• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी : समसामयिक बिषयगत प्रश्नोत्तर – भाग ११

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार

  • ५२० पटक पढिएको
  • १. नेपालको जलविद्युत् क्षेत्रका समस्या पहिचान गरी समस्या समाधानका उपाय उल्लेख गर्नुहोस्।

     जलप्रवाहमा रहेको शक्तिबाट उत्पादन हुने विद्युतीय ऊर्जालाई जलविद्युत् भनिन्छ। भिरालो भू–बनावट, लामो हिमशृङ्खला तथा लामो दूरी तय गर्दै उत्तर–दक्षिण बहने हजारौँ नदी नेपालको ऊर्जा विकासका लागि प्राकृतिक वरदान हुन्। नेपालसँग उच्च जलविद्युत् क्षमता भए तापनि यसको उत्पादन, प्रसारण, वितरण र उपयोगको अवस्था सन्तोषजनक छैन। यस क्षेत्रमा देखिएका समस्या र समस्या समाधानका उपायहरू यस प्रकार छन् :

    – समस्या निजीक्षेत्र जलाशययुक्त आयोजना निर्माणप्रति आकर्षित नहुनु,

    – आयोजनाका लागि जग्गा प्राप्ति, प्रसारण लाइनका लागि निजी जग्गा एवं वन क्षेत्रमा हुने निर्माण कार्यमा ढिलाइ हुँदा आयोजनाको लागत र समय बढ्दै जानु,

    – अधिकांश जलविद्युत् परियोजना नदी प्रवाह प्रणालीमा आधारित विद्यत् सुक्खायाममा उत्पादन न्यून हुनु,

    – विद्युत्जडित क्षमताले सुक्खायामको मागलाई धान्न नसक्नु,

    – विद्युत् वितरण प्रणाली गुणस्तरीय र भरपर्दो हुन नसक्नु,

    – विद्युत् चुहावट कायमै रहनु,

    – विद्युत्को आन्तरिक खपत वृद्धि गर्ने रणनीति तय गरी कार्यान्वयन गर्न नसक्नु,

    – विद्युत् व्यापारका लागि अन्तरदेशीय पूर्वाधार निर्माणमा ढिलाइ हुनु।

     समस्या समाधानका उपाय 

    – जलाशयुक्त आयोजना निर्माण गर्न तथा विद्युत् प्रसारण संरचना निर्माणमा निजी क्षेत्रलाई  प्रोत्साहन गर्ने,

    – जलविद्युत्मा आन्तरिक र बाह्य लगानी आकर्षित गरी उत्पादन वृद्धि गर्ने,

    – जलविद्युत् परियोजनामा हुने मुआब्जा विवाद, जग्गा प्राप्ति, वन क्षेत्रको उपयोगजस्ता विषयलाई प्राथमिकताका साथ सम्बोधन गरी समयमै निर्माण सम्पन्न गर्न पहल गर्ने,

    – आन्तरिक तथा अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्ति प्रणालीलाई  मजबुत बनाउने,

    – आन्तरिक रूपमा विद्युत् खपत बढाउन सकिने उपायको पहिचान गरी विद्युत् उपभोग संस्कृतिलाई प्रोत्साहित गर्ने,

    – विद्युत् चुहावट नियन्त्रण गर्न डिजिटल प्रविधिको प्रयोगमा जोड दिने,

    – सघन सहरी इलाकामा भूमिगत वितरण प्रणाली स्थापना गर्ने,

    – ऊर्जा कूटनीति सञ्चालनमार्फत उत्पादित बिजुली निर्यात गरी मुलुकको आर्थिक हित प्रवद्र्धन गर्ने।

    २. नेपालको सङ्घीय व्यवस्थामा बहुतहका सरकारबीचको विधायिकी अन्तरसम्बन्धका सैद्धान्तिक मान्यता उल्लेख गर्दै विधायिकी अन्तरसम्बन्धमा देखा परेका समस्या पहिचान गर्नुहोस्।

     नेपालमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको संरचना रहेको छ। संविधानबाट तहगत सरकारको एकल र साझा अधिकार बाँडफाँट गरिएको

    छ । यी अधिकारको कार्यान्वयन गर्न प्रत्येक तहमा कानुन निर्माण संरचना र कार्यविधि रहेको छ। तहगत सरकारले अधिकारको प्रयोग गर्दा सहकारिता, समन्वय, सहअस्तित्व र परस्पर सहयोगलाई आदर्श मानिएको छ। यिनै सिद्धान्तका आधारमा तहगत सरकारको विधायिकी अन्तरसम्बन्धमा

    देहायबमोजिमका मान्यता विकास गरिएको छ:

    – कानुन बनाउँदा एकअर्काको एकल अधिकारको अतिक्रमण नगर्ने,

    – लागत, दिगोपना वा सेवा प्रवाहको प्रभावकारिताका दृष्टिले एकल वा साझा अधिकारको कुनै विषयको कार्यान्वयन सन्निकट तहबाट गराउन उपयुक्त हुने गरी कानुनी व्यवस्था गर्ने,

    – कुनै विषयको कार्यान्वयनमा दोहोरोपना आउन नदिने गरी सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट पार्ने,

    – सङ्घीय कानुनसँग नबाझिने गरी र राष्ट्रिय नीति वा प्राथमिकता प्रतिकूल नहुने गरी, सोको कार्यान्वयनमा सघाउ पुग्ने गरी प्रादेशिक कानुन निर्माण गर्ने,

    – सङ्घीय एवं प्रदेश कानुनसँग नबाझिने गरी र राष्ट्रिय एवं प्रादेशिक नीति वा प्राथमिकता प्रतिकूल नहुने गरी सोको कार्यान्वयन गर्न सहयोग पुग्ने गरी स्थानीय तहले कानुन निर्माण गर्ने,

    – प्रदेश र स्थानीय तहले कानुन बनाउँदा मौलिक हक, संवैधानिक वा अन्य कानुनी हकमा प्रतिबन्ध लगाउने वा प्रयोगमा सीमा तोक्न नहुने।

     समस्याको पहिचान 

    – संविधान र अन्य कानुनले तहगत सरकारबीच विधायिकी अन्तरसम्बन्धलाई निर्देशित गरे तापनि अपेक्षाकृत गुणस्तर र गतिमा कानुन निर्माण हुन सकेका छैनन्। यससम्बन्धमा देखा परेका समस्या देहायबमोजिम रहेका छन् ः

    – सङ्घीयताको मर्म र भावना अनुकूल हुने गरी पुराना कानुनको संशोधन एवं खारेजी गर्न सकिएको छैन। जस्तै– शिक्षा ऐन, २०२८।

    – साझा सूचीमा रहेका विषयमा कानुन बनाउन सङ्घीय एकाइहरू जिम्मेवारपूर्वक छलफल र बहसमा जुटेको देखिँदैन। साझा सूचीका विषयमा कानुन बनाउने कुरामा साझा बुझाइ बनाउन सकिएको छैन।

    – तहगत समन्वय संयन्त्रहरू निष्क्रियजस्तै देखिएका छन्। कानुन निर्माणमा समन्वय गर्न परिकल्पना गरिएको राष्ट्रिय समन्वय परिषद् हालसम्म गठन भएको छैन।

    – कानुन निर्माताहरूमा जवाफदेहिताको कमी देखिएको छ। कानुन निर्माणभन्दा ज्यादा कार्यकारी भूमिकाको खोजी, निर्वाचन क्षेत्र केन्द्रित व्यवहार तथा सभाका कामकारबाहीमा सक्रियतापूर्वक सहभागी नहुने, सदनमा अनुपस्थित रहने प्रवृत्तिले कानुन निर्माण र तहगत अन्तरसम्बन्धका मुद्दाहरू ओझेलमा परेका छन्।

    – तीनै तहबाट निर्माण भएका कानुनको एकीकृत अभिलेखीकरण गर्न तथा कानुनको एकअर्का तहबीचको तादात्म्यता, अन्तरविरोध आदि विषयको अध्ययन गरी सुधारका लागि पहल

    हुन सकेको छैन।

    – सङ्घले नमुना कानुनहरू निर्माण गरी सहयोग गरे तापनि अधिकांश स्थानीय तहमा कानुन निर्माणसम्बन्धी ज्ञान, सीप र दक्षताको अभाव छ। कानुन निर्माणमा सरोकारवालाहरूसँग छलफल गर्ने परिपाटी बस्न सकेको छैन।

    – सङ्घले प्रदेशको एकल अधिकार क्षेत्रभित्र प्रवेश गरी कानुन निर्माण ग¥यो भन्ने प्रदेशहरूको आरोप छ। कतिपय विषय न्यायालयसम्म प्रवेश पाएका उदाहरण छन्। राजनीतिक संयन्त्रबाट निकास नखोजी अदालत जाने प्रवृत्तिले न्यायालयमा विवादको चाङ बढ्दो छ। जसबाट न्यायसम्पादन समयमा हुन नसक्ने र कानुन निर्माण कार्य थप समय पछाडि धकेलिने समस्या देखिएका छन्।

    ३. नेपाली युवालाई स्वदेशमा टिकाइराख्न कुन कुन क्षेत्रमा के कस्ता कार्य गर्नुपर्ला ? 

     युवा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका संवाहक शक्ति हुन्। साहस, सिर्जनशीलता, सिक्ने क्षमता र उच्च आत्मविश्वासका कारण युवा राष्ट्रको अमूल्य सम्पत्ति हुन्। नेपालमा १६ देखि ४० वर्ष समूहका नागरिकलाई युवा मानिएको

    छ। जनसङ्ख्या संरचनामा यो अंश करिब ४० प्रतिशत रहेको छ तर यसको ठूलो हिस्सामा युवा रोजगारी र अध्ययनका क्रममा बाहिर रहेका छन्। मुलुकभित्र सीमित अवसरको उपलब्धताका कारण यहाँ रहेका युवा पनि अवसरको खोजीमा बाहिर जाने सोचमा रहेका देखिन्छन्। युवाशक्तिलाई मुलुकभित्र टिकाई देश विकासमा परिचालन गर्नु मुलुकसामु

    ठूलो चुनौती छ।

    क) जनशक्ति प्रक्षेपण र जनशक्ति विकास योजना 

    – बजारको माग र आपूर्तिको अवस्था हेरी जनशक्ति प्रक्षेपण गर्ने,

    – जनशक्ति प्रक्षेपणका आधारमा जनशक्ति विकास योजना बनाई लागू गर्ने,

    – प्राथमिकताप्राप्त क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि साझेदारी गर्ने, सरकारी लगानी बढाउने,

    ख) शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा 

    – शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारको लगानी बढाई निःशुल्क वा न्यून शुल्कमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने,

    – विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई प्राज्ञिक केन्द्रका रूपमा विकास गर्ने,

    – जीवनचक्रमा आधारित सामाजिक सुरक्षासम्बन्धी नीतिहरू तर्जुमा र कार्यान्वयन गर्ने,

    – भ्रष्टाचार, अनियमितता, राजस्व चुहावट आदि नियन्त्रण तथा स्रोतसाधनको उचित व्यवस्थापनबाट नागरिकका आधारभूत आवश्यकताको प्रत्याभूति राज्यले गर्ने,

    ग) रोजगारी र स्वरोजगारका अवसर प्रदान

    – पाठ्यक्रम परिमार्जन गर्दै दक्ष, सीपयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने,

    – निजी क्षेत्रको लगानी आकर्षित गरी रोजगारीका अवसर सिर्जना गर्ने,

    – श्रमको सम्मान तथा उद्यमशील सोचको विकास गर्न विद्यालय शिक्षाको पाठ्यक्रममा सुधार गर्ने,

    – प्रशासनिक झन्झटहरू न्यूनीकरण, सरकारी प्रोत्साहन, तथा पुँजी, प्रविधि र बजारमा सर्वसुलभ पहुँच स्थापनामार्फत स्वरोजगार बन्ने वातावरण तयार गर्ने,

    – विद्यमान रोजगार सूचना केन्द्रबाट सञ्चालन हुने कार्यलाई व्यवस्थित गरी सूचनामा सबैको पहुँच स्थापित गर्ने,

    घ) राजनीतिमा युवालाई स्थान र सम्मान

    – नीति निर्माणमा युवाका आवाज प्रतिनिधित्व गराउन समानुपातिक निर्वाचनमार्फत निश्चित प्रतिशत युवा प्रतिनिधित्व गराउने व्यवस्था गर्ने,

    – स्थानीय तहमा युवा प्रतिनिधित्व बढाई स्थानीय स्तरबाट नै युवाको नेतृत्व क्षमता विकास गर्न नीतिगत सुधार गर्ने,

    – राजनीतिक दलले आफ्नो कार्यकारी समितिमा निश्चित प्रतिशतमा युवा प्रतिनिधित्व गराउने गरी राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था गर्ने,

    ङ) सुशासन र सेवा प्रवाह

    – समाजका सबै क्षेत्रमा विधि र पद्धतिको स्थापना गरी मुलुकको अवस्थाप्रति आमनागरिकमा रहेको नकारात्मक मनोवृत्तिलाई हटाउने,

    – सार्वजनिक निकायबाट प्रवाह हुने सेवालाई गुणस्तरीय, अनुमानयोग्य र विश्वसनीय बनाउन सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने,

    – प्रशासनिक कार्यसंस्कृतिमा सुधार गरी जनताप्रति उत्तरदायी, मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध, मानवीय संवेदनाप्रति उदार संयन्त्रका रूपमा विकास गर्ने,

    – जनतामा आशा र भरोसा जगाउन तीव्र आर्थिक वृद्धि, पूर्वाधार निर्माण, सार्वजनिक सेवा सुविधाको विस्तार गर्ने,

    – सरकारी निकायका सूचनाहरूमा नागरिकको सहज पहुँच र जानकारी स्थापित गर्ने,

    च) समानता, सामाजिक न्याय र समावेशिता 

    – कमजोर वर्गको संरक्षण र विकाससँगै मूलप्रवाहीकरण गर्ने,

    – समाजमा कोही पनि छुट्न नहुने मान्यताबमोजिम सार्वजनिक नीति तर्जुमा र कार्यान्वयन गर्ने,

    – राज्यबाट प्राप्त हुने अवसर, लाभ र सुविधामा सबैको समान हक स्थापित गर्ने,

    – कानुनको नजरमा सबै नागरिक समान छन् भन्ने  कुरालाई व्यवहारमा नै स्थापित गर्ने,

    ४. अधिकार प्रत्यायोजन भन्नाले के बुझिन्छ ? अधिकार प्रत्यायोजनका विशेषता र फाइदा उल्लेख गर्नुहोस्।

     माथिल्लो पदाधिकारी वा निकायले आफूमा निहित प्रशासनिक अधिकार मातहतका पदाधिकारी वा निकायलाई हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ। कानुनले नै सम्बन्धित पद वा निकायले सम्पादन गर्ने भनी तोकेकोबाहेक अन्य अधिकार आवश्यकताअनुसार प्रत्यायोजन गरी कार्यसम्पादन गराउन सकिन्छ । अधिकार प्रत्यायोजनका विशेषता र यसबाट सङ्गठनमा हुने फाइदा निम्नानुसार रहेका छन् ः

    – अधिकार प्रत्यायोजनका विशेषताहरू

    – माथिल्ला पदाधिकारीबाट मातहतमा अधिकारको प्रत्यायोजन हुने गर्दछ।

    – अधिकार प्रत्यायोजनसँगै अधिकार प्राप्त व्यक्तिमा कार्य सम्पादनको दायित्व सिर्जना हुन्छ।

    – आफूसँग भएभन्दा बढी अधिकारको प्रत्यायोजन गर्न सकिँदैन।

    – प्रत्यायोजित अधिकारलाई फिर्ता लिन वा कम गर्न वा थप गर्न सकिन्छ।

    – सामान्यतया आफूमा निहित सबै अधिकार प्रत्यायोजन गरिँदैन तर परिस्थितिअनुसार पूर्ण अधिकार प्रदान गर्न पनि सकिन्छ । जस्तै– कूटनीतिक प्रतिनिधिलाई पूर्ण अधिकार दिई विदेशमा वार्ता र सम्झौता गर्न पठाइने गरिन्छ ।

    – अधिकार प्रत्यायोजन हुँदैमा जिम्मेवारी र जवाफदेहीबाट उम्किएको मानिँदैन। अधिकारको प्रत्यायोजनकर्तामा अन्तिम जिम्मेवारी र दायित्व जीवित नै रहन्छ।

    – अधिकार प्रत्यायोजनका फाइदा

    – देहायका कारणले सङ्गठनमा अधिकार प्रत्यायोजनलाई आवश्यक ठानिएको हुन्छ।

    – माथिल्ला पदाधिकारीको कामको बोझलाई  कम गर्न।

    – तल्ला कर्मचारीमा कामप्रतिको जिम्मेवारी र जाँगर वृद्धि गर्न।

    – प्रशासनिक प्रक्रियालाई कम गरी काममा हुने ढिलासुस्ती हटाउन।

    – तल्ला तहका कर्मचारीको निर्णय गर्ने र समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्न।

    – सङ्गठनमा नेतृत्वको उत्तराधिकारी तयार गर्ने काममा सहयोग गर्न।

    – स्थानीय आवश्यकता र परिस्थिति अनुकूल नीति तथा कार्यक्रमको कार्यान्वयनलाई सहज तुल्याउन। गोरखापत्रबाट

  • लोकसेवा आयोग
  • लोकसेवा तयारी
  • लोकसेवा प्रश्न
  • लोकसेवा बिषयगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिषयगत सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution