२०८३ आश्विन ५, सोमबार



पीडित विद्यार्थीको सानिमा नन्दिता थापा मगरको अनुसार आइतबार विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको बायाँ कान र दायाँ आँखामा चोट लागेको छ । “आइतबार विद्यालयमा पठनपाठन भइरहेको बेला बाबुले कपाल काटेन भनेर सरहरुले अफिस कोठामा लगेर कुटपिट गर्नुभएछ” उहाँले भन्नुभयो, “शिक्षकको कुटाइबाट बाबुको बायाँ कानको जाली ८० प्रतिशत ड्यामेज भएको अस्पतालको रिपोर्टमा देखिएको छ, दायाँ आँखाको मुनिपट्टि पनि निलडाम बसेको छ ।” विद्यार्थीलाई कुटपिट भएपछि आइतबार नै आफूहरुले चितवनको भरतपुर अस्पतालमा लगेर परीक्षण गर्दा आँखामा कानमा समस्या देखिएको भन्दै आज पुनः भरतपुरकै नेसनल सिटी अस्पतालमा लगेर परीक्षण गरिएको उहाँले बताउनुभयो ।
“आज भएको परीक्षणमा पनि आइतबार गरिएको परीक्षणसँगै मिल्ने रिपोर्ट आएको छ” उहाँले भन्नुभयो, “पढ्न विद्यालय जाने विद्यार्थी विद्यालयमा पनि सुरक्षित हुने वातावरण आएन ।” विद्यार्थीका बाबा आमा वैदेशिक रोजगारीका क्रममा जापानमा रहनुभएको उहाँले बताउनुभयो ।
गैँडाकोट इङ्गलिस स्कूलका प्राचार्य हीरालाल अर्यालले घटनाबारे स्वीकार गर्दै विद्यार्थी कुट्ने शिक्षकलाई कारबाही गरिने र विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालयले व्यहोर्ने बताउनुभयो । “घटनाभए लगत्तै हामीले अभिभावकसँग एकप्रकारको सहमति गरेका छौँ” उहाँले भन्नुभयो, “विद्यार्थी कुट्ने शिक्षकलाई हामीले निष्कासन गर्दै घाइते विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने भनेका छौँ ।” विद्यार्थी विरुद्ध हुने कुनै पनि प्रकारको हिंसा तथा घटनाहरुमा नजरअन्दाज नगर्ने विद्यालयको नीति रहेको अर्यालले बताउनुभयो ।
“विद्यालयको नीति विरुद्ध जाने शिक्षकहरुलाई हामीले चेतावनी दिने र कारबाहीस्वरुप जागिरबाट निष्कासन गर्ने गरेका छौँ” उहाँले भन्नुभयो, “हामीले शिक्षकहरुलाई हरेक बैठकमा बालमैत्री व्यवहार गर्न सचेत गराउँदै आएका छौँ, नीति विरुद्ध जने शिक्षकहरु कारबाहीको भागिदार बन्नुहुनेछ । आइतबार विद्यार्थी कुटपिट गर्ने शिक्षक डोलराज थापालाई निष्कासित चिठी तयार परिएको भन्दै अर्यालले आज शिक्षकलाई चिठी दिएर पठाउने बताउनुभयो ।स्वीट नेपालबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे