२०८२ बैशाख १७, बुधबार
मकवानपुरमा मंगलबार आयोजित कार्यक्रममा महामन्त्री थापाले उपसभापति गुरूङको नाम नलिई भनेका छन्, ‘मैले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भनिरहेको छु, यहाँबाट सार्वजनिक रूपमा पनि भन्छु, यदि कांग्रेसको नेता, पदाधिकारी वा कोही माछे सहकारीको ठगीमा कहीँ कतै पनि अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू।’
जसले गल्ती गर्छ उसलाई प्रहरीले पाता कसेर लैजानुपर्ने थापा बताउँछन्।
‘यो हो नि कानुनको शासन भनेको। पाता कसेर लगेका व्यक्तिको समर्थनमा झन्डा लिएर बाहिर नआउनुस्,’ उनले भने, ‘जसले गल्ती गरेको छ उसले सजाय पाउँछ। विधिको शासन यही हो।’
कुन-कुन फाइल खोल्ने हो त्यो खोलिनुपर्ने उनले बताएका छन्। यसको अध्ययन गर्न शक्तिशाली आयोग बनाउन परे पनि बनाउनुपर्ने थापाले बताए।
‘भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु टी-इस्टेट वा क्यान्टोनमेन्टलगायत के-के काण्डका फाइल खोल्नुपर्ने हो खोलौं र जो जोले गल्ती गरेका छन् एक जनालाई पनि छुट नदिऔं, यो आँट गरौं,’ थापाले भने।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे