• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग ८

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ श्रावण ४, बुधबार

  • ७५७ पटक पढिएको
  • १. वि.सं. २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार कस कसलाई प्रदान गरियो ?

     घनेन्द्र बस्नेत (राजनीतिक÷सैद्धान्तिकतर्फ), डा. ढाकाराम सापकोटा (इतिहास) र जगन्नाथ आचार्य (साहित्य, संस्कृति, विज्ञान)

    – २०७७ सालको यो पुरस्कार मोहनचन्द्र अधिकारी (राजनीतिक तथा सैद्धान्तिक), प्रा.डा. कृष्णप्रसाद पोखरेल (इतिहास) र पवित्रा घर्ती (साहित्य, संस्कृति तथा विज्ञान)लाई प्रदान गरिएको ।

    – पुरस्कारको राशि नगद रु. एक लाख रहेको ।

    – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको । सरकारले आ.व. २०६८-६९ को नीति तथा कार्यक्रम र सोही वर्षको बजेट वक्तव्यमा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको र सोहीबमोजिम हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु-याउने स्रष्टालाई प्रदान गरिँदै आएको ।

    २. १२औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिम कुन हो ?

     लुम्बिनी प्रदेश (१६ स्वर्ण, ११ रजत र ११ कांस्य)

    – दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक एवं तेस्रो भएको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत र आठ कांस्य पदक प्राप्त गरेको ।

    – गण्डकी र कर्णालीले समान पाँच-पाँच स्वर्ण हात पारेका । गण्डकीले थप ११–११ रजत र कांस्य पदक पनि हात पारेको । कर्णालीले १० रजत र १५ कांस्य पदक जितेको ।

    – प्रतियोगितामा भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जितेका ।

    – मार्सल आर्ट्समा बागमतीकै दबदबा रहेको । कराँते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बनेको ।

    ३. विश्वकै बढी उचाइमा गल्फकोर्स कहाँ निर्माण गरिएको छ ?

     ल्होमन्थाङ (मुस्ताङ)

    – उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–५ लोवाथाङमा चार हजार ६५० मिटरको उचाइमा गल्फकोर्स निर्माण गरिएको ।

    – गण्डकी प्रदेश सरकारको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्मित सो गल्फकोर्स नौ होलयुक्त रहेको । यसलाई ‘मुस्ताङ गल्फ कोर्स’ नामकरण गरिएको ।

    – अहिले नौ होलको गल्फकोर्स निर्माण सम्पन्न भएको र पछि त्यहाँ १८ होलको गल्फकोर्स निर्माण गर्न सकिने सम्भावनासमेत देखिएको ।

    – भारतको सिक्किममा तीन हजार ९०० मिटरको उचाइमा रहेको गल्फकोर्स गिनिज बुकमा दर्ज भएको र मुस्ताङ गल्फकोर्स चार हजार ६५० मिटरको उचाइमा रहेकाले यस गल्फकोर्सले विश्व कीर्तिमान कायम राख्दै गिनिज बुकमा रेकर्ड राख्ने दाबी गरिएको ।

    ४. नेपालकै पहिलो कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर कुन हो ?

     बुटवल उपमहानगरपालिका

    – वि.सं. २०७९ असार २७ मा बुटवल उपमहानगरपालिकालाई १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको ।

    ५. काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह (ड्राइपोर्ट)बाट पहिलो पटक स्वदेशी वस्तुको निर्यात सुरु कहिलेदेखि भएको हो ? 

     वि.सं. २०७९ असार २८

    – सञ्चालनमा आएको झन्डै तीन महिनापछि यस बन्दरगाहबाट नेपालमा उत्पादन भएका सामान विदेश निर्यात सुरु भएको ।

    – वि.सं. २०७८ चैत २२ देखि बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।

    – चोभारबाट भन्साार पास गरेर सिधै सामान डेनमार्क गएको ।

    – सञ्चालनमा आएको बन्दरगाहमा अहिलेसम्म सात करोड ३९ लाख रुपियाँ बराबरको १६ कन्टेनर सामान बाहिरी मुलुकबाट आयात भएको ।

    – चोभार बन्दरगाहबाट सबै भन्सार चेकजाँच भएर जाने हुँदा बीचमा नरोकिई सम्बन्धित ठाउँमा सामान निर्यात हुने । त्यस्तै छिमेकी भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने ।

    – बन्दरगाहभित्र भन्सार जाँच पास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा रहेको ।

    – विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण भएको ।

    ६. सबैभन्दा अग्लो स्थानमा निर्मित सबस्टेसन कुन हो ?

     ३३-११ केभीको स्यार्कु सबस्टेसन, (मनाङ)

    – लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ चिप्लेबँेसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार ७०० मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन सञ्चालनमा ल्याइएको ।

    – गतवर्ष (२०७८)को असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो ।

    ७. गण्डकी रत्न अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

     महावीर पुन (२०७९ असार)

    – पुनले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेका कदमको सम्मान गर्दै गण्डकी रत्न प्रदान गरिएको ।

    – यो अवार्डबाट सम्मानित हुने पहिलो व्यक्ति पुन हुनुभएको ।

    – राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक पुन वायो–मेडिकल, कृषि, शिक्षा, विज्ञानलगायतका क्षेत्रबाट राष्ट्र सेवा गर्दै आउनुभएको ।

    – उहाँ रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ ।

    ८. राष्ट्रिय आविष्कार केन्द्रको स्थापना कहिले भएको हो ?

     वि.सं. २०७६ कात्तिक १

    – केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा यो संस्था स्थापना भएको ।

    – केन्द्रको निर्माण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा गरिएको ।

    – केन्द्रको निर्माण लागत करिब आठ करोड रुपियाँ रहेको ।

    ९. गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जिल्ला कुन हो ?

     बागलुङ

    – प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उपाधि बागलुङले जितेको । समग्रमा १० स्वर्ण, १३ रजत र चार कांस्यसहित रनिङ शिल्ड

    हात पारेको ।

    – नवलपुरले नौ स्वर्ण, छ रजतका साथ दोस्रो स्थान र

    स्याङ्जा छ स्वर्ण, दुई रजत र दुई कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गर्न सफल भएका ।

    – प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५७४ खेलाडीको सहभागिता रहेको ।

    – यसअघि जिल्लास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा विजेता बन्न सफल खेलाडी प्रदेशस्तरमा सहभागिता जनाएका । प्रदेशस्तरको प्रतियोगिताबाट छनोट भएका खेलाडी राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुने प्रावधान रहेको ।

    १०. हालै (२०७९ असार) गुणस्तर प्रमाणीकरण आईएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल नेपाली संस्था कुन हो ?

     भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेल (काभ्रे)

    – क्वालिटी अस्ट्रिया नामक संस्थामार्फत केन्द्रलाई गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेबापत आईएसओ

    प्रदान गरिएको ।

    – केन्द्रले प्रदान गर्दै आएको तालिम अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय रहेको प्रमाणस्वरूप आईएसओ प्राप्त गरेको बताइएको ।

    – केन्द्रले हरेक वर्ष सर्वेक्षण तथा नक्साङ्कन (जियोमेट्रिक्स)को क्षेत्रमा शैक्षिक तथा गैरशैक्षिक तालिम तथा शिक्षा प्रदान गर्दै आएको ।

    – केन्द्रले काठमाडौँ विश्वविद्यालयसँग मिलेर शैक्षिक कार्यक्रमअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा जियोमेट्रिक्स इन्जिनियरिङका कक्षा सञ्चालन गर्दै आएको ।

    – यसैगरी केन्द्रले सरकारी निकायमा कार्यरत नापी र मालपोतमा काम गर्ने कर्मचारी तथा अन्य नापनक्साको काम गर्ने कर्मचारीका लागि लामो र छोटो अवधिका विभिन्न तालिम सञ्चालन गर्ने ।

    – केन्द्रले दस जोड दुईमा विज्ञान विषय अध्ययन गरेका विद्यार्थीलाई एकवर्षे जुनियर नापी तालिम तथा यस वर्ष जिल्ला न्यायाधीशका लागि जग्गा प्रशासनसम्बन्धी अनुशिक्षणसमेत गरेको ।

    – केन्द्रको मानव संशाधन विकास, प्रशिक्षार्थी छनोटको मापदण्ड, तालिमपछिको प्रभाव मूल्याङ्कन, कार्यालयको कागजात, पुस्तकालयको व्यवस्थापन, गुनासो व्यवस्थापन तथा सम्बोधन, प्रशिक्षकको दक्षतालगायतका विषयलाई सूचक मानेर क्वालिटी अस्ट्रिया नामक संस्थाले उक्त आईएसओ प्रमाणीकरण गरेको ।

    ११. हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ?

     अफगानिस्तान

    १२. काठमाडौँ उपत्यकामा घुम्ती हुलाक सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

     वि.सं. २०७४ वैशाख १५

    १३. युरोमनी अवार्ड फर एक्सलेन्स वेस्ट बैङ्क नेपाल २०२२ बाट सम्मानित हुने नेपालको वित्तीय संस्था कुन हो ?

     ग्लोबल आईएम बैङ्क लि.

    – सन् १९९२ मा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

    – युरोमनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका ।

    १४. हिल स्टेसन अफ नेपाल भनी कुन ठाउँलाई चिनिन्छ ? 

     शैलुङ (दोलखा)

    १५. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?

     रोबोट परी

    – निर्माणकर्ता ः इन्जिनियर (पाइला टेक्नोलोजी)

    – प्रयोग गर्ने संस्था ः एसबीआई बैङ्क

    – प्रयोगमा ल्याउन थालिएको ः वि.सं. २०७४ असारदेखि ।

    १६. साउथ एसियन फेडरेसन (साफ) गेमलाई कहिलेदेखि साउथ एसियन गेम्समा रूपान्तरण गरिएको हो ?

     सन् २००६ (१०औँ दक्षिण एसियाली खेलकुद)

    १७. कुन क्रान्तिलाई यान्त्रिक क्रान्ति पनि भनिन्छ ?

     औद्योगिक क्रान्ति

    १८. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?

     वि.सं. २०६९ माघ

    १९. महालेखा परीक्षकको कार्यालयले २०७९ असार ३० मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार छवटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु कुन महानगरको रहेको छ ?

     विराटनगर महानगरपालिका

    – विराटनगरमा कुल लेखापरीक्षण गरिएको रकमको तुलनामा १६.५७ प्रतिशत बेरुजु देखिएको ।

    – सो प्रतिवेदनअनुसार सबैभन्दा कम बेरुजु (०.५६ प्रतिशत) भरतपुर महानगरको रहेको ।

    – त्यस्तै लेखापरीक्षण भएको रकमको तुलनामा वीरगञ्जको ९.८ प्रतिशत, ललितपुरको ८.६ प्रतिशत, काठमाडौँको ५.४ प्रतिशत र पोखराको ५.३५ प्रतिशत देखिएको ।

    २०. शाही सेनालाई कहिलेदेखि नेपाली सेना भन्न थालिएको हो ?

     वि.सं. २०६३ जेठ ४

    २१. वि.सं. २०७९ असार ३१ को प्रतिनिधि सभाले उपसभामुखमा कसलाई निर्वाचित गरेको हो ?

     पुष्पा भुषाल (कांग्रेस नेत्री)

    – तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ साल माघमा राजीनामा दिएपश्चात् उपसभामुख पद रिक्त रहेको थियो ।

    – प्रतिनिधि सभामा असार ३१ मा भएको निर्वाचनमा भुसालको प्रस्तावको पक्षमा १४८ मत परेको, त्यस्तै विपक्षमा ९३ मत परेको र एक मत तटस्थ रहेको ।

    २२. २०७९ असार २७ मा साक्षर घोषित हुने जिल्ला कुन हो ?

     सोलुखुम्बु

    – साक्षर घोषित हुने ५८औँ जिल्ला सोलुखुम्बु रहेको ।

    – सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार सोलुखुम्बु साक्षर जिल्ला घोषणा भएसँगै प्रदेश १ नै साक्षर बनेको ।

    २३. पहिलो पटक चन्द्रमामा कपासको बिरुवा उमार्ने राष्ट्र कुन हो ?

     चीन

    – चीनले चन्द्रमामा पहिलोपटक कपासको बिरुवा उमार्न सफल भएको ।

    – सो बिरुवा केही दिनमै मरेको जनाइएको ।

    – चीनले चाङ ई–४ यानमार्फत कपास र आलुको बीउ चन्द्रमामा पठाएको थियो । गोरखापत्रबाट

  • लोकसेवा
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लोकसेवा सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution