• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग १५

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ पौष ६, बुधबार

  • ५२१ पटक पढिएको
  • १. कतार वल्र्ड कप–२०२२ को उपाधि चुम्न सफल राष्ट्र कुन हो ? 

      अर्जेन्टिना (उपविजेता : फ्रान्स, तृतीय : क्रोएसिया)

    साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि फिफा विश्वकपको च्याम्पियन बनेको। फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पछि पार्दै अर्जेन्टिना तेस्रोपल्ट वल्र्डकपको उपाधि चुम्न सफल भएको।

    निर्धारित समयमा २–२ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा ३–३ गोलको बराबरीपश्चात् खेल टाइब्रेकरमा पुगेको थियो।

    पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनेल मेसी, पउलो डेवेला, लियोनार्पो पेरेडेस र गोन्जालो मेन्टेलले गोल गरेका। त्यस्तै फ्रान्सका लागि केलियन एमबाप्पे र कोलो मुनीले गोल गर्न सफल भएका। यसअघि अर्जेन्टिनाका लागि लियोनेल मेसीले दुई र एन्जेल डी मारियाले एक गोल तथा फ्रान्सका लागि केलियन एमबाप्पेले ह्याट्रिक गरेका। अर्जेन्टिना पटक–पटक उपाधिको नजिक पुगेर पनि फ्रान्सले पुनरागमन गरेपछि फाइनल सनसनीपूर्ण बनेको थियो। रोमाञ्चक खेलमा फ्रान्सले दुईपल्ट आपूm पछाडि रहेको स्थिति उल्टाएको थियो।

    जित हासिल गरेसँगै अर्जेन्टिनाले सन् २०१४ मा भएको विश्वकपमा फाइनल हार्न‘को दुःखद क्षणलाई सुखद क्षणमा बदल्न सफल भएको। फ्रान्सको भने तेस्रो पटक विश्वकप उपाधि जित्ने अभियान सफल भएन। फ्रान्स लगातार दोस्रो पटक विश्व च्याम्पियन भएर ब्राजिलको कीर्तिमान बराबरी गर्ने सँघारमा थियो। यसअघि सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप फुटबलको उपाधि जितेको थियो।

    पछिल्लो पटक सन् १९८६ मा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको थियो। त्यो बेला उपाधि दिलाउन महान् खेलाडी डिएगो म्याराडोनाको अहं भूमिका रहेको थियो। अर्जेन्टिनाले पहिलो पटक विश्वकप उपाधि सन् १९७८ मा जितेको थियो।

    कतार विश्वकपको फाइनल खेलमा ह्याट्रिक गरेका एमबाप्पेले सन् १९६६ को रेकर्ड तोडेका। यसअघि सन् १९६६ मा इङ्ग्ल्यान्डका ज्योफ हस्र्टले वल्र्डकप फाइनलमा ह्याट्रिक गरेका थिए।

    कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका। कतार वल्र्डकपमा उत्कृष्ट खेलाडी बन्दै मेसीले गोल्डेन बल अवार्ड जितेका।

    अघिल्लो पटकको उपविजेता क्रोएसिया यसपालिको फिफा विश्वकप कतार २०२२ मा तेस्रो भएको। अफ्रिकी राष्ट्र मोरक्कोलाई २–१ ले पराजित गर्दै युरोपेली राष्ट्र क्रोएसिया तेस्रो हुन सफल भएको।

    सेमिफाइनलमा पुगेका राष्ट्र ः अर्जेन्टिना, फ्रान्स, क्रोएसिया र मोरक्को।

    क्वार्टरफाइनलमा पुगेका राष्ट्र ः अर्जेन्टिना, फ्रान्स, क्रोएसिया, मोरक्को, ब्राजिल, नेदरल्यान्ड, पोर्चुगल, इङ्ग्ल्यान्ड

    अन्तिम १६ मा पुगेका राष्ट्र ः अर्जेन्टिना, फ्रान्स, क्रोएसिया, मोरक्को, ब्राजिल, नेदरल्यान्ड, पोर्चुगल, इङ्ग्ल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, सेनेगल, जापान, दक्षिण कोरिया, स्पेन, स्विट्जरल्यान्ड।

    यस विश्वकपमा कुल ६४ खेलमा १७२ गोल भएका।

    २. आविष्कारी आख्यानकार–२०७९ को उपाधिबाट सम्मानित हुने स्रष्टा को हुन् ?

      डा. ध्रुवचन्द्र गौतम

    ३. ईयूका सदस्य राष्ट्रले कार्बन उत्सर्जन कम गर्न र जलवायु अनुकूल प्रविधिमा लगानी गर्नेसम्बन्धी सम्झौताको घोषणा कहिले गरेका हुन् ?

     सन् २०२२ डिसेम्बर १८

    यस सम्झौताको उद्देश्य उत्सर्जन कटौतीलाई तीव्रता दिनु, उद्योगलाई निःशुल्क सेवा चरणबद्ध गर्नु र भवन एवं सडक यातायात क्षेत्रबाट इन्धन उत्सर्जनलाई लक्षित गरेको युरोपेली संसद्द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको।

    ईयू उत्सर्जन व्यापार प्रणाली (इटीयस)ले विद्युतीय उत्पादक, स्टिल र सिमेन्टजस्ता उच्च ऊर्जा खपत गर्ने उद्योगलाई ‘प्रदूषक भुक्तानी’ सिद्धान्तअन्तर्गत उनीहरूको कार्बन उत्सर्जन समस्या सम्बोधन गर्न निःशुल्क सेवाका लागि अनुमति दिने जनाइएको ।

    ४. जापानको राजधानी टोकियोमा सम्पन्न ६०औँ संस्करणको मिस इन्टरनेसनल २०२२ को उपाधि जित्ने सुन्दरी को हुन् ?

      ज्यास्मिन सेलवर्ग (जर्मनी)

    सो प्रतियोगितामा केप भर्डेकी स्टेफिन अमादो फस्र्ट रनर अप तथा पेरूकी लातियाना गालमेल सेकेन्ड रनर अप घोषित भएका।

    दिगो विकासका लागि सौन्दर्य भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा सहभागी सुन्दरीले संयुक्त राष्ट्रसङ्घको सहस्राब्दी लक्ष्यको लोगोसहित क्याटवाक गरेका थिए।

    सो प्रतियोगितामा नेपालबाट मिस इन्टरनेसनल नेपाल–२०२२ न्यान्सी खड्काले सहभागिता जनाएकी।

    ५. सन् २०२२ डिसेम्बरमा सम्पन्न यू–१८ एसियाली रग्वी सेभेन्स च्याम्पियनसिपको उपाधि जित्न सफल राष्ट्र कुन हो ? 

      पुरुषतर्फ ः दक्षिण कोरिया र महिलातर्फ ः युएई

    यू–१८ एसियाली रग्वी सेभेन्स च्याम्पियनसिपमा पुरुषतर्फ युएई उपविजेता भएको तथा मलेसियाले तेस्रो स्थान हासिल गरेको।

    पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइ थाइल्यान्डलाई पराजित गर्दै पहिलो भएको।

    यू–१८ एसियाली रग्वी सेभेन्स च्याम्पियनसिपमा महिलातर्फको उपाधि युएईले जितेको। त्यसैगरी भारत दोस्रो तथा मलेसिया तेस्रो भएका।

    एसिया रग्वीको आयोजना तथा नेपाल रग्वी सङ्घको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुषतर्फ आठ राष्ट्र एवं महिलातर्फ पाँच राष्ट्रको सहभागिता रहेको।

    नेपालमा पहिलो पटक रग्वीको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको।

    ६. २०७९ को भैरव पुरस्कारबाट सम्मानित हुने संस्था कुन हो ?

      विद्यादेव लुइँटेल गुठी

    विभिन्न साना र ठूलो पर्दाका फिल्ममा चरित्र र हास्य भूमिकामा अभिनय गर्दै आएका रामचन्द्र अधिकारी खासगरी हास्य टेलिसिरियल मेरी बास्सैको गोप्ते काजी चरित्रबाट चर्चित छन्।

    त्यसैगरी भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने भएको। दुवै पुरस्कारको राशि जनही एक लाख ११ हजार एक सय रुपियाँ रहेको।

    त्यस्तै भैरव प्रतिभा पुरस्कार (राशि ः ५१,१००।–) कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको।

    ७. फोब्र्सद्वारा प्रकाशित विश्वका धनाढ्यको सूची २०२२ अनुसार पहिलो स्थानमा रहन सफल धनाढ्य को हुन् ? 

      वर्नार्ड अर्नाल्ट (सीईओ, लुइस भिटन)

    ८. पेरुको राष्ट्रपति पदमा निर्वाचित हुने पहिलो महिला राजनीतिज्ञ को हुन् ? 

     डिना वोलुआर्ते (सन् २०२२ डिसेम्बर ७)

    ९. हिमालपारिको जिल्ला मनाङको सिङ्गरखर्कमा रहेको कजिन सारा ताल सम’द्र सतहबाट कति उचाइमा अवस्थित छ ? 

     ५००२ मिटर

    सबैभन्दा धनी १० व्यक्ति

    तह धनाढ्य राष्ट्र कुल सम्पत्ति (अमेरिकी डलर)

    १. बर्नार्ड आर्नल्ट तथा परिवार फ्रान्स १८०.२ अर्ब

    २. एलन मस्क अमेरिका १६३.५ अर्ब

    ३. गौतम अडानी भारत १३३.२ अर्ब

    ४. जेफ बेजोस अमेरिका १०८.२ अर्ब

    ४. वारेन बफेट अमेरिका १०४.५ अर्ब

    ५. बिल गेट्स अमेरिका १०३.३ अर्ब

    ६. ल्यारी एलिसन अमेरिका १०२.३ अर्ब

    ७. मुकेश अम्बानी भारत ९०.८ अर्ब

    ८. कार्लोस स्लिम हेलु

    तथा परिवार मेक्सिको ८१.३ अर्ब

    ९. स्टिभ बाल्मेर अमेरिका ७८.७ अर्ब

    १०. कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरुवात कहिलेदेखि भएको हो ?

     वि.सं. २०७६ असोज १५

    मकवानपुरको भीमफेदी गाउँपालिका सानुटारमा २००९ देखि निर्माण सुरु गरिएको आयोजनाले असोज १५ बाट उत्पादन सुरु गरेको।

    सन् २०१२ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना निर्धारित समयभन्दा सात वर्ष ढिलाइ हुँदा दोब्बर लागत लागेको।

    ११. मोरङ जिल्लामा बहने बक्राहा नदीलाई भारतमा के नामले चिनिन्छ ?

     लुना

    १२. फिफा विश्वकप कतार २०२२ को फाइनल र सेमिफाइनलमा प्रयोग गरिएको बल कुन हो ? 

     अल हिल्म (एडियास कम्पनीद्वारा निर्मित)

    अरबी भाषामा अल हिल्मको अर्थ सपना हुने। त्रिकोणीय ढाँचामा डिजाइन अङ्कित अल हिल्मले मरुभूमिले घेरिएको दोहा सहरलाई प्रतिविम्बित गरेको फिफाले जनाएको।

    यस विश्वकपका अन्य खेलमा अल रिहला बल प्रयोग गरिएको जसको अर्थ यात्रा हुने।

    यी दुवै बलमा रेफ्रीको निर्णयमा सहयोग गर्न बल ट्र्याकिङ प्रविधि विद्यमान रहेको।

    १३. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?

     किलिमञ्जरो

    अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटीय गन्तव्य पनि हो।

    यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको।

    यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरण आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने।

    १४. नेपाल सरकारद्वारा ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय कहिले गरिएको हो ?

     वि.सं. २०७५ मङ्सिर ३

    १५. मुलुकका ७७ वटै जिल्लामा लागू हुने गरी सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम कहिलेबाट लागू गरिएको हो ?

     वि.सं. २०७५ कात्तिक ११

    १६. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२२ कहिले सार्वजनिक गरिएको हो ?

     वि.सं. २०७९ पुस ३

    नेपाल आप्रवासनको सिंहावलोकन, नेपालमा आप्रवासन शासन, श्रम आप्रवासनको स्थिति, यससँग सम्बन्धित विषय, नेपालमा श्रम आप्रवासन तथ्याङ्कको अभाव र आगामी बाटो गरी छ अध्यायमा प्रतिवेदन समेटिएको।

    प्रतिवेदनअनुसार नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश कतार रहेको। समग्र वैदेशिक रोजगारीको ३५ प्रतिशत श्रमिक कतार गएका। यस्तै कतारपछि मलेसिया, साउदी र युएई नेपाली श्रमिकको रोजाइमा परेका।

    प्रतिवेदनअनुसार आ.व. २०७८/७९ मा ४१० जना नेपाली वैदेशिक रोजगारीका क्रममा बेपत्ता भएका तथा ३१९९ जनाले रोजगारीकै क्रममा मृत्युवरण गरेका।

    प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो हिस्सा (४० प्रतिशत) अवर्गीकृत श्रमिकका रूपमा जाने गरेको देखिएको।

    प्रतिवेदनअनुसार निर्माण क्षेत्रका लागि ६.१ प्रतिशत, गाडी चालक र मेसिन अपरेटरका लागि ८ प्रतिशत एवं औद्योगिक उत्पादनमा ८.९ प्रतिशत श्रमिक जाने गरेका। ३९ प्रतिशत महिला सरसफाइसम्बन्धी काममा जाने गरेका। त्यस्तै सेवाजन्य पेसामा जाने महिलाको अनुपात २५ प्रतिशत रहेको।

    १७. नेपालमा पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ गरिएको हो ?

     वि.सं. २०७६ असार १८, ठमेल (काठमाडौँ)

    १८. ‘अकुपाइ टुँडिखेल’ नामक अभियान केसँग सम्बन्धित छ ? 

     अतिक्रमित टुँडिखेल बचाउने

    (अतिक्रमित टुँडिखेल बचाउने उद्देश्यका साथ वि.सं. २०७६ कात्तिक २३ देखि सञ्चालन भएको अभियान।)

    १९. सीएनएन हिरो उपाधिबाट सम्मानित पहिलो व्यक्ति को हुन् ?

     पाब्लो फजार्डो (इक्वेडर)

    २०. काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) २०२२ मा नेपाल पानारोमा विधातर्फ सर्वोत्कृष्ट फिक्सन फिल्म कुन बनेको छ ? 

     ह्विल्स अन द बस (निर्देशक ः सूर्य शाही)

    अनिल बुढामगर निर्देशित द आइरन डिगर सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भएको।

    नेपाल पानारोमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीस रानाको ‘हजुर’ले संयुक्त रूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेका।

    विद्या चापागाईं र कमलकुमारको वृत्तचित्र ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त गरेको।

    अन्तर्राष्ट्रिय विधातर्फ क्यानडाको फार बियोन्ड द पास्चरल्यान्ड्स र अमेरिकाको कुमारी ः अ फादर्स ड्रिमले स्पेसल मेन्सन अवार्ड प्राप्त गरेका।

    बेलायती निर्देशक ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेन्ड समिट’ फस्र्ट च्वाइस, स्विट्जरल्यान्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्ल्ङ्कि निर्देशित ‘सोफी लाभौड ः लेडी ८०००’

    सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित

    ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भएका।

    किम्फ २०२२ (२०औँ संस्करण)मा ३० मुलुकका ६० चलचित्र स्क्रिनिङ भएका। पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानव अधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यस पटकको नारा ‘दिगो आरोहण’ रहेको।

    २१. सर्वप्रथम सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसलाई प्रदान गरियो ?

     सूर्यप्रसाद गौतम (वि.सं. २०६८)

    २२. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ? 

     एकराज शमशेर र ब्रह्म शमशेर

    गोरखापत्रबाट।

  • लोकसेवा आयोग
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution