२०८३ अषाढ ७, आईतबार
आफ्नो स्वाभाविक अभिनय, हास्य प्रस्तुति र प्रभावशाली संवाद शैलीका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । खेम शर्मा कुनै बेला चतुरेको नामले पनि परिचित थिए । नेपाल टेलिभिजनको चर्चित टेलिसिरियल चतुरेको दाउपेचमा ‘चतुरे’ बनेर अत्यन्त चर्चा कमाएका शर्माको जोडी शिवहरि पौडेल हुन् । पौडेल-शर्माको जोडी महको जस्तै चम्केको जोडी थियो । यो जोडीले दर्जनौ चलचित्र तथा टेलिफिल्मलगायत रंगमञ्चमा नाटक पनि खेलेका छन् । पौडेलले खेम शर्माको निधनप्रति दुख व्यक्त गर्दै भनेका छन्- ‘स्तव्ध: । आज भर्खरै मैले एउटा अमुल्य रत्न गुमाएं…उफ्फ…हे भगवान के गर्यौ यस्तो ? ॐ नम: शिवाय । खेम वावु तिमी संधैनै मेरो मनमा थियौ र रहि रहन्छौ ।’
शर्माले करोडपति, नेपाली बाबु, बेइमानी, आवारा, यस्तै रहेछ पिरती, गोठालो, अधिकार, सौगात, माया, झझल्को, घर-आँगन, माया, परेली, लौन यो मायाले सतायो जस्ता दर्जनौं नेपाली फिम्मा समेत अभिनय गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे