२०८३ जेष्ठ २२, शुक्रबार
चितवन, जेठ २२- विश्व वातावरण दिवसको अवसरमा भरतपुर–१० स्थित मैयादेवी कन्या कलेजको आयोजना तथा ॐ शान्ति टोल विकास संस्था र इन्द्रेणी टोल विकास संस्थाको सहकार्यमा बृहत् सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व संविधानसभा सदस्य तथा मैयादेवी कन्या कलेजका अध्यक्ष रामकृष्ण घिमिरेले कलेज परिसरमा कपूरको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए। बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा कलेजका प्रिन्सिपल तेजप्रसाद पौडेल, प्राध्यापक संघका सभापति कृष्णप्रसाद पौडेल, बलराम पौडेल, नगेन्द्र तिमिल्सिना, साथै टोल विकास संस्थाका प्रतिनिधिहरू रघुनाथ रेग्मी, शम्भु कडेललगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी तथा व्यवस्थापन र शिक्षाशास्त्र संकायका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कलेज परिसर तथा वरपरका क्षेत्रमा सरसफाइ गर्नुका साथै स्थानीयवासीलाई वातावरण संरक्षण र सरसफाइप्रति सचेत एवं प्रेरित गर्ने कार्य गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्वच्छ वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए। उनीहरूले वृक्षरोपण र सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
मैयादेवी कन्या कलेजले शिक्षा क्षेत्रसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षण, सरसफाइ तथा समुदायमुखी गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।कालिका एफएम
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे