२०८३ अषाढ २०, शनिबार
यहि असार ३ गतेदेखि १८ गतेसम्म यो सडकमा चौबीसै घण्टा सवारी आवागमन बन्द गरिएको थियो। सडक पूर्वाधार विकास कार्यालय गुल्मीको पत्र अनुसार यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले यस अवधिभर सो सडक खण्डबाट चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण घर्तीले जानकारी दिनुभयो। उहाँका अनुसार आज र भोलि (आइतबार) दुई दिन यस सडक खण्ड पूर्ण रूपमा बन्द रहनेछ। सोमबारदेखि आंशिक रुपमा सडक बन्द रहनेछ।
यस अवधिमा बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म बाटो खुल्नेछ। यस समयबाहेक अन्य समयमा सडक पूर्ण रूपमा बन्द रहने बताइएको छ। सडक खण्ड भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गरी आवतजावत गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। वैकल्पिक सडकका रूपमा तम्घास–बाँझेछेडा–रातडाँडा सडक तथा तम्घास–अर्खले–खोरपाटा–डाँडाखर्क–रातडाँडा सडक प्रयोग गर्न गर्न सकिनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे