• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

पत्रकारितामा महिलाः अधिक चुनौती, न्यून अवसर

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ चैत्र १, मंगलबार

  • १७१७ पटक पढिएको
  • हरेक बिहानी रेडियोमा आउने भजन संगै आफनो दैनिकी शुरु गर्ने मेरो हजुरबुवा (दुधु बाजे) को दिनचर्यामा म पनि कतिबेला समावेश भएछु पत्तै भएन। जब कुनै दिन विहानमा रेडियो बज्दैन थियो, म हतार हतार उठेर अत्तालिदै हजुरबुवालाई झकझकाउन पुग्थेँ, कतै उहाँ बिरामी त हुनुभएन भन्ने चिन्ताले सशंकित हुन्थे।

    जब रेडियोमा समाचार आउने समय हुन्थ्यो, म बस्ने चकटी लिएर हजुरबुवा को नजिक पुग्थे अनि रेडियोमा आउने समाचारको विषय निकै चासो दिएर सुनिरहन्थे। समाचार सकिसकेपछि दुधु बाजेलाई समाचारमा आएका विषयवस्तु बुझ्न अघिपछि गरि सयौँ प्रश्न तेस्राउथेँ।

    अनि मेरो प्रश्न को जवाफ उहाँले सरल तरिकाले दिनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो “ठूली भए पछि यसैगरी रेडियोमा तिमीले पनि समाचार भनेको सुन्न पाए, आहा मेरो गर्वले छाति फुल्थ्यो नानी।” बाल्यकालमा मेरो हजुरबुवाले भन्नु भएको त्यो शव्द मेरो मन र मष्तीष्कमा एक प्रकारले बलियो जरा गाडेर बसेको थियो।

    बाल्य अवस्था र किशोर आवस्थालाई पार गर्दै म वयस्क अवस्थामा आइपुग्दा समेत रेडियोमा समाचार भन्ने मेरो भित्री इच्छाले कुनै न कुनै बेलामा चिमोटी रहन्थ्यो ।

    २०७१ सालमा नवलपुर जिल्लाको कावासोती बजारमा नयाँ रेडियो खुल्ने र त्यसमा काम गर्न १५ दिने प्रशिक्षण प्रदान गरिने खबर जब मेरो कानमा पर्‍यो, मेरो काखमा हुर्कदै गरेको सानो छोरो, भर्खर स्कुल हिँड्न थालेकी छोरी र कामकाजमा सधै व्यस्त हुने मेरो श्रीमान प्रतिको जिम्मेवारी व्यवस्थापन गरेर म प्रशिक्षार्थी हुन पुगेँ।

    किशोर किशोरीहरु मात्रै समावेश भएको प्रशिक्षणमा म अधवैँशे महिला उनीहरुसगैँ लय मिलाउँदै अगाडि बढे र मेरो हजुरबुवाको सपना ढिलै भएपनि पुरा गर्न सफल भएँ।

    दुधु बाजेले भन्नु भएको ति वाक्य मेरो कानमा गुञ्जिरहन्छ अहिले पनि र आजै जस्तो लाग्छ । २०७१ सालबाट शुरु गरेको मेरो रेडियो यात्रा आज आठ वर्षको संघारमा छ तर, मैले रेडियोमा समाचार वाचन गरेको सुन्ने मेरो हजुरबुवाले यो सांसारिक चोला त्याग्नु भएको एक दशक पार भैसकेछ ।

    जब म समाचारको हरेक बुलेटिन बाचन गर्न तमतयार हुन्छु मेरो हजुरबुवाको तेजस्वी अनुहार मेरो मानसपटलमा छाउँछ अनि आफुमा छुट्टै एकप्रकारको उर्जा प्राप्त हुन्छ ।

    कहिलेकाही अपरिचित व्यक्तिहरुलाई परिचय दिँदै गर्दा “रेडियो मध्यविन्दुमा समाचार भन्ने कमला राना मगर हजुर नै हो ?” भनेर मलाइ हेरेर दंग परेको देख्दा म आफु भने मख्ख पर्छु अनि मनमनै सोँच्छु सायद यही नै हो मेरो रेडियोबाट कमाएको अमूल्य सम्पत्ति। किनभने पैसाले भन्दा ठूलो खुसी र सन्तुष्टि यस क्षेत्रबाट प्राप्त हुदोरहेछ भन्ने महशुस गर्ने मौका पाएको छु ।

    सामान्य रिपोर्टरबाट शुरु गरेको मेरो रेडियो यात्रा समाचार प्रमुख हुँदै हाल पार्ट टाइम समाचार बाचिकाको रुपमा निरन्तर जारि छ। एक महिला भएकाले पनि घरपरिवार र रेडियोको समय मिलाउन मलाई सहज भने पक्कै थिएन । विहान ५.२० देखि ६ बजे सम्मको समाचारपछि घरको काम सकेर दिउँसो एक बजे देखि बेलुकी ७ बजे सम्मको निरन्तर घण्टे समाचार सँगै परिवारको जिम्मेवारी सक्नु कम्ति दौडधुप थिएन।

    मलाइ निरन्तर रेडियो यात्रामा सघाउने र प्रोत्साहन प्रदान गरी आजको दिन सम्म स्थापित गर्ने श्रेय मूख्य गरी मेरो बुझक्की परिवारलाई जान्छ। त्यसपछि अग्रज पत्रकार मित्रहरु जसले मलाई यस क्षेत्रमा डोर्‍याउनुभयो ।

    समयले कति छिटो नेटो काट्छ पत्तो हुँदैन । अनेक आरोह-अवरोह पार गर्दै आज आठौँ वर्षको पत्रकारिता यात्रा पुरा गर्ने क्षणमा छु ।

    पत्रकारितामा महिला

    पत्रकारितामा विगतको तुलनामा पछिल्लो एक दशकमा महिलाको आकर्षण र उपस्थिति बढ्दो छ । यद्यपि, अझै सन्तोषप्रद अवस्था छैन । नेपाल पत्रकार महासंघका अनुसार देशभर पत्रकारको संख्या १३ हजार ५ सय छन्, जसमध्ये महिलाको संख्या २५ प्रतिशत अर्थात् २ हजार तीन सय ५४ मात्रै छ । नेपाली मिडियामा महिलाको सहभागिताबारे गरिएको एक खोज अध्ययनमा मिडियामा महिलाको उपस्थिति न्युन मात्रै होइन, मिडिया हाउसहरूसँग महिलाको संख्या बढाउने र उनीहरूलाई सम्पादकीय तहसम्म पुर्‍याउने कुनै नीति र लक्ष्य नरहेको पाइएको छ ।

    सञ्चार गृहलाई समावेशी बनाउने सोच र संवेदनशीलता कुनै पनि मिडिया हाउससँग नभएको हुँदा कुनै विशेष घटना, सन्दर्भ र समस्यामा मात्रै मिडियामा महिलाका मुद्दा उठ्ने गरेको छ । जुन नेपाली समाजका लागि सोचनीय विषय हो ।

    पत्रकारितामा महिलाका चुनौती

    साँच्चै नै भन्नुपर्दा महिलाका लागि घर इतरको बाहिरी संसार त्यति सहज भने पक्कै छैन । एकातिर घरपरिवार, छोराछोरी, इष्टमित्र सम्पूर्णको जिम्मेवारी त छदैछ अर्कोतिर प्रतिस्पर्धात्मक बाहिरी संसारमा स्थापित हुन झनै गाह्रो छ ।  यसको अर्थ असम्भव भने हुँदै होइन ।

    भनिन्छ नि ‘जहाँ इच्छा त्यहाँ उपाय” जब मानिसमा इच्छा शक्ति जागेर आउँछ, कुनै कुरा पनि असम्भव हुँदैन, त्यसको लागि पहिले आफूलाई सक्षम बनाउन त्यतिकै जरुरी छ ।

    पत्रकारिता क्षेत्र होस् वा अन्य क्षेत्रमा महिला सहभागिताको संख्या औँलामा गनिन सकिने छ । महिलाहरु पनि अगाडि बढ्नु पर्छ भन्ने हरेक तहबाट आवाज उठिरहन्छ तर, महिलालाई दिने जिम्मेवारी, कार्यस्थलको वातावरण, शारीरिक पेशागत सुरक्षाका कारणले पनि बाहिरी क्षेत्रमा महिला सहभागितालाई प्रभाव पार्ने गरेको छ ।

    विशेष गरी पत्रकारिता क्षेत्रमा हेर्ने हो भने पनि पुरुषको तुलनामा महिला सहभागिता अत्यन्तै कम छ । जसको मुख्य कारण दोहोरो कामको बोझ नै प्रमुख चुनौतिका रुपमा देखा परेको छ ।

    राष्ट्रको चौथो अंग मानिने पत्रकारितामा राजनीतिको प्रत्यक्ष प्रभाव, श्रमजीवि पत्रकारलाई नियमित पारिश्रमिकको अभाव, पत्रकार स्वंयम् समाज र पेशाप्रति इमान्दार बन्न नसक्नु साथै महिला पत्रकारहरु निर्णायक तहमा नहुनु, पितृसत्तात्मक सोँच, विवाह पश्चात अन्यत्र जानुपर्ने बाध्यता, महिला अधिकार सम्बन्धी विशेष संचार नीति र आचार संहिताको अभाव, संचार क्षेत्रको आधुनिकि प्रविधिको प्रयाप्त ज्ञानको कमी तथा आधारभुत साधनको अभाव आदि महिला पत्रकाहरुको चूनौति रहेको छ ।

    पत्रकारितामा महिलालाई हेर्ने दृष्टिकोण

    समाजमा महिलालाइ हेर्ने दृष्टिकोण जति फरक छ, पत्रकारितामा लाग्ने महिलालाइ हेर्ने नजर पनि त्यति नै धै सकारात्मक देखिदैन। बेला बेलामा महिला पत्रकारले मिडियामा काम गर्दा पत्रकार र संचार सस्थाबाटै प्रत्यक्ष परोक्ष भोगेका नमिठा घटनाहरुले पनि यसलाइ प्रष्ट्याउँछ । महिला पत्रकारको चित्र, चरित्र मात्र होइन, क्षमतामा, जिम्मेवारीमा, निरन्तरतामा, भविष्यमा समेत प्रश्न उठाएर निरुत्साहित गर्ने प्रवृत्ति छ ।

    पत्रकारिता क्षेत्रमा महिला सहभागिता न्युन हुनु महिला र पुरुषमा गरिने श्रम विभेदका कारण एउटा मुख्य पाटो रहेको छ भने संचार माध्यममा काम गर्न महिलामैत्री वातावरण नहुनु अर्को कारण हो । जसले गर्दा पत्रकारितामा क्रियाशील भएका महिलाहरु पनि पलायन हुने गरेका छन् ।

    एकातर्फ नेपालको सञ्चार माध्यमहरुमा आवद्ध पत्रकारहरको सेवा सुविधा निकै न्युन छ त्यसमाथि एउटै पदमा काम गर्ने पुरुष पत्रकारहरुको दांजोमा महिला पत्रकाहरुको पारिश्रमीकमा निकै विभेद रहेको छ । जसले गर्दा महिला पत्रकाहरुमा हिन भावना विकसीत हुने गरेको त छ नै कम पारिश्रमीक प्राप्त हुदा आर्थिक अवस्था कमजोर भएका महिला पत्रकारहरुलाइ जिविका चलाउन समस्या हुने गरेको छ । तसर्थ पनि योे क्षेत्रप्रति महिलाहरुको आकर्षण कम हुने गरेको पाइएको छ ।

    अर्कोतर्फ महीला पत्रकारहरुले आफनो क्षमतामा पनि बृद्धि गर्नुपर्ने देखिन्छ । क्षमता अभावका कारण महिला पत्रकारहरु हरेक कुरामा पुरुष पत्रकारहरुमा भर पर्नुपर्ने कारणले गर्दा पनि महिला पत्रकारहरु यस क्षेत्रमा स्थापीत हुन नसक्ने समस्या छ ।

    र सँगै अवसर पनि छ

    २००८ सालमा मुलुकको पहिलो महिला सम्पादकको रुपमा आफूलाइ स्थापित गर्दै साधना प्रधानले महिला पत्रिका “महिला” मासिक प्रकाशित गरेपछि पत्रकारिता क्षेत्रमा महिला सहभागिताको शुरुवात भएको पाइन्छ । “महिला” मासिकबाट नै पत्रकारितामा महिला पत्रकारको आकर्षण हुन थालेको मानिन्छ । जसले महिलाहरुलाई यस क्षेत्रमा लाग्न प्रेरणा प्रदान गर्‍यो ।

    पत्रकारिता क्षेत्र महिलाका लागि अवसर र चूनौति दुवै हो । पत्रकारिता क्षेत्रमा महिलाको उपस्थितिले महिला अधिकारका मुद्दा उठान गर्न केही सहयोग अवश्य पुगेको छ तर महिला पत्रकारहरुको न्यून उपस्थितिले महिला अधिकार जुन रुपमा उठान हुनुपर्ने हो त्यति हुन सकेको देखिदैन ।

    पछिल्लो समय सञ्चार संस्था, राज्यका निकाय, समाचार कक्षहरुमा पनि महिलाहरुको सहभागिता अनिवार्य बन्न थालेको छ । यसले गर्दा महिलाहरुलाई पुरुषको तुलनामा अझ बढी काम गर्ने पल्याटफर्म मात्रै होइन, सञ्चारमा छिटो फड्को मार्ने अवसर पनि छ ।

    तसर्थ समानुपातिक समावेशी सिद्धान्तका आधारमा सञ्चारमा महिला सहभागिता हुनु जरुरी  छ । राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व गराउने संवैधानिक व्यवस्थालाई सञ्चार सस्थामा पनि समावेशी बनाउन जरुरी छ ।  यसका लागि भएका महिला सञ्चारमैत्री नीतिको प्रभावकारी कार्यान्वयन र थप गर्नुपर्ने नयाँ नीति, ऐन नियम बनाएर भए पनि कार्यान्वयनमा ल्याउन आवश्यक देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%६%१%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा

  • ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै

  • विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित

  • समाचार
  • १

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • २

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ३

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ४

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ६

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ७

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • ८

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • ९

    एनटिभीको स्याटेलाइट ब्याण्डविथ खरिदमा हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
    २०८३ श्रावण २, शनिबार

  • १०

    बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु , तीन जना घाइते
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution