• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ३, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
२

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
३

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
४

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
५

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
६

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
७

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
८

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
९

रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?

२०८३ भाद्र ५, शुक्रबार
१०

रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

२०८३ भाद्र ७, आईतबार
११

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
१२

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार

एशियाली खेलकुद आजदेखि जापानमा, ४५ देशका खेलाडी सहभागी हुँदै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार

  • २० पटक पढिएको
  • काठमाडौँ । २०औँ संस्करणको एशियाली खेलकुद जापानको आइची–नागोयामा आजदेखि औपचारिक रुपमा शुरु हुदैछ । अक्टोबर ४ सम्म आयोजना हुने एशियाली खेलकुद एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिताका रूपमा रहेको छ ।

    यस संस्करणमा एसियाली ओलम्पिक परिषद्का ४५ सदस्य राष्ट्र तथा क्षेत्र सहभागी हुँदैछन् । प्रतियोगितामा ११ हजारभन्दा बढी खेलाडी र ६ हजार अधिकारीसहित १७ हजारभन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ । यसपटक ४३ खेलका ७१ विधामा कुल ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । विभिन्न खेलका १ हजार ४०७ पदक वितरण गरिनेछ ।

     

    यस संस्करणमा मिश्रित मार्सल आर्ट्स पहिलोपटक एशियाली खेलकुदमा समावेश गरिएको छ । साथै प्याडल र टेकबललाई पनि पहिलोपटक समावेश गरिएको छ । भर्चुअल तेक्वान्दो पनि यसपटकको नयाँ आकर्षण बनेको छ । विद्युतीय खेल र ब्रेकिङले समेत प्रतियोगितामा निरन्तरता पाएका छन् । स्वतन्त्र शैलीको बीएमएक्सलगायतका विधाले पनि प्रतियोगितालाई थप विविध बनाएका छन् । क्रिकेटलाई पनि यस संस्करणमा निरन्तरता दिइएको छ । क्रिकेटतर्फ महिला र पुरुष दुवैको टी–२० प्रतियोगिता हुनेछ ।

     

    एशियाली खेलकुदको इतिहास दोस्रो विश्वयुद्धपछि सुरु भएको हो। एसियाली देशबीच युद्धका कारण कमजोर बनेको सम्बन्धलाई खेलकुदमार्फत पुनः मजबुत बनाउने उद्देश्यले यस प्रतियोगिताको अवधारणा अघि बढाइएको थियो ।  पहिलो एशियाली खेलकुद सन् १९५१ मार्च ४ देखि ११ सम्म भारतको नयाँदिल्लीमा आयोजना भएको थियो । पहिलो संस्करणमा जापानसहित ११ देशका ४८९ खेलाडी सहभागी भएका थिए । त्यसबेला एथलेटिक्स, पौडी, फुटबल, भारोत्तोलन, साइकल र बास्केटबलसहित सीमित खेलमा प्रतिस्पर्धा भएको थियो ।

     

    सन् १९४९ मा नयाँदिल्लीमा एशियाली खेलकुद महासंघ गठन भएपछि नियमित रूपमा प्रतियोगिता आयोजना गर्ने आधार तयार भएको थियो । दोस्रो संस्करण सन् १९५४ मा फिलिपिन्सको मनिलामा आयोजना भयो। त्यसपछि सामान्यतः प्रत्येक चार वर्षमा एशियाली खेलकुद आयोजना हुँदै आएको छ । सन् १९८१ मा एशियाली खेलकुद महासंघको नाम परिवर्तन गरी एशियाली ओलम्पिक परिषद् बनाउने निर्णय भएको थियो। त्यसपछि यही संस्थाले एशियाली खेलकुदको आयोजना र व्यवस्थापन गर्दै आएको छ ।

     

    आइची–नागोया जापानमा आयोजना हुने एशियाली खेलकुदको तेस्रो संस्करण हो । जापानले यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमामा एशियाली खेलकुद आयोजना गरेको थियो ।

     

    नेपालको सहभागिता: 

     

    प्रतियोगितामा नेपालबाट २२ खेलमा ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट प्रतियोगितामा २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टोलीका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथिसहित सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारी सहभागी हुनेछन् ।

     

    नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन् । क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबलटेनिस र कुस्तीमा समान ६–६ खेलाडी सहभागी हुनेछन् ।

     

    नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो । त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकविहीन भएर फर्किएको छैन । नेपालले अहिलेसम्म एशियन गेम्समा १० खेलमा ३ रजत र २३ काश्य गरि कुल २६ पटक जितेको छ । तर नेपालले एशियन खेलकुदमा अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेको छैन ।

     

    कुन खेलमा कति खेलाडी ?

     

    नेपालले टिम खेलतर्फ कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा सहभागिता जनाउनेछ भने बाँकी १९ वटा व्यक्तिगत खेल रहेका छन् । टिम खेलमध्ये कबड्डीका पुरुष र महिला दुवै टोली गरी सर्वाधिक २४ जना खेलाडी सहभागी हुनेछन् ।

     

    यस्तै पुरुष क्रिकेट टोलीमा १५ र महिला भलिबल टोलीमा १२ खेलाडी समावेश छन्। व्यक्तिगत खेलतर्फ उसुबाट सर्वाधिक ११ खेलाडी रहनेछन् भने डान्स स्पोर्टमा १ जना मात्रै खेलाडी छन् ।

     

    नेपालले आर्चरी (२), एथलेटिक्स (६), ब्याडमिन्टन (४), बक्सिङ (७), साइक्लिङ (२), गल्फ (४), जुडो (६), कराते (८), सफ्ट टेनिस (४), स्क्वास (२), पौडी (५), टेबलटेनिस (६), टेनिस (५) र कुस्ती (६) मा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा गराउनेछ । त्यसैगरी, क्यानोइ स्लालोम (२), स्केटबोर्ड (२) र तेक्वान्दो (२) मा भने पुरुष खेलाडीको मात्र सहभागिता रहनेछ ।

     

    यसअघि सन् २०२३ मा चीनको हाङझावमा सम्पन्न १९औँ एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी (१२६ पुरुष र १२७ महिला) सहभागी भएका थिए। उक्त संस्करणमा नेपालले करातेकी एरिका गुरुङको ऐतिहासिक रजत र महिला कबड्डी टोलीको कांस्य गरी दुई पदक जितेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

  • गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षा हुने

  • स्वास्थ्य विभागका तत्कालीन वरिष्ठ प्रशासक डा. सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा

  • १३ देशका लागि राजदूत सिफारिस

  • समाचार
  • १

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ
    २०८३ आश्विन ३, शनिबार

  • २

    एशियाली खेलकुद आजदेखि जापानमा, ४५ देशका खेलाडी सहभागी हुँदै
    २०८३ आश्विन ३, शनिबार

  • ३

    गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षा हुने
    २०८३ आश्विन ३, शनिबार

  • ४

    स्वास्थ्य विभागका तत्कालीन वरिष्ठ प्रशासक डा. सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८३ आश्विन २, शुक्रबार

  • ५

    १३ देशका लागि राजदूत सिफारिस
    २०८३ आश्विन २, शुक्रबार

  • ६

    माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ६ शव निकालियो
    २०८३ आश्विन २, शुक्रबार

  • ७

    नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
    २०८३ आश्विन २, शुक्रबार

  • ८

    देशका अधिकांश स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन २, शुक्रबार

  • ९

    नौ लाख घुससहित नापी अधिकृत पक्राउ
    २०८३ आश्विन १, बिहिबार

  • १०

    गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८३ आश्विन १, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution