२०८३ आश्विन २९, बिहिबार



भौगोलिक विकटताका कारण सामान्य प्रशासनिक कामका लागि समेत सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्दै नागरिकलाई आफ्नै वडाबाट सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस्तो व्यवस्था गर्न लागेको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी गराउनुभयो।
हालै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले नागरिकलाई सहज, सरल र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था सुरु गरिएको बताउनुभयो।
दुर्गम तथा पिछडिएका क्षेत्रका बासिन्दा, दलित, जनजाति तथा खस आर्य समुदायलगायतका नागरिकले आवश्यक प्रमाणित सिफारिस अब आफ्नै वडा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
सदरमुकामसम्म पुग्नुपर्ने झन्झट कम हुँदा नागरिकको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा जिल्लाबासीले गरेका छन्।
सिडिओ रिजाल निजामती सेवा प्रशासनका दक्ष र अनुभवी कर्मचारीको रुपमा चिनिनुहुन्छ। उहाँ यस अघि जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहायक सिडिओ, जिल्ला प्रशासन कार्यालय नवलपरासी ब.सु.पू को सहायक सिडिओको रुपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे