२०८३ श्रावण ११, सोमबार


केही दिनदेखि बजारमा ग्याँसको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि मन्त्री यादवले यस विषयमा विशेष चासो व्यक्त गरेकी हुन् । बजारमा ग्याँसको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले नियालिरहेको उल्लेख गर्दै उनले उपभोक्तालाई त्रसित नहुन आग्रह गरिन् ।
ग्याँस वितरणका क्रममा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले सर्वसाधारणलाई तत्कालका लागि अति आवश्यक मात्रामा मात्र ग्याँस खरिद गरी स्थिति सहज बनाउन सहयोग गर्न अनुरोध गरेको छ । अनावश्यक रूपमा ग्याँसको सञ्चय (होडिङ) नगर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
साथै, मन्त्री यादवले बजारमा देखिएको हालको समस्यालाई तत्काल समाधान गरी आपूर्ति व्यवस्थालाई पूर्ववत् सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशन समेत दिएकी छन् । निगमले बजारको अनुगमन र वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे