२०८३ कार्तिक ३०, सोमबार



छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै मनाइने यस पर्वले राष्ट्रिय एकता अभिवृद्धि, मौलिक संस्कृतिको संरक्षण र सामाजिक सद्भाव सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् ।
तराई–मधेश क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्नु खुसीको विषय भएको उनको सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले छठ पर्वले स्वच्छता, सात्विकता, संयमता र सद्भावको परम्परालाई अघि बढाउँदै समाजमा विद्यमान जातीय, वर्गीय तथा लैङ्गिक विभेद र विकृति अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
उनले छठ पर्वले राष्ट्रिय एकता, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको यात्रालाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस् भन्दै छठी माता र सूर्य भगवान्सँग कामनासमेत गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे