२०८३ भाद्र २९, सोमबार



सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ ।
जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’को तयारी गरिएको हो ।
सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग पुर्याइरहेका छन् । सम्मेलनमा भाग लिन कोशी प्रदेशबाट ७२, मधेस प्रदेशबाट ५८, बागमतीबाट ४६, गण्डकीबाट ६४, लुम्बिनीबाट ६२, कर्णालीबाट ३८ र सुदूरपश्चिम प्रदेशबाट ६६ वटा स्थानीय तहले नाम टिपाएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गरे ।रासस
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताए । सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नेछिन् । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे