• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
४

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
९

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१०

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

२०८३ श्रावण २१, बिहिबार
११

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
१२

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग ५

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ चैत्र ३०, बुधबार

  • ६९३ पटक पढिएको
  • १. वि.सं. २०७९ वैशाख ३० मा एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि कति मतदाता कायम भएका छन् ?
     १,७७,३३,७२३ (पुरुष : ८९,९२,०१०, महिला : ८७,४१,५३० र यौनिक अल्पसङ्ख्यक :१८३)
    प्रदेशअनुसार मतदाता सङ्ख्या

    २. राजधानी काठमाडौँमा तेस्रो उद्यमशीलता सम्मेलन कहिले सम्पन्न भएको हो ?
     वि.सं. २०७८ चैत ९
    – ब्लक बी बिजनेस इनोभेसन्स र काठमाडौँस्थित भारतीय दूतावासको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको ।
    – सम्मेलनमा तीन सयभन्दा बढी युवा व्यवसायीको
    सहभागिता रहेको ।

    ३. आर्ट एन्ड म्युजिक अवार्ड २०७८ मा लाइफटाइम एचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ?
     दयाराम दाहाल
    – लोकप्रिय गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान र रङ्ग पत्रकार प्रकाश सुवेदीलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको ।
    – समारोहमा ‘हातमा घडी छ–२’बाट रविन लामिछानेलाई सर्वोत्कृष्ट लोकदोहोरी गायक र ‘पीर नभाको को छ र’बाट रमिला न्यौपानेलाई सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड प्रदान गरिएको ।

    ४. ब्रिटिस एकेडेमी अवार्ड (वाफ्टा)को ७५औँ संस्करणमा उत्कृष्ट फिल्मको अवार्ड कुन चलचित्रले जित्यो ?
     द पावर अफ द डग
    – उत्कृष्ट निर्देशकको अवार्ड पनि द पावर अफ द डग फिल्मबाट जेन क्याम्पेनले चुमेका ।
    – समारोहमा सर्वाधिक पाँच अवार्ड (छायाङ्कन, ओरिजिनल स्कोर, ध्वनि, भिजुअल इफेक्ट र प्रोडक्सन डिजाइन) फिल्म ड्युनले जित्न सफल भएको ।
    – समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड किङ रिचार्डबाट विल स्मिथ, उत्कृष्ट अभिनेत्रीको अवार्ड आफ्टर लभबाट जोना स्क्यानलान, सहअभिनेताको अवार्ड कोडाबाट ट्रोड कोत्सुर र सह–अभिनेत्रीको अवार्ड बेस्ट साइड स्टोरीबाट परियाना डिबोसले जितेकी ।

    ५. दक्षिण एसियाली महिला सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
     काठमाडौँ (सन् २०२२ मार्च १५–१६)
    – नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानका वरिष्ठ महिला अधिकारकर्मीको सहभागिता रहेको उक्त सम्मेलनले महिला र किशोरीविरुद्धको हिंसा अन्त्यका नयाँ अन्तर्राष्ट्रिय मानक तत्काल तयार गर्न दक्षिण एसियाली राष्ट्रका सरकारलाई आह्वान गर्ने निर्णय गरेको ।
    – राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला गैरसरकारी संस्था महासङ्घ र एभी वुमन संस्थाको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनले छबुँदे घोषणापत्र जारी गरेको ।
    – सम्मेलनले मानव अधिकारको उल्लङ्घन र जनस्वास्थ्य सङ्कटको सबैभन्दा गहिरो प्रभाव महिला र किशोरीमा हुने गरेको कुरा पनि घोषणपत्रमा उजागर गरेको ।
    – महिला हिंसा न्यूनीकरण गर्न भइरहेका पहलको प्रभावकारिता सीमित भएको विषय पहिचान गर्दै सम्मेलनले हिंसा सम्बोधन गर्न कानुनी रूपमा विश्वव्यापी रूपरेखा तयार गर्न दक्षिण एसियाली राष्ट्रलाई घोषणापत्रमार्फत आग्रह गरेको ।
    – सम्मेलनमा दक्षिण एसियाका ३७ प्रतिशतभन्दा बढी महिलाले आफ्नो जीवनसाथीबाट हिंसा भोगेको तथ्य उजागर गरिएको ।
    – सम्मेलनमा बङ्गलादेशमा ७० प्रतिशतभन्दा बढी विवाहित महिला वा किशोरीले कुनै न कुनै रूपमा जीवनसाथी वा घनिष्ठ पुरुष साथीबाट दुव्र्यवहारको सामना गर्नुपरेको र यौन हिंसाको सामना गर्ने झन्डै ९९.१ प्रतिशत भारतीय महिला खुलेर अगाडि आउन नसकेको बताइएको ।
    – संयुक्त राष्ट्र जनसङ्ख्या कोषले ४८ प्रतिशत नेपाली महिलाले पनि आफ्नो जीवनमा कुनै न कुनै समयमा हिंसा भोगेको तथ्य उजागर गरेको ।
    – त्यस्तै पाकिस्तान महिलाका लागि विश्वको छैटौँ सबैभन्दा खतरनाक देश बनेको र श्रीलङ्कामा हरेक ९० मिनेटमा एक महिला बलात्कृत हुने गरेको ।

    ६. गायन टेलिभिजन रियालिटी सो नेपाल आइडल सिजन ४ को उपाधि जित्ने प्रतिभा को हुन् ?
     भूपेन्द्र थापा मगर (भैरहवा)
    – दर्शकको भोटका आधारमा चार प्रतिस्पर्धीलाई पछाडि पार्दै मगरले उपाधि चुमेका ।
    – उपाधि चुमेबापत भूपेन्द्रले ३० लाख रुपियाँ नगद प्राप्त गरेका ।
    – झापाका नामगेल तामाङ फस्र्ट र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनर्सअप भएका ।
    – उनीहरूले क्रमशः पाँच लाख र तीन लाख रुपियाँ
    प्राप्त गरेका ।

    ७. सरकारले कुन प्रदेशबाट क्षयरोगमुक्त नेपाल अभियानको सुरुवात गरेको हो ?
     कर्णाली प्रदेश
    – सरकारले २०७८ चैत २२ मा सो अभियान थालिएको जनाएको ।
    – कर्णाली प्रदेशबाट सुर्खेतको गुर्भाकोट नगरपालिका, दैलेखको दुल्लु नगरपालिका र सल्यानको कपुरकोट गाउँपालिका छनोट गरी क्षयरोगमुक्त नेपाल अभियान थालिएको । यी पालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम र प्रशिक्षण दिएर अभियान अगाडि बढाइने भएको ।
    – क्षयरोग बढी भएका ३० वटा देशमध्ये नेपाल २२औँ
    स्थानमा रहेको ।
    – क्षयरोगलाई नियन्त्रण तथा मुक्त गराउन पालिका तहबाट थाल्दा सम्भव हुने सोचका साथ पालिकालाई छनोट गरिएको ।
    – नेपालमा अझै पनि ५० प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचसम्म आउन नसकेको पाइएको ।
    – देशभरि ३८ वटा पालिकाबाट क्षयरोगमुक्त नेपाल घोषणा अभियानको तयारी गरेकामा कर्णालीबाट मात्रै तीनवटा पालिका छानिएको स्वास्थ्य तथा जनसङ्ख्या
    मन्त्रालयले जनाएको ।
    – २५ वर्षदेखिको क्षयरोगको तथ्याङ्क केलाउँदा नेपालमा अझै पनि प्रति एक लाख जनसङ्ख्यामा २४५ जना क्षयरोगी फेला पर्ने गरेको ।

    ८. पाँचौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा उत्कृष्ट राष्ट्रिय फिचर फिल्मको अवार्ड कुन चलचित्रले प्राप्त गरेको हो ?
     महानगर
    – वि.सं. २०२२ चैतमा सम्पन्न महोत्सवमा उत्कृष्ट अभिनेताका लागि चिसो एस्ट्रेबाट दिव्यदेव, उत्कृष्ट निर्देशनका लागि महानगरबाट मोहन राईले अवार्ड प्राप्त गरेका ।
    – त्यस्तै उत्कृष्ट सिनेमेटोग्राफीका लागि चिसो एस्ट्रे फिल्मबाट उज्ज्वल बस्ताकोटी, उत्कृष्ट स्क्रिन प्ले (पटकथा)का लागि महानगर फिल्मबाट मोहन राईले अवार्ड हात पारेका ।
    – गौतम बुद्ध अवार्ड ‘नो ग्राउन्ड विनिथ द फिट’ले प्राप्त गरेको ।
    – सर्ट फिल्मबाट उत्कृष्ट निर्देशकका लागि वच्चन व्यञ्जनकार, उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको अवार्ड आइसक्रिमका लागि सङ्गीता श्रेष्ठ, उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मलाई दिइने बागमती अवार्ड अल–सिटले प्राप्त गरेको ।
    – यस्तै उत्कृष्ट एनिमेटेड फिल्म अवार्ड साइमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड गोर्खा गल्र्सका लागि विशाल रोकामगर र माउन्ट एभरेस्ट अवार्ड आउट अफ थिन एयरले प्राप्त गरेको ।
    – विभिन्न ३८ देशबाट प्राप्त ८९ फिल्म भौतिक र भर्चुअल माध्यमबाट महोत्सवमा प्रदर्शन गरिएको ।

    ९. श्रम अदालतको गठन कहिले भएको हो ?
     वि.सं. २०७७ आश्विन २९

    १०. नास्टद्वारा बनाइएको पहिलो ह्युमोनोइड एआई रोबोटलाई के नामकरण गरिएको छ ?
     यान्त्रिका (वि.सं. २०७७ कात्तिक)

    ११. संयुक्त राष्ट्रसङ्घीय लागूऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट कहिले हटाएको हो ?
     सन् २०२० डिसेम्बर २

    १२. सरकारले रानाथारू जातिलाई आदिवासी जनजातिको सूचीमा कहिले सूचीकृत गरेको हो ?
     वि.सं. २०७७ जेठ ५

    १३. नेपालकै सबैभन्दा ठूलो आकृतिको शङ्ख कहाँ निर्माण गरिएको छ ?
     सल्यान
    – छत्रेश्वरी गा.पा.–६ शङ्खमूलमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो शङ्ख निर्माण गरिएको ।
    – शङ्खसँगै पार्कमा शिव–पार्वतीको मूर्ति, पानीको फोहोरा, पौराणिककालको झल्को दिने झुपडी, चौतारालगायतका संरचना निर्माण गरिएको ।
    – शङ्खमूल पार्क राप्ती लोकमार्गदेखि करिब चार सय मिटरजति उत्तर पश्चिममा अवस्थित रहेको ।
    – शङ्खमूलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा नै शङ्ख बिर्सेका कारण उक्त कुण्डको नाम शङ्खमूल रहन गएको धार्मिक विश्वास रहेको ।

    १४. बाहुबली झरनाको नामले चिनिने तीनधारे झरना कहाँ पर्दछ ?
     रोशी गा.पा., काभ्रेपलान्चोक

    १५. नेपाल कुन अवधिका लागि संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा निर्वाचित भएको हो ?
     सन् २०२१–२०२३
    – नेपाल सन् २०२० अक्टोबर १३ मा उक्त अवधिका लागि परिषद् सदस्यमा निर्वाचित भएको ।
    – यसअघि सन् २०१८ देखि २०२० सम्मका लागि पनि राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा निर्वाचित भएको थियो ।

    १६. नेपाल–चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता कहिले भएको हो ?
     वि.सं. २०७५ फागुन १६

    १७. रूपन्देहीको बुटवल र पाल्पाको दोभानस्थित सिद्धबाबा क्षेत्र समेटी निर्माण गरिएको पार्क कुन हो ?
     रामापिथेकस जियोलोजिकल पार्क

    १८. अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १४४औँ सम्मेलन कहाँ सम्पन्न भयो ?
     इन्डोनेसियाको बाली (सन् २०२२–मार्च २०–२२)
    – सम्मेलन अन्तरव्यवस्थापिका सङ्घ तथा इन्डोनेसियाली संसद्को आयोजनामा भएको ।
    – विश्वभरबाट एक सयभन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधि मण्डल सहभागी भएको ।
    – अध्यक्ष तिमिल्सिनाले सभालाई सम्बोधन गर्दै हरित अर्थतन्त्रतर्फको रूपान्तरणलाई मूर्तरूप दिन सांसदले महìवपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको । उहाँले जलवायु परिवर्तनविरुद्धको लडाइँमा संसद्, सरकार, निजी क्षेत्र, विकास साझेदार र नागरिक समाजबीच बलियो सम्बन्ध हुनु जरुरी रहेको बताउनुभएको ।

    १९. नेपालमा खुला विश्वविद्यालयमार्फत पहिलो पटक कक्षा सञ्चालन कहिलेदेखि सुरु भएको हो ?
     वि.सं. २०७५ जेठ १३

    २०. राजारानी ताल धनकुटामा पर्छ भने प्यारा ताल कहाँ पर्छ ?
     कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रमा

    २१. नेपालमा फोटोसहितको निर्वाचन नामावली कहिलेदेखि आएको हो ?
     वि.सं. २०६७ भदौ २८

    २२. नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ कहिले गरियो ?
     वि.सं. २०७८ चैत २४
    – प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा २०७८ चैत २४ मा खोप अभियानको शुभारम्भ गरिएको ।
    – भोटाहिटीस्थित दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीद्वारा स्वास्थ्यकर्मीलाई टाइफाइडविरुद्धको खोप हस्तान्तरण गरी अभियानको आरम्भ गरिएको ।
    – यही चैत २५ गतेदेखि २०७९ वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको ।
    – एक तथ्याङ्कअनुसार नेपालमा ८२ हजार ४४९ जना टाइफाइडका बिरामी रहेका । तीमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेर समूहका बालबालिका रहेका । गोरखापत्रबाट

  • लोकसेवा
  • लोकसेवा प्रश्न
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

  • बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • समाचार
  • १

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • २

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ३

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ६

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ७

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ९

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution