२०८३ कार्तिक ७, शुक्रबार



हेप्पी बोर्डिङ स्कुलको ग १ क ६६२२ नम्बरको भ्यान बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा पोखरा म.न.पा. ६ दिगोपाटनका १६ वर्षीय अमृत परियारको बायाँ खुट्टामा सामान्य चोट लागेको छ । यस्तै, पोखरा म.न.पा. १८ सेदीका १६ वर्षीय अंकित कुँवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ।
घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पताल पठाइएको छ। उनीहरूको उपचार भइरहेको छ ।
दुर्घटनापछि सम्पर्कविहीन भएका स्याङ्जाको फेदीखोला गा.पा. २ बस्ने ५२ वर्षीय चालक बलराम भण्डारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन गरेको खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे