२०८३ अषाढ ३, बुधबार
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो ।
मेसीले यस खेलमा खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । यो मेसीको विश्वकपमा पहिलो ह्याट्रिक हो । मेसीले ह्याट्रिक गर्दै विश्वकपमा सबै भन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डको बराबरी गरेका हुन् । दुवैले विश्वकपमा १६-१६ गोल गरेका छन् । त्यसैगरी मेसीले छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको किर्तिमान बनाएका छन् । यो जितपछि अर्जेन्टिनाको समुह जे मा ३ अंक भएको छ ।
अब अर्जेन्टिनाले अर्को खेल जुन २२ मा अस्ट्रियासँग र जुन २८ मा जोर्डनसँग खेल्ने तालिका छन् । त्यस्तै अल्जेरियालेअर्को खेल जुन २३ मा जोर्डनसँग र जुन २८ मा अस्ट्रियासँग खेल्ने तालिका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे