२०८३ अषाढ २०, शनिबार
केही समयदेखि क्यान्सर रोगबाट पीडित रहनुभएका उहाँको ५६ वर्षको उमेरमा पृथ्वीचन्द्र अस्पताल परासीमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका वर्तमान अध्यक्षसमेत रहनुभएका पराजुली जिल्लाको पत्रकारिताका एक स्तम्भका रुपमा परिचित हुनुहुन्थ्यो ।
सदरमुकाम परासीमा स्थापना भएको पहिलो एफएम रेडियो ‘रेडियो परासी’मा समाचार सम्पादकका रुपमा काम गर्नुभएका पराजुलीले परासी पत्र साप्ताहिकको कार्यकारी सम्पादकको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । साथै उहाँले रेडियो नेपाल, रेडियो लुम्बिनी, जनसंघर्ष, तिनाउ एफएमलगायतका सञ्चार संस्थामा समेत काम गर्दै पत्रकारितामार्फत योगदान दिनुभएको थियो ।
रामग्राम नगरपालिका–३ परासी बजारमा बस्दै आउनु भएका पराजुलीका दुई छोरी, आमा र श्रीमती हुनुहुन्छ ।
उहाँको निधनप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले विज्ञप्ति निकालेर गहिरो दुःख व्यक्त गरेको छ । परासी पत्र साप्ताहिक पत्रिकाले पनि संस्थापक कार्यकारी सम्पादक पराजुलीको निधनले नेपाली पत्रकारिता र विशेषगरी नवलपरासीको सञ्चार क्षेत्रले एक अभिभावक गुमाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
यसैबीच पत्रकार केशव पराजुलीको अन्त्यष्ठि असार २२ गते सोमबार हुने भएको छ । छोरीहरु बाहिर रहेका कारण आउन समय लाग्ने भएकाले सोमबार त्रिवेणी घाटमा दाहासंस्कार हुने परिवारजनले बताएको छ । परासीपत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे