२०८३ आश्विन ७, बुधबार



नगर प्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो “हाम्रो नगरभित्र भौगोलिक विकटताका कारण र पारिवारिक आर्थिक अवस्था कमजोर भएर कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । श्रेष्ठले भन्नुभयो “ खास गरी बर्दघाट नगरपालिका वडा नं. २ लगायतका पहाडी तथा विकट क्षेत्र र अभिभावकविहीन (अनाथ) बालबालिकाहरूलाई विद्यालयको पहुँचमा निरन्तर टिकाइराख्न यो आवासीय सुविधा कोशेढुङ्गा साबित हुनेछ। विद्यार्थीहरूको खाना, बस्न र लत्ताकपडाको सम्पूर्ण जिम्मेवारी सामुदायिक विद्यालयले बहन गर्छ। स्थानीय सरकार अभिभावकविहीन विद्यार्थीहरूको अभिभावक बनेर उभिएको छ।”
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको भनाइले भन्नुभयो “कार्यक्रमलाई पारदर्शी, व्यवस्थित र नतिजामुखी बनाउन हामीले स्पष्ट मापदण्ड तयार पारेका छौँ । छात्रावासमा बसोबास गर्ने विद्यार्थीहरूको भौतिक सुरक्षा, स्वास्थ्य, र पोषणयुक्त खानपानमा कुनै सम्झौता नहोस् भन्नका लागि वास्तविक खर्चको भौचरका आधारमा मात्र रकम निकासा हुने भएकाले स्रोतको सदुपयोग पूर्ण रूपमा सुनिश्चित गरिएको छ।”
यस कार्यक्रमले नगरभित्र ड्रप-आउट (विद्यालय छाड्ने दर) शून्यमा झार्न र गुणस्तरीय शिक्षामा सबैको समान पहुँच पुर्याउन ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे