२०८२ बैशाख १७, बुधबार
यो पराजयसँगै खेलेका पाँच मध्ये चार खेल हारेको नेपालको प्रतियोगिताको फाइनलमा पुग्ने संभावना सकिएको छ ।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा आज जितका लागि ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर १ बलमा सबै विकेटको क्षतिमा जम्मा ५१ रनमा समेटियो ।
नेपालका लागि कविता जोशीले १२, कप्तान इन्दु बर्माले ११, अलिसा यादवले ९ र पुजा महतोले ७ रन बनाए । पाँचजना खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९१ रन बनाएको थियो ।
यसअघि नेपालले पहिलो खेलमा युगान्डालाई एक विकेटले हराएको थियो ।
यो बाहेक नेपाल नामिवियासँग भएका दुबै खेलमा र चाइना हङकङसँग भएको एक खेलमा पराजित भइसकेको छ ।
अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेलमा चाइना हङकङसँग दोस्रो खेल खेल्नेछ ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे