• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
७

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
८

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
९

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
१०

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
११

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
१२

सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

२०८३ श्रावण ४, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग १३

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ कार्तिक २४, बिहिबार

  • ७७२ पटक पढिएको
  • १. राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’मा सहभागी हुने सन्दर्भमा आइसल्यान्डतर्फ कहिले प्रस्थान गर्नुभएको हो ? 

    वि.सं. २०७९ कात्तिक २२

    सन् २०२२ नोभेम्बर ८ देखि १० सम्म चल्ने फोरममा विश्वभरका महिला नेत्रीको सहभागिता हुने ।

    सो अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपीएल)ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गरेको ।

    सन् २०१८ मा सुरु गरिएको फोरममा राजनीति, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र मिडियालगायत क्षेत्रका महिला नेत्रीको वार्षिक जमघट हुने । यो लैङ्गिक समानता, सशक्तीकरण र महिला नेतृत्व अभ्यासबारे विचार आदानप्रदान गर्ने मञ्चका रूपमा रहेको ।

    २. जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औँ संस्करण कोप–२७ कहाँ आयोजना गरिएको छ ? 

    सार्म एल शेख (इजिप्ट)

    जलवायु परिवर्तनको उद्घोष भएको सन् १९९२ को रियो द जेनेरियो हुँदै २०१५ को पेरिस सम्झौता र अघिल्लो वर्षको कोप–२५ सम्म आइपुग्दा भएका विविध विश्वव्यापी सहमति र तिनको भविष्यको रणनीतिक बाटो तय गर्न यस वर्षको सम्मेलन पथप्रदर्शक हुने विश्वास गरिएको ।

    विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि उकासिँदै गएको घोषणा भइरहँदा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने साझा अवधारणा बनाउने सम्बन्धमा सम्मेलन केन्द्रित रहेको ।

    युरोपेली सांसदद्वारा जलवायु परिवर्तनको असरबाट बढी प्रभावित विकासोन्मुख राष्ट्रलाई ऋणको सट्टा अनुदानमा प्राथमिकता दिनुपर्ने प्रस्ताव पारित ।

    जी सेभेन र ५५ वटा जोखिममा रहेका राष्ट्र सम्मिलित भी–२० समूहले जलवायु प्रकोपविरुद्ध ग्लोबल सिल्ड नामक अभियान सुरुवात गर्न सहमतिमा हस्ताक्षर गरेका ।

    ३. अरब लिगको ३१औँ शिखर सम्मेलन कहाँ र कहिले आयोजना गरियो ? 

    अल्जेरियाको राजधानी अल्जियर्स, सन् २०२२ नोभेम्बर १

    ४. टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाई कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन् ? 

    विराट कोहली, भारत

    सन् २०२२ अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा सञ्चालित खेलका दौरान नोभेम्बर २ का दिन उनले बङ्गलादेशविरुद्धको खेलमा १६ रन बनाएपछि श्रीलङ्काली पूर्वकप्तान महेला जयवर्धनेको नाममा रहेको कीर्तिमान तोडेका ।

    कोहलीले २५ खेलमा १०६५ रन बनाउन सफल भएका ।

    टी–२० विश्वकपमा धेरै रन बनाउन सफल खेलाडी ः

    – पहिलो : विराट कोहली, भारत – १०६५ रन (२५ खेल)

    – दोस्रो : महेला जयवर्धने, श्रीलङ्का – १०१६ रन (३१ खेल)

    – तेस्रो : क्रिस गेल, वेस्ट इन्डिज – ९६५ रन (३३ खेल)

    – चौथो : रोहित शर्मा, भारत – ९२१ रन (३७ खेल)

    – पाँचौँ : तिलकरत्ने दिल्सान, श्रीलङ्का – ८९७ रन (३५ खेल)

    ५. नेपालमा हालसम्म कति जनालाई राष्ट्रिय विभूति घोषणा गरिएको छ ? 

    १८

    सरकारले घोषणा गरेका पछिल्ला पाँच राष्ट्रिय विभूति

    – १८औँ : जयपृथ्वीबहादुर सिंह (२०७९ असार ६)

    – १७औँ : भक्ति थापा (२०७८ मङ्सिर १४)

    – १६औँ : महागुरु फाल्गुनन्द (२०६६ मङ्सिर १६)

    – १५औँ : पासाङल्हामु शेर्पा (२०५९ वैशाख १०)

    – १४औँ : शङ्खधर साख्वा (२०५६ मङ्सिर २)

    ६. चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि चयन हुने राजनीतिज्ञ को हुन् ? 

    सी चिनफिङ (सन् २०२२ अक्टोबर १६–२२) यससँगै महाधिवेशनले ११ जना महिलासहित २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

    ७. प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये धेरै मतदाता भएको निर्वाचन क्षेत्र कुन हो ?

    रामेछाप (कुल मतदाता ः एक लाख ८० हजार १०६)

    निर्वाचन आयोगले वि.सं. २०७९ असोज ३१ मा सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार डेढ लाखभन्दा बढी मतदाता भएका निर्वाचन क्षेत्र १३ वटा रहेका ।

    सबैभन्दा कम मतदाता रहेको निर्वाचन क्षेत्र : मनाङ (कुल मतदाता : ६७७९)

    नोट : निर्वाचन क्षेत्र कायम गर्ने काम निर्वाचन आयोगको होइन । निर्वाचन क्षेत्र निर्धारण आयोगले २० वर्षमा एक पटक निर्वाचन क्षेत्र निर्धारणका लागि सिफारिस गर्छ ।

    ८. सरकारले कर्णाली प्रदेशका कति जिल्लाका विपत् प्रभावित स्थानीय तहको भौगोलिक क्षेत्रलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ?

    चार (जुम्ला, हुम्ला, मुुगु र कालीकोट)

    मन्त्रिपरिषद्को वि.सं. २०७९ असोज २८ को बैठकले सो

    निर्णय गरेको ।

    विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिन ती जिल्लालाई विपत् सङ्कटग्रस्त घोषणा गरिएको ।

    ९. राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग खन्ने कार्यको सुरुवात कहिलेबाट गरिएको हो ? 

    वि.सं. २०७९ असोज २८

    आयोजनाका अनुसार सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेकका हिसाबले कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिन खोलामा खसालिने । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने ।  उत्पादित विद्युत् ३७.२ डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत नवलपुर सबस्टेसनमा जोडिने ।  आयोजना निर्माणका लागि करिब ४६ अर्ब लागत लाग्ने अनुमान गरिएको ।  आ.व. २०७७÷७८ बाट सुरु भएको आयोजना २०८२÷८३ सम्ममा सक्ने लक्ष्य रहेको ।  सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास वि.सं. २०७७ फागुन २० गते भएको ।

    १०. नेपालको प्रतिनिधि सभा कति सदस्यीय हुने प्रावधान छ ?

    २७५

    नेपालको प्रतिनिधि सभामा देहायबमोजिम २७५ सदस्यहरू रहने व्यवस्था छ ः

    नेपाललाई जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना सदस्य रहने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित १६५ सदस्य ।

    सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० सदस्य ।

    ११. स्काइ वाक टावरको निर्माण कहाँ गरिएको छ ? 

    इलामको कन्याम

    सो टावर मेची राजमार्गको कन्याम चिया बगाननजिकै रहेको ।

    टावरमा सिँढीको सिरानमा चार मिटर चौडाइ र सात मिटर लम्बाइको सिसा राखिएको ।

    यस टावरबाट नेपाल र भारतका विभिन्न दृश्यावलोकन गर्न सकिने ।

    टावरमा एक पटकमा २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि हाल आठ जना मात्र चढाइने गरिएको । साथै प्रतिव्यक्ति शुल्क पाँच सय रुपियाँ तोकिएको । गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय

  • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • गण्डकी सहितका चार प्रदेशमा धेरै भारी बर्षाको सम्भावना

  • आन्तरिक तर्फको हवाई भाडा बढ्यो, यस्तो छ नयाँ दर

  • समाचार
  • १

    प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय
    २०८३ श्रावण २०, बुधबार

  • २

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
    २०८३ श्रावण २०, बुधबार

  • ३

    गण्डकी सहितका चार प्रदेशमा धेरै भारी बर्षाको सम्भावना
    २०८३ श्रावण २०, बुधबार

  • ४

    आन्तरिक तर्फको हवाई भाडा बढ्यो, यस्तो छ नयाँ दर
    २०८३ श्रावण १९, मंगलबार

  • ५

    १ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
    २०८३ श्रावण १९, मंगलबार

  • ६

    एन्टीस्नेक भेनम देशभर १ हजार २६९ डोज मौज्दात छ : मन्त्री मेहता
    २०८३ श्रावण १९, मंगलबार

  • ७

    ग्यास अभाव अस्थायी, अनावश्यक रूपमा संकलन नगर्न आग्रह
    २०८३ श्रावण १९, मंगलबार

  • ८

    “गगन-विश्व” को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की
    २०८३ श्रावण १९, मंगलबार

  • ९

    विषालु च्याउ खाएर श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर
    २०८३ श्रावण १९, मंगलबार

  • १०

    यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने
    २०८३ श्रावण १९, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution