२०८२ बैशाख १७, बुधबार
बिहान करिब १:२० बजेको समयमा भरतपुर महानगरपालिका २ लिलाचोक स्थित भित्री सड्क खण्डमा शहिदचोकबाट पोखरा बसपार्क तर्फ जाँदै गरेको बा.प्र.०६-००२ प ३१४५ नम्बरको NS मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।
मोटरसाइकल चालक नवलपुरको गैंडाकोट नगरपलिका ५ काङग्रेसचोक बस्ने बर्ष २६ को रबिन थापा गम्भिर घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहान ०२:०२ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।
मोटरसाइकलको पछाडी सवार जिल्ला लमजुङ दुधपोखरी गाउँपालिका ६ बस्ने बर्ष ४० को पुर्ण बहादुर गुरुङ समेत गम्भिर घाईते भई नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोमा निजको समेत बिहान ०१:५४ बजेको समयमा मृत्यु भएको हो। मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे