बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उहाँलाई बर्दघाटमा रहेको चिसापानी अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका १२ जना मध्ये ५ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ भने बाँकी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।
अगाडि रहेको अटोरिक्सालाई बचाउने क्रममा बस अनियन्त्रित भई विपरीत लेनमा पल्टिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे