२०८२ अषाढ २९, आईतबार
सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा सङ्गठनलाई योजनाबद्ध ढङ्गले मिसन ०८४ मा लाग्न निर्देशन दिनुभएको हो ।
उहाँले सङ्गठनको युवाको हक हित, रोजगारीका कुराहरूका साथसाथै मिसन ०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । मिसन ०८४ भुल्न नहुने बताउँदै यसका लागि एकीकृत हुनु जरुरी रहेको बताउनु भयो । कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘योजनाबद्ध ढङ्गले अघि बढ्नुस् । मिसन ०८४ हामी सबैको मुख्य कुरा हो । तपाईँहरूको आफ्नो सङ्गठनको कुरा छ । युवाको हक हित, रोजगारीको कुरा भयो । यावत कुराहरू होलान् । एन्टरनिपनरसिपका कुराहरू होलान् । थुप्रै कुराहरू होलान् । ति सबै गर्दै गर्दा हामीले फेरि मिसन ०८४ भुल्यौँ भने सबै कुरा भुल्छौँ । मिसन ०८४ भुल्न हुँदैन । मिसन ०८४ मा केन्द्रित भएर अघि बढौँ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे