• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १४, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
४

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
५

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
६

कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

२०८३ भाद्र १५, सोमबार
७

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
८

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
९

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
१०

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र १७, बुधबार
११

बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

२०८३ भाद्र १९, शुक्रबार
१२

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार

एकैदिन नियुक्त भए चार प्रदेशका मुख्यमन्त्री

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ पौष २८, बिहिबार

  • ३३८ पटक पढिएको
  • काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट एकैदिन चार प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्
    १. लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला
    बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका तीन र स्वतन्त्र दुई सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ ।

    लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सांसद छन् । नागरिक उन्मुक्तिसँग चारजना सांसद रहेका छन् भने स्वतन्त्र दुईजना सांसद छन् ।

    ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्य छन् ।

    मुख्यमन्त्री गिरीको शपथ कार्यक्रम बिहीबार प्रदेश राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे तय भएको छ ।

    को हुन् नवनियुक्त मुख्यमन्त्री गिरी ?
    लुम्बिनी प्रदेशमा बुधबार मात्र मुख्यमन्त्री भएका लिला गिरी कुनैबेला शिक्षक थिए । उनले कुनैबेला हाल तिलोत्तमाको ढिगरनगरमा रहेको जनज्योति माविमा पढाउँथे । २०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालीन पञ्चहरूविरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीसँगै आन्दोलनमा सहभागी भएका गिरी गुल्मीबाट २०३४ सालमा रूपन्देहीको शंकरनगर–१ मा (हालको तिलोत्तमा नगरपालिका–१) बसाइँ सरेर आएयता राजनीतिक र सामाजिक काममा हालसम्मै सक्रियतापूर्वक निरन्तर क्रियाशील रहेका छन् ।

    उनी बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्षसमेत बने । मुख्यमन्त्री गिरी तत्कालीन शंकरनगर गाउँ विकास समितिको पहिलो जननिर्वाचित अध्यक्षसमेत हुन् । गिरीले सहिद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दल, दक्षिण एसियामै ऐतिहासिक मानिने १६–३६ कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीति प्रवाह गरेका थिए । किसानहरूलाई पार्टीमा आबद्ध गर्ने, संगठित गर्ने र अभियानमा सरिक बनाउने काममा पनि उनी सक्रिय भए ।

    १९ माघ २०६१ को तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाही ‘कु’ को विरोधको नेतृत्व गरेको भन्दै उनलाई पक्राउ गरी जेल चलान गरिएको थियो । २७ मा २०६१ देखि २८ वैशाख २०६२ सम्म जिल्ला कारागारमा जेल यातना भोगेको उनी बताउँछन् । २०४६ देखि एमाले पार्टी कमिटीको नेतृत्व गरेका गिरीले २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, २०५६ सालमा जिल्ला कमिटी रूपन्देहीको उपसचिव भएर काम गरेका थिए ।

    २.मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव
    मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । केन्द्रमा रहेको सत्ता समीकरणअनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दावी पेस गरेका थिए । दावी पेस गरेलगत्तै यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

    १ सय ७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ । यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक–एक तथा स्वतन्त्र प्रदेशसभा सदस्यसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

    मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले २८ पुसको अपराह्न ४ बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका थिए । यादव सोमबार संसदीय दलका नेतामा चयन भएका थिए । उनी २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सभामुख बनेका थिए । पछि जसपा विभाजन हुँदा उनी उपेन्द्र यादवको पक्षमा लागेका थिए ।

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल
    सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।

    एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । रावल कञ्चनपुरबाट एमालेको समानुपातिकतर्फको कोटामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ ।

    मुख्यमन्त्री पदमा नियुक्त भएपछि रावलले संक्षिप्त प्रतिक्रिया दिँदै आफूले सुदूरपश्चिमको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने बताए । उनले सुदूरपश्चिममा रहेका विद्यमान कुरीति र कुसंस्कारलाई हटाउने प्रतिबद्धता जाहेर गरे ।

    बुधबार बिहानै मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेका कारण ढिलाइ भएको थियो । नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने अडान लिएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा सो पार्टीले समर्थन गरेको थियो ।

    कर्णालीको मुख्य मन्त्रीमा माओवादीका शर्मा
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरूलाई आह्वान गरेका थिए । सोहीबमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीसहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेस गरेका हुन् ।

    कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका एक र समाजवादीका एक जना प्रदेशसभा सदस्य रहेका छन् । कुल ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ सदस्य आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन रहेको छ । राप्रपाले एक मन्त्रालय दावीसहित मुख्यमन्त्री समर्थन गरेको जनाइएको छ ।

    नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमतिनुसार एमालेले शर्मालाई मुख्यमन्त्रीका लागि समर्थन गरेको हो । राजधानी दैनिकबाट

  • मुख्यमन्त्री
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बाढीका कारण ४३० मेगावाट विद्युत बाहिरिएपछि हिउदको माग व्यवस्थापन चुनौतिपूर्ण

  • देशका अधिकांश स्थानमा हल्का बर्षा हुने

  • निःशुल्क शिक्षा कार्यान्वयनका लागि साझा प्रयास अपरिहार्य

  • प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

  • समाचार
  • १

    बाढीका कारण ४३० मेगावाट विद्युत बाहिरिएपछि हिउदको माग व्यवस्थापन चुनौतिपूर्ण
    २०८३ आश्विन १४, बुधबार

  • २

    देशका अधिकांश स्थानमा हल्का बर्षा हुने
    २०८३ आश्विन १४, बुधबार

  • ३

    निःशुल्क शिक्षा कार्यान्वयनका लागि साझा प्रयास अपरिहार्य
    २०८३ आश्विन १३, मंगलबार

  • ४

    प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
    २०८३ आश्विन १३, मंगलबार

  • ५

    सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
    २०८३ आश्विन १३, मंगलबार

  • ६

    हिमलुङ हिमालको आधार शिविरमा उद्धार रोकियो, १२ जना अझै बेपत्ता
    २०८३ आश्विन १३, मंगलबार

  • ७

    बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा
    २०८३ आश्विन १३, मंगलबार

  • ८

    हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने
    २०८३ आश्विन १३, मंगलबार

  • ९

    मलेखु–मुग्लिङ सडकखण्ड सुचारु, केही स्थानमा एकतर्फी आवागमन
    २०८३ आश्विन १२, सोमबार

  • १०

    असोज ८ गतेदेखिको बाढी र पहिरोमा २१ जनाको मृत्यु, पाँच बेपत्ता
    २०८३ आश्विन १२, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution