काठमाडौँस्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको हर्रे आई पुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो ।
पछिल्लो एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित बनेका शाहीलाई निमोनियाले समेत आक्रमण गरेको थियो ।
वीर अस्पतालको आइसियुमै राखेर पनि सन्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बरका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले बताउनु भयो । उहाँले आज बिहान साढे ११ बजेतिर शाहीको मृत्यु भएको जनाउनु भयो ।
उहाँका अनुसार भोलि बिहान ९ बजे तिर भेरी सुर्खेत स्थित नदीमा शाहीको दाहसंस्कार गरिने छ । वीरेन्द्रनगर नगरपालिकाले समेत बुधवार शोक बिदा दिने उहाँको भनाइ छ ।
समाजसेवी शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । विगत १० महिनादेखि बिरामी पर्नु भएका शाहीको निधनबाट अपूरणीय क्षति पुगेको नेकपा एमाले वीरेन्द्रनगर–५ नम्बर वडाले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे