२०८३ आश्विन २७, मंगलबार



हाल गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भु-भागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भएको छ ।
आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे