• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २४, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
२

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
३

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
४

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
५

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
६

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
७

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
८

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
९

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१०

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
११

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
१२

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार

धेरै पढिएका

१

विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर

२०८२ माघ १४, बुधबार
२

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
३

विद्युतीय सुशासनमा छलाङ मार्दै कम्पनी रजिष्ट्रारको कार्यालय

२०८२ माघ ६, मंगलबार
४

चलचित्र ‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइली अनुबन्ध

२०८२ माघ १०, शनिबार
५

नवलपुरले २ जना केन्द्रीय सदस्य पाउने दाबी

२०८२ पौष २९, मंगलबार
६

कावासोतीमा नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

२०८२ माघ ७, बुधबार
७

कांग्रेसको बिशेष महाधिबेशनमा नवलपुरबाट ४२ जना प्रतिनिधि सहभागि हुने

२०८२ पौष २४, बिहिबार
८

देउवा तयार भएपछि काँग्रेसमा सहमतिको प्रयास, छलफलमा जुटे नेताहरु

२०८२ पौष २८, सोमबार
९

गैँडाकोट महोत्सवको समापन: २ लाख दर्शक, २० करोड बढीको आर्थिक कारोबार

२०८२ माघ १०, शनिबार
१०

कांग्रेसका नेतादेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत १ बाट भिड्दै 

२०८२ पौष २८, सोमबार
११

गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय

२०८२ माघ २, शुक्रबार
१२

गैँडाकोट महोत्सवमा आज १४ हजारले गरे अवलोकन

२०८२ माघ ४, आईतबार

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ २३, सोमबार

  • १७१० पटक पढिएको
  • काठमाडौँ । केही महिनाअघि चितवनको भरतपुरकी एक विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगिन् । उनी त विद्यार्थी नै भइन्–उनका अभिभावक पनि कुनै व्यवसायमा थिएनन् वा भनौँ–नियमित आम्दानीको स्रोत थिएन ।

    तर, डेढ लाख रुपैयाँ कन्सल्टेन्सीलाई बुझाएपछि उनको आवश्यक सबै डकुमेन्ट बन्यो । ती डकुमेन्टमा परिवारको आफ्नै कम्पनी, सो कम्पनी विभिन्न निकायमा भएको भनिएको दर्ता, ट्याक्स क्लियरेन्सदेखि बैंक स्टेटमेन्ट सबै थिए ।

    जबकि ती कुनै पनि डकुमेन्ट सक्कली नभएर अस्ट्रेलियाको भिसा पाउनकै लागि बनाइएको नक्कली कागजात थियो । ‘म अहिले अस्ट्रेलिया आइसकेको छु । सबै डकुमेन्ट कन्सल्टेन्सीले बनाइदिएको हो । मैले त्यसका लागि अतिरिक्त डेढ लाख रुपैयाँ बुझाएको हो’, नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भनिन् ।

    उनी मात्रै होइन यस्तै डकुमेन्ट बनाएर कैयन विद्यार्थी अस्ट्रेलिया लगायतका देशमा उडिसकेका छन् । प्राप्त डकुमेन्टहरूअनुसार आन्तरिक राजश्व विभागमा झन्डै २० वर्षभन्दा अघिदेखि दयाराम अधिकारीको नाममा एउटा कन्स्ट्रक्सन कम्पनी दर्ता छ । सो कम्पनी सक्कली पनि हो । तर, उनको कम्पनीको सबै विवरण राखेर अर्कै व्यक्तिको नामसहित भएको नक्कली खडा गरिएको छ । जुन डकुमेन्ट घरेलु, नगरपालिका लगायत सबैतिर दर्ता भएको देखाइएको छ । ती डकुमेन्ट विदेश पठाउनका लागि नै बनाइएका हुन् । यो त एउटा उदाहरण मात्रै हो । यस्तै कयौँ डकुमेन्ट निर्माण गरिएका छन् ।

    यस्तो फेक डकुमेन्ट बनाएर आर्थिक चलखेलमा धमाधम विदेश विद्यार्थी पठाउने कार्यमा चितवनस्थित एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज’ नामक कन्सल्टेन्सी संलग्न भएको आरोप लागेको छ ।  आम्दानीको स्रोत, व्यवसाय दर्ता, बैंक स्टेटमेन्ट लगायतका फर्जी कागजात बनाउनेमा उक्त कन्सल्टेन्सीको नाम जोडिएको हो ।

    उक्त कन्सल्टेन्सीको कार्यालय भरतपुर ओरालोमा रहेको छ भने यसले ‘एक्सपोर्ट मल्टीनेसनल सर्भिसेस’ नाममा पनि काम गर्दै आएको छ भने चितवनमा यसका प्रमुख डिल्लीराम (रामचन्द्र) अधिकारी हुन् ।

    sakkaliनक्कली र सक्कली डकुमेन्ट ।

    उनकै संस्थाबाट किर्ते धन्दा हुनुका साथै त्यसबाट खुलेआम रकम असुली भइरहेको आरोप लागेको हो । यसरी किर्ते डकुमेन्ट बनाएर विद्यार्थी विदेश पठाउने उक्त कन्सल्टेन्सीले ठुलो रकम कर छली समेत गरेको जानकारहरू बताउँछन् । विद्यार्थी विदेश पठाएर करोडौँ कमाउने उक्त कन्सल्टेन्सी छानबिनको दायरामा आउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताइएको छ ।

    एक्सपर्ट एजुकेसनका अधिकारीले आफ्नो कन्सल्टेन्सीले कुनै पनि फर्जी काम नगर्ने दाबी गरे । उनले भने, ‘हामीले सुरुदेखि नै यस्ता खालका कामहरू गर्दैनौँ । कसैले बनाएर ल्याउँछ भने त हामीलाई थाहा हुने कुरा भएन’,  उनले भने, ‘हामीले त विद्यार्थी र उनीहरूका अभिभावकसँग वा वकिलबाट इश्यु भएका डकुमेन्टहरू रिसिभ गर्ने मात्रै हो ।’

    उनले कुनै पनि डकुमेन्टहरू आफ्नो कार्यालयबाट बन्दै नबन्ने बताए । यद्यपि प्रश्न उठिसकेपछि आफूहरु आन्तरिक छानबिनमा भने रहेको स्वीकार गरे । उनले भने, ‘यी कुराहरु आइसकेपछि हामी मैले आफैँले भने छानबिन गर्दैछु । कुनै टीम मेम्बरले क्लाइन्टसँग संस्थालाई थाहा नदिईकन इन्डिभिजुअल गरेको भए अर्कै कुरा । नत्र संस्थागत रुपमा यस्तो कार्य भएको छैन ।’ संस्थाले कानुन बमोजिमबाहेकका कुनै पनि गतिविधि नगरेको दाबी गरे ।

    केही दिनअघिमात्रै स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय चितवन)ले एक सूचनामार्फत जिल्लामा सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरूको सूची सार्वजनिक गरेको थियो । जसअनुसार असार १५ गतेभित्र १११ वटा संस्थाहरूको निवेदन प्राप्त भएको प्रशासनको भनाइ छ ।

    जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका शैक्षिक परामर्श तथा भाषा शिक्षण केन्द्र ४६ वटा, कागजात नपुग भएका तथा दर्ता प्रक्रियामा रहेका ५० वटा र प्रशासनमा दर्ता नै नभएका त्यस्ता कन्सल्टेन्सीहरू १५ वटा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले जारी गरेको सूचनामा उल्लेख छ । जसमध्ये दर्ता नै नभएका १५ वटालाई भने बन्द गर्न प्रहरीलाई पत्राचार गरिसकेको छ । रातोपाटीबाट

    तर, दर्ता नै भए पनि गलत धन्दा गरिरहेका कन्सल्टेन्सीलाई भने कारबाहीको दायरामा ल्याउन प्रशासनले सक्रियता जनाएको देखिँदैन । यस्तो गतिविधिमार्फत विदेश जानेलाई पछि समस्या पर्ने खतरा समेत रहेकाले सरकारी निकायले गलत धन्दालाई समयमै निर्मूल गर्न ढिलाइ गर्न नहुने एक अभिभावकले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%३%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)

  • सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला

  • रौतहट-१ को चुनावी गणित: माधव नेपाललाई चौतर्फी चुनौती

  • आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, नेपालसहित २० देश सहभागी

  • समाचार
  • १

    ‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)
    २०८२ माघ २४, शनिबार

  • २

    सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
    २०८२ माघ २४, शनिबार

  • ३

    रौतहट-१ को चुनावी गणित: माधव नेपाललाई चौतर्फी चुनौती
    २०८२ माघ २४, शनिबार

  • ४

    आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, नेपालसहित २० देश सहभागी
    २०८२ माघ २४, शनिबार

  • ५

    सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी घिमिरेको निधन
    २०८२ माघ २४, शनिबार

  • ६

    कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा सहित हिमपातको सम्भावना
    २०८२ माघ २४, शनिबार

  • ७

    रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा
    २०८२ माघ २३, शुक्रबार

  • ८

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय
    २०८२ माघ २३, शुक्रबार

  • ९

    देशको पहाडी र हिमाली भू-भागमा मौसम सफा रहने
    २०८२ माघ २३, शुक्रबार

  • १०

    बैतडी जन्ती बस दुर्घटनामा ८ जनाको मृत्यु
    २०८२ माघ २३, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution