• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १५, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
३

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
४

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
५

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
६

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
७

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
८

प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

२०८३ आश्विन १६, शुक्रबार
९

क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा

२०८३ आश्विन ३०, शुक्रबार
१०

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

२०८३ कार्तिक १, आईतबार
११

गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

२०८३ आश्विन ३१, शनिबार
१२

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको यस्तो छ तयारी

२०८३ आश्विन १९, सोमबार

धान फल्ने खेतमा फूलखेती : पाँच लाख लगानी, १२ लाख आम्दानी !

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ कार्तिक १५, आईतबार

  • २४ पटक पढिएको
  • भद्रपुर । धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर रु १० देखि १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् ।

    विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक प्रयासमा १० कट्ठा जमिनमा सयपत्रीखेती गरेका हुन् । ‘कृषि कम्पास’ समूह गठन गरेर सुरु गरिएको उनीहरूको यो प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि नयाँ सम्भावना बनेको छ ।

    समूहले उक्त जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको थियो । फूलखेतीका लागि रु पाँच लाख ५० हजार लगानी गरेका उनीहरूले यसबाट करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन् । उत्पादित माला बिक्रीबाट कम्तीमा रु १० देखि १२ लाख आम्दानी हुने उनीहरूको अनुमान छ । अहिले फूल टिपेर माला उन्ने र तयार भएका माला कोल्डस्टोरमा भण्डारण गर्न थालिएको छ ।

    समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन उत्पादन हुन्थ्यो । त्यसको हालको बजार मूल्य करिब ५० हजारमात्रै पर्छ । धानखेतीबाट हुने आम्दानीभन्दा फूलखेतीबाट कैयौँ गुणा बढी आम्दानी हुने देखिएपछि उनीहरूले खेतीको विकल्प रोजेका हुन् ।

    “यही जग्गामा धान रोपेको भए जम्माजम्मी ३० मन उत्पादन हुन्थ्यो । त्यसको बजार मूल्य करिब रु ५० हजारमात्रै हो । पाँच–सात वर्ष धानखेती गरेर हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा लिन सकिने देखिएको छ”, न्यौपानेले भने ।

    उनका अनुसार फूलखेतीमा बजारको सम्भावना पनि राम्रो छ । एउटा मालाको मूल्य रु १०० देखि १५० सम्म पर्ने भएकाले उत्पादन बिक्री गर्नसके अपेक्षित आम्दानी लिन सकिने उनको विश्वास छ ।

    धानखेतीको तुलनामा फूलखेतीबाट हुने आम्दानीको सम्भावना देखेपछि समूहले आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको छ । समूहका अर्का सदस्य विनोद रिजालले आगामी वर्ष तीन बिघा क्षेत्रफलमा फूलखेती विस्तार गर्ने तयारी भइरहेको बताए । यस वर्षको अनुभव र बजारको मागले आफूहरूलाई थप क्षेत्रफलमा खेती गर्न उत्साहित बनाएको उनको भनाइ छ

    तर फूलखेतीमा आम्दानीको सम्भावना जति छ, चुनौती पनि उत्तिकै छन् । फूल टिपेपछि लामो समयसम्म सुरक्षित राख्नुपर्ने र बजारसम्म पुर्याउनुपर्ने समस्या किसानसामु छ । विशेषगरी भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जान सक्ने चिन्ता उनीहरूले व्यक्त गर्दै आएका छन् ।

    यही विषयलाई लिएर जिल्लाका व्यावसायिक फूल किसानको एक समूहले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको थियो । किसानले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन तथा भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका थिए ।

    किसानको माग र जिल्लामा फूलखेतीको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुगेका थिए । उनले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेटेर उत्पादन र बजारको अवस्थाबारे स्थलगत जानकारी लिए ।

    सो अवसरमा उनले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताए। “तपाईँहरूले सामूहिक रूपमा गर्नुभएको व्यावसायिक फूलखेती र स्वदेशी उत्पादनले बजार पाउनुपर्छ भन्ने माग जायज छ । प्रशासनले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिन्छ”, पोखरेलले भने, “झापामा फूलको ठूलो माग हुने भएकाले स्थानीय उत्पादनले बजारको माग धान्दैन कि भन्ने चिन्ता हो । पूर्वी पहाडका अन्य जिल्लाबाट पनि फूल मगाउन सकिन्छ ।”रासस

    स्थानीयसमेत रहेका ‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालले जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको आकर्षण बढ्दै गएको बताए । उनका अनुसार बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको छ । किसानको आकर्षण र खेती विस्तारको क्रमलाई हेर्दा झापा फूल उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

  • देशभर मौसम क्रमिक रूपमा सुधार हुँदैछ: मौसम पूर्वानुमान महाशाखा

  • वर्षाले लुम्बिनी र चितवनबीचको खेल रद्द, अंक बाँडियो

  • सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते

  • समाचार
  • १

    धान फल्ने खेतमा फूलखेती : पाँच लाख लगानी, १२ लाख आम्दानी !
    २०८३ कार्तिक १५, आईतबार

  • २

    व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने
    २०८३ कार्तिक १५, आईतबार

  • ३

    देशभर मौसम क्रमिक रूपमा सुधार हुँदैछ: मौसम पूर्वानुमान महाशाखा
    २०८३ कार्तिक १५, आईतबार

  • ४

    वर्षाले लुम्बिनी र चितवनबीचको खेल रद्द, अंक बाँडियो
    २०८३ कार्तिक १४, शनिबार

  • ५

    सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते
    २०८३ कार्तिक १४, शनिबार

  • ६

    चक्रवात ‘अर्नब’ को प्रभाव आजपनि रहने
    २०८३ कार्तिक १४, शनिबार

  • ७

    पुस मसान्तसम्म विवरण बुझाए कम्पनीको कर, शुल्क र जरिवाना मिनाहा हुने
    २०८३ कार्तिक १३, शुक्रबार

  • ८

    रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
    २०८३ कार्तिक १३, शुक्रबार

  • ९

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    २०८३ कार्तिक १३, शुक्रबार

  • १०

    इलाममा डा. गोविन्द केसीको सत्याग्रह, के के छन् माग ?
    २०८३ कार्तिक १३, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution