• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ श्रावण ३, आईतबार

  • ३९ पटक पढिएको
  • काठमाडौँ । फिफा विश्वकप फुटबलको उपाधिका लागि आइतबार राति स्पेन र अर्जेन्टिना आमनेसामने हुने भएका छन् । अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुने छ ।

    अर्जेन्टिनासँग लगातार दोस्रो पटक विश्वकप जित्ने अवसर छ । यदि अर्जेन्टिनाले उपाधि जितेमा इटाली (१९३४ र १९३८) तथा ब्राजिल (१९५८ र १९६२) पछि लगातार दुई संस्करणको विश्वकप जित्ने तेस्रो टोली बन्नेछ। अर्जेन्टिना यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वविजेता बनेको थियो भने १९३०, १९९० र २०१४ मा उपविजेतामा सीमित भएको थियो ।

    स्पेन भने दोस्रो पटक विश्वविजेता बन्ने लक्ष्यमा छ । स्पेनले पहिलो र हालसम्मको एकमात्र विश्वकप उपाधि सन् २०१० मा जितेको थियो । हालको युरोपेली च्याम्पियन स्पेनले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताका ६ फाइनलमध्ये ५ मा जित हात पारेको इतिहास पनि बोकेको छ । यो फाइनल अर्को अर्थमा पनि विशेष छ । पहिलो पटक दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन विश्वकपको फाइनलमा एकअर्काविरुद्ध खेल्दैछन् । साथै, फिफा विश्व वरीयताको पहिलो स्थानमा रहेको अर्जेन्टिना र दोस्रो स्थानमा रहेको स्पेनबीच विश्वकप इतिहासमै पहिलो पटक भेट हुन लागेको हो ।

    अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनल खेल्दैछ । जर्मनीले मात्र आठ पटक फाइनल खेलेको छ । यस संस्करणमा अर्जेन्टिनाले सबै सात खेल जितेको छ र उपाधि जितेमा सन् २००२ मा ब्राजिलपछि शतप्रतिशत जितसहित विश्वकप जित्ने पहिलो टोली बन्नेछ ।

    यद्यपि स्पेनलाई धेरै विश्लेषकले उपाधिको मुख्य दाबेदार मानेका छन् । तथ्याङ्कीय विश्लेषण गर्ने संस्थाको अनुमानले पनि स्पेनलाई अगाडि राखेको छ । स्पेनले यस प्रतियोगितामा प्रति खेल औसत ०.३१ अपेक्षित गोल अवसर मात्र विपक्षीलाई दिएको छ, जुन प्रतियोगिताकै उत्कृष्ट र सन् १९६६ यताकै संयुक्त रूपमा सबैभन्दा बलियो रक्षात्मक प्रदर्शन हो। स्पेनले हालसम्म ६ खेलमा गोल नखाई जित निकालिसकेको छ ।

    स्पेन पछिल्ला ३७ खेलदेखि अपराजित छ । यदि फाइनलमा पनि हार टार्न सफल भयो भने कुनै पनि युरोपेली टोलीको सबैभन्दा लामो अपराजित यात्राको नयाँ कीर्तिमान बन्नेछ ।

    अर्जेन्टिना पनि उत्कृष्ट लयमा छ । विश्वकपअघिका सात खेल र यस प्रतियोगिताका सात खेल गरी लगातार १४ खेल जितेको अर्जेन्टिनाले फाइनल जितेमा दक्षिण अमेरिकी टोलीको लगातार १५ जितको नयाँ कीर्तिमान बनाउनेछ ।

    यस फाइनलको सबैभन्दा आकर्षक प्रतिस्पर्धा लियोनेल मेसी र लामिन यमालबीच हुने अपेक्षा गरिएको छ । दुवै सुरुआती टोलीमा परे विश्वकप फाइनल इतिहासमै २० वर्षभन्दा बढी उमेर अन्तर भएका दुई खेलाडी पहिलो पटक विपक्षी टोलीबाट सुरुआत गर्नेछन् ।

    ३९ वर्षीय मेस्सी विश्वकप इतिहासमा तीनवटा फाइनल खेल्ने दोस्रो खेलाडी बन्नेछन्। यसअघि ब्राजिलका काफुले मात्र तीन विश्वकप फाइनल खेलेका थिए। मेस्सी विश्वकप फाइनल खेल्ने सबैभन्दा पाका मैदानी खेलाडी पनि बन्नेछन् । यता १९ वर्षीय यमाल विश्वकप फाइनल खेल्ने इतिहासकै तेस्रो सबैभन्दा कान्छा खेलाडी बन्नेछन् । उनीभन्दा कम उमेरमा केवल ब्राजिलका पेले र इटालीका ज्युसेप्पे बेर्गोमीले मात्र विश्वकप फाइनल खेलेका थिए । ड्रिबल सफल पार्ने सूचीमा पनि मेसी र यमाल शीर्ष स्थानमा छन् । मेसीले २५ पटक सफल ड्रिबल गरेका छन् भने यामालले २२ पटक विपक्षीलाई छलाएका छन् । स्पेनका रोड्री पनि उपाधि जितेमा प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्ने प्रमुख दाबेदार मानिएका छन् । उनले यस विश्वकपमा ६५५ सफल पास पूरा गरिसकेका छन्, जुन एकै संस्करणको विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

    विश्वकपमा स्पेन र अर्जेन्टिनाबीच यसअघि केवल एकपटक भेट भएको थियो । सन् १९६६ को समूह चरणमा अर्जेन्टिनाले २–१ को जित निकालेको थियो। यस शताब्दीमा भने दुवै टोली चारपटक आमनेसामने हुँदा स्पेनले तीन खेल जितेको छ। पछिल्लोपटक सन् २०१८ को मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा

  • ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित

  • गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने

  • समाचार
  • १

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • २

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ३

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ४

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ६

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ७

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • ८

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • ९

    एनटिभीको स्याटेलाइट ब्याण्डविथ खरिदमा हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
    २०८३ श्रावण २, शनिबार

  • १०

    बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु , तीन जना घाइते
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution