२०८३ श्रावण १, शुक्रबार


नेपाल शिक्षक महासंघले विज्ञप्ती नै निकालेर गीतप्रति आपति जनाएको छ । अभिनेत्री प्रियंका कार्की र दुर्गेश थापासहित आर्यन सिग्देल र अयुश्मान जोशीको अभिनय रहेको यस गीतले समग्र शिक्षण क्षेत्रको अपमान गरेको भन्दै महासंघले तत्काल बन्द गर्न माग गरेको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ- ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ ।’
महासङ्घले उक्त गीतलाई तुरुन्त प्रसारण गर्न बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित निर्माण पक्षसँग जोडदार माग गरेको छ ।
साथै, उक्त गीतलाई निरन्तरता दिएमा र यसबाट कुनै पनि असहज परिस्थिति वा परिणाम उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने समेत महासङ्घले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे