२०८३ जेष्ठ २८, बिहिबार
बा.प्र.०१–०३३ च २१४४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ । उक्त गाडी द्रुतमार्ग आयोजनासँग सम्बन्धित रहेको बताइएको छ।
दुर्घटनामा काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनामा कार्यरत चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी अन्दाजी ४२ वर्षीय बोधराज बुढाथोकी र सोही ठाउँमा कार्यरत इन्जिनियर बारा पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे