२०८१ बैशाख १७, सोमबार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३४३र एन्टीजेन परिक्षण गर्दा २९१ गरी जम्मा ६३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४१७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.४ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९९४ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४९४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १६ हजार ६५३ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार २२१ जना रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे