२०८२ कार्तिक १५, शनिबार
बागमती- बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार जारी गरिएको विज्ञप्तिअनुसार उहाँलाई काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा भर्ना गरी उपचार थालिएको हो ।
प्रदेश प्रमुखको किड्नीमा पथ्थरी देखिएपछि चिकित्सकको सल्लाहअनुसार उहाँलाई अस्पतालमै राखेर उपचार भैरहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
प्रदेश प्रमुखको स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि बिहिबार दिउँसो १ बजेका लागि तय गरिएको बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम स्थगित गरिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे