२०८३ श्रावण १२, मंगलबार


अनुसन्धानका क्रममा भारत सरकारको सहयोगमा भारतीय राजदूतावाससँग २०७७ असोज १४ गते भएको सम्झौताअनुसार वडावासीलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा दाखिला नगरी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार एम्बुलेन्सबाट कति सेवा निःशुल्क प्रदान गरियो, कति सेवाबापत शुल्क उठाइयो र सञ्चालनमा कति इन्धन खर्च भयो भन्ने कुनै अभिलेख, लगबुक वा प्रमाण नराखिएको पाइएको छ। साथै, सेवा सञ्चालनबाट प्राप्त आम्दानी तथा खर्चको हिसाबसमेत पालिकामा दाखिला नगरिएको अनुसन्धानबाट खुलेको छ ।
आयोगले सरकारी सार्वजनिक सम्पत्ति भएको एम्बुलेन्सलाई निजी सवारीसरह प्रयोग गरी गैरकानुनी लाभ लिने उद्देश्यले आफूखुसी भाडा उठाएको जनाएको छ। अनुसन्धानअनुसार उक्त एम्बुलेन्स तीन वर्ष पाँच महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर सञ्चालन गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी धनुषाले २०७८ जेठ ४ गते प्रकाशित गरेको एम्बुलेन्स सेवाको जिल्ला दररेटका आधारमा कच्ची सडकमा सञ्चालन भएको भाडा हिसाब गर्दा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना तथा हानि–नोक्सानी भएको ठहर गरिएको आयोगले जनाएको छ।
उक्त आधारमा पूर्व वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनबमोजिम सजायको माग गर्दै मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे