२०८३ जेष्ठ २४, आईतबार
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्दा नवलपुरका ८ स्थानीय तहको कुल६ करोड ९६ लाख ४३ हजार २९ रुपियाँ बेरुजु कायम भएको हो।



जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु गैंडाकोट नगरपालिकामा देखिएको छ। गैंडाकोट नगरपालिकाको ३ करोड ८१ लाख ७५ हजार ६९६ रुपैँया बेरुजु रहेको महालेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै कावासोती नगरपालिकाको ८७ लाख ८७ हजार ९७९, मध्यबिन्दु नगरपालिकाको ७४ लाख ६२ हजार ८५५, बिनयी त्रिवेणी गाउँपालिकाको ५७ लाख ३५ हजार ८८८ रुपैँया रहेको छ।
देवचुली नगरपालिकाको ५१ लाख ६३ हजार ३७० बेरुजु रहेको छ। बुलिङटार गाउँपालिकाको ४० लाख २१ हजार ४८४, हुप्सेकोट गाउँपालिकाको १ लाख ४९ हजार ३५५ रुपैँया छ भने बौदीकाली गाउँपालिकाको १ लाख ४६ हजार ४०२ बेरुजु रहेको महालेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदनमा सार्वजनिक गरिएको छ। प्रतिवेदन अनुसार गैंडाकोट नवलपुर जिल्लामै सबैभन्दा बढि बेरुजु हुने पालिकामा परेको छ। बौदीकाली गाउँपालिका जिल्लाकै कम बेरुजु हुने पालिकाको रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे