, सञ्चार, सूचना प्रविधि, सहरी तथा ग्रामीण विकास, आवास तथा बस्ती विकास, भवन, विज्ञान तथा प्रविधिलगायतका पक्ष पूर्वाधार विकास हुन् । नेपालमा पूर्वाधार विकासका यी पक्ष कमजोर छन् । यसमा विभिन्न समस्या देखिएका छन्, जुन निम्न छन् :
    – स्रोतको अभाव हुनु,
    – प्राविधिक जनशक्तिको अभाव हुनु,
    – राजनीतिक अस्थिरता हुँदा नीतिगत अस्थिरता कायम रहनु,
    – प्रशासनिक संरचना सबल र सुदृढ हुन नसक्नु,
    – असुविधाजनक धरातलीय बनोट हुनु, उकालोओरालो, भीरपाखा, डाँडाकाँडा, गल्छीजस्ता ठाउँमा विकासनिर्माणका काम गर्न गाह्रो हुनु, ढिलाइ हुनु, खर्चिलो हुनु,
    – मुलुकमा लगानीको अनुकूल वातावरण तयार हुन नसक्नु,
    – विकास कार्यमा सहजीकरण एवं समन्वयात्मक पक्ष कमजोर हुनु,
    – ऐन नियम कानुन लगानीमैत्री हुन नसक्नु,
    – निजी क्षेत्र जिम्मेवार, सक्षम एवं उत्तरदायी हुन नसक्नु,
    – सरकारी सेवा सुविधाहरू लगानीमैत्री हुन नसक्नु, कर छुट तथा सहुलियतको व्यावहारिक पक्ष कमजोर हुनु, प्याकेजका रूपमा सरकारी सेवा सुविधा हुन नसक्नु,
    – संस्थागत सुशासनको अवस्था कमजोर रहनु, भ्रष्टाचार, ढिलासुस्ती एवं अनियमितताको अन्त्य हुन नसक्नु ।

    ५. नेपालमा बैङ्क तथा वित्तीय संस्थाकोे विद्यमान अवस्थाबारे जानकारी दिँदै यसको विकासमा नियामक निकायको भूमिकाबारे चर्चा गर्नुहोस् ।
     सर्वसाधारण नागरिकबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गरेर बचतकर्ता तथा लगानीकर्ताबीच मध्यस्थकर्ताको कार्य गर्ने संस्था बैङ्क तथा वित्तीय संस्था हुन् । यस्ता संस्थाले मुद्रा तथा साखको कारोबार गर्ने, सुरक्षित भुक्तानी प्रणाली लागू गर्ने, मौद्रिक नीति कार्यान्वयन गर्नेलगायतका कार्य गरी आर्थिक विकासमा महìवपूर्ण भूमिका निर्वाह गर्छन् । यस्ता बैङ्क तथा वित्तीय संस्था नेपालको वित्तीय प्रणालीको एक अभिन्न अङ्ग हुन् । यसअन्तर्गत क वर्गको वाणिज्य बैङ्क, ख वर्गको विकास बैङ्क, ग वर्गको वित्तीय कम्पनी र घ वर्गको लघुवित्त संस्था पर्छन् । यी निकायको दर्ता, अनुगमन, सुपरिवेक्षण, नियमन, सहजीकरण एवं प्रवद्र्धन नेपाल राष्ट्र बैङ्क ऐन, २०५८, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कले गर्दै आएको छ । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार नेपालमा २७ वाणिज्य बैङ्क, १९ विकास बैङ्क, एक पूर्वाधार विकास बैङ्क, २० वित्त कम्पनी, ७६ लघुवित्त संस्था गरी जम्मा १४३ बैङ्क तथा वित्तीय संस्था छन् ।
    नेपाल राष्ट्र बैङ्कको भूमिका
    – नेपाल राष्ट्र बैङ्क नेपालका बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय हो । यसले मौद्रिक नीतिमार्फत मुलुकको वित्तीय प्रणालीको विकास र स्थायित्व कायम गर्न ठूलो भूमिका निर्वाह गर्छ । यसले ब्याज दर, विनिमय दर, मुद्रास्फीति दरमा स्थिरता ल्याउने, लचिलो र कसिलो मौद्रिक नीतिमार्फत बजारमा मुद्रा प्रदायमा सन्तुलन ल्याउने गर्छ । मुलुकमा रहेका बैङ्क तथा वित्तीय संस्थाको विकासमा यसको भूमिका निम्नानुसार हुने गर्छ ः
    – बैङ्क तथा वित्तीय संस्थाहरू एकआपसमा गाभिने नीतिलाई सरल र पारदर्शी बनाई वित्तीय संस्थाको वित्तीय आधार बलियो बनाउने, सुदृढीकरण गर्ने,
    – ब्याज दर निर्धारणलाई पारदर्शी बनाउने,
    – मुद्रास्फीति दरभन्दा केही बढी ब्याजदर कायम गर्नमा सहयोग गरी मुद्रास्फीति नियन्त्रण गर्ने,
    – कर्जा प्रवाह र असुली कार्यको निगरानी गर्ने,
    – कर्जा प्रवाह विधि र प्रक्रियालाई सरल र पारदर्शी बनाउने,
    – सेयर बजारमा लगानीका लागि अनुकूल वातावरण तयार गर्ने,
    – सेयर बजारमा कर्जा प्रवाह बढाउने,
    – बैङ्क तथा वित्तीय संस्थामार्फत वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने,
    – स्थानीय तहका बडातहसम्म बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तार गरी वित्तीय पहुँच अभिवृद्धि गर्ने,
    – पुँजी बजारमा लगानीको वातावरण निर्माण गर्न सहयोग गर्ने,
    – अप्रत्यक्ष मौद्रिक उपकरण प्रयोग गरी मौद्रिक स्थिरता कायम गर्ने,
    – मरिच, छोकडा, केराउ, सुपारीजस्ता वस्तुमा कर्जा प्रवाह कार्य रोकी आयातमा भन्दा उत्पादन क्षेत्रमा कर्जा प्रवाहमा सरलता ल्याउने,
    – कृषि, उद्योग, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने,
    – स्वदेशमा उत्पादन हुन सक्ने तर हाल विदेशबाट आयात भएका वस्तुको उत्पादनमा साधन परिचालन हुने वातावरण तयार गरी आयात प्रतिस्थापनमा जोड दिने,
    – जोखिम सूचक तयार गरी जोखिमका आधारमा बैङ्क तथा वित्तीय संस्थाको नियमन र अनुगमन गर्ने,
    – घ वर्गको लघुवित्त संस्थाको नियमनका लागि छुट्टै संरचना तयार गर्ने ।

    ६. नेपालको वर्तमान राजनीतिक विभाजन कस्तो छ ? छोटो टिप्पणी गर्नुहोस् ।
     देशको भूभागलाई क्षेत्र, प्रान्त, अञ्चल, जिल्ला, इलाका आदिजस्ता प्रशासनिक एकाइमा विभाजन गर्ने कार्य राजनीतिक विभाजन हो । नेपालको संविधानले नेपाललाई सङ्घीय राज्यमा रूपान्तरण गरी मुलुकलाई सात प्रदेशमा विभाजन गरेर सोहीअनुरूप जिल्लाको व्यवस्था गरेको छ । नेपालमा एक सङ्घीय सरकार, सात प्रदेश सरकार, ७७ जिल्ला समन्वय समिति र ७५३ पालिका सरकारको व्यवस्था गरिएको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको व्यवस्था छ । यी सरकारबीच समन्वय, सहकार्य, सहअस्तित्व हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि आपसमा समन्वय र सहकार्य हुन नसक्दा सेवा प्रवाह, सुशासन कायम हुन नसकेको अवस्था छ । सङ्घीय प्रणालीलाई तीनै तहमा संस्थागत गर्ने प्रयासले सार्थकता पाए पनि सङ्घीयता, गणतन्त्र एवं समावेशिताका लाभहरूको न्यायोचित वितरण हुन नसकेको अवस्था देखिन्छ । यसका लाति तीन तहका सरकारबीच अन्तरनिर्भरता विकास गर्दै परस्पर सहयोग विस्तार गरेर समन्वयमा कार्य गर्नुपर्ने देखिन्छ ।

    ७. नेपालको संविधानमा उल्लेख गरिएका विकाससम्बन्धी नीतिहरू के के छन् ? लेख्नुहोस् ।
     नेपालको संविधानको धारा ५१ (च) मा विकाससम्बन्धी नीतिहरू छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
    – समावेशी आर्थिक विकासका लागि क्षेत्रीय विकासको योजना सञ्चालन गर्ने,
    – दिगो सामाजिक आर्थिक विकासका रणनीति र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने,
    – पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिने,
    – सन्तुलित, वातावरण अनुकूल, गुणस्तरीय तथा दिगो रूपमा भौतिक पूर्वाधारको विकास गर्ने,
    – विकास निर्माणको प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने,
    – वैज्ञानिक अध्ययन, अनुसन्धान एवं विज्ञान र प्रविधिको आविस्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्नेे,
    – वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने,
    – राष्ट्रिय आवश्यकताअनुसार सूचना प्रविधिको विकास र विस्तार गर्ने र यसमा सर्वसाधारण जनताको सहज र सरल पहुँच सुनिश्चित गर्ने,
    – राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने,
    – विकासको प्रतिफल वितरणमा विपन्न नागरिकलाई प्राथमिकता दिने र आम जनताले न्यायोचित रूपमा पाउने व्यवस्था गर्नेे,
    – एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली विकास गर्ने, नागरिकका सबै प्रकारका सूचना र विवरण एकीकृत रूपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने,
    – जनसाङ्ख्यिक तथ्याङ्कलाई अद्यावधिक गर्ने, राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने । गोरखापत्रबाट

  • लोकसेवा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिषयगत सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution