२०८२ बैशाख ३१, बुधबार
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
जेठको पहिलो साताबाट प्रतियोगिता आयोजना गर्ने तयारी रहे पनि धेरै अभिभावकको अनुरोध र कक्षा १२ को परीक्षालाई मध्यनजर गरी जेठ ११ देखि प्रतियोगिता आयोजना गर्न लागेको उनले जनकारी दिए । प्रतियोगितामा सहभागी हुने विद्यार्थीले जेठ १० गते सम्म नाम दर्ता गरिसक्नु पर्नेछ । उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए । उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनिषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुने खनालले जानकारी दिए ।
अहिले सम्म काठमाडौँ, जुम्ला, रुकुम, रोल्पा, वाके, बर्दिया, झापा, धादिङ लगायत देशभरका जिल्लाबाट १ सय जना बढीले नाम दर्ता गराएको खनालले जानकारी दिए । प्रतियोगिताको समय ७ मिनेट रहेको छ भने वक्ताले सकारात्मक सन्देश दिने खालको हुनु पर्ने छ । प्रतियोगितामा एउटा विद्यालयबाट जति पनि सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
कोटिहोममा धर्म र संस्कृति मात्रै नभई शिक्षालाई जोड्न पनि यो प्रतियोगिता आयोजना गरेको उनले बताए । कास्की बाहिरका सहभागीलाई आतेजाते भाडा र बस्नको व्यवस्था समेत मिलाइएको छ । महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका अनुसार २०८३ सालको अन्तिम तिर पनि पोखरामा महायज्ञ हुनेछ जुन महायज्ञमा १ हजार भन्दा बढी धार्मिक सङ्घ संस्था पनि सामेल हुनेछन् ।
उनले कोटिहोम महायज्ञ पश्चात पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउण्डेसनको प्रदेश र जिल्ला समित घोषण हुने बताए । कोटिहोममा आज चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । आज नै राष्ट्रिय लोक दोहोरी तथा भजन गायक सूर्य खड्का र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको पनि प्रस्तुति रहने छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे