२०८३ श्रावण ५, मंगलबार


बुधबार काँग्रेसका नेता चन्द्र भण्डारी र सुनिल कुमार शर्मासँग छलफल गर्दै महामन्त्री थापाले जे सुकै भएपनि पार्टी तलमाथि नहुने प्रतिबद्धता जनाएका हुन् ।
उनले पार्टीमा असहजिलो अवस्था आए आफू विष पिउन तयार रहेको बताए । पार्टीमा को समयसापेक्ष बनाउनको लागि आफूले अभियान चलाएको थापाको भनाई थियो ।
उनले भने- हाम्रो अभियानबाट हामीले गर्ने प्रयासबाट नेपाली काँग्रेस थप मजबुत हुन्छ, कतिपयले पार्टी फुट्छ भनिरहेका छन् । तपाइँहरुलाई साक्षी राखेर भन्छु, कसैले चाहेर पार्टी फुट्दैन । यदि त्यतिकै अप्ठ्यारो अवस्था आयो भने बरु म विष पिउछु नी ।त्यो विष आफुले विष पिएर भएपनि एकतालाई जोगाउने हो । अहिले नेपाली काँग्रेसमा हामीले खोजेको प्रश्नको उत्तर खोज्ने प्रयास भइरहेको छ ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे