• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
४

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
५

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
६

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
७

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
८

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
९

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार
१२

चितवनमा कार र बस ठोक्किँदा कार चालकको मृत्यु

२०८२ जेष्ठ ९, शुक्रबार

गण्डकी सरकारले पायो पूर्णता

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ ११, बुधबार (२ साल अघि)

  • २५४ पटक पढिएको
  • गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिब आधा महिनापछि मन्त्रिपरिषद्ले मंगलबार पूर्णता पाएको हो। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक/एक जना मन्त्री नियुक्त गरेका थिए। मन्त्री नियुक्त गरेपनि उनीहरूलाई जिम्मेवारी नदिई विनाविभागीय मन्त्री बनाएर राखिएको थियो।

    दलहरूबीच गाण्डकीमा बनाइने मन्त्रालयको संख्या र कसले कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति हुन सकेको थिएन। तर करीब आधा महिनाको रस्साकस्सी र प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई/दुईपटक भेटेपछि मुख्यमन्त्री अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। उनले यसअघि १२ मन्त्रालय रहेको गण्डकीमा ५ मन्त्रालय घटाएर ७ मा छन्।

    मुख्यमन्त्री अधिकारीले मंगलबार तीन मन्त्री थप गर्दै मन्त्रिपरिषद् संख्या ७ पुर्‍याएका छन्। मंगलबार उनले एमालेका दुई र माओवादी केन्द्रका एकसहित तीन मन्त्री थप गरे। उनले एमालका रोशन गाहामगर र वेदबहादुर गुरुङ (श्याम) तथा माओवादी केन्द्रबाट रेशम जुग्गालीलाई मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले मंगलबार साँझ नै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका छन्। यसअघि माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री भइसकेका छन्।

    मन्त्रिपरिषद्ले पूर्णता पाउँदा एमालेको भागमा परेको आर्थिक मामिला मन्त्रालयमा रोसन गाहा मगर, सीताकुमारी सुन्दासलाई आन्तरिक मामिला तथा कानुन र बेदबहादुर गुरुङ (श्याम)लाई कृषि तथा जलस्रोत मन्त्रालय दिने पार्टीमा सहमति भएको थियो। सोअनुसार नियुक्त भएका मन्त्रीहरू सपथ लिन जाँदै थिए। तर बाटोमा जाँदाजाँदै मुख्यमन्त्री अधिकारीले जिम्मेवारी हेरफेर गर्दै आर्थिक मामिला मन्त्रालय सुन्दासलाई दिएर आन्तरिक मामिला तथा कानुनमन्त्रीमा गाहा मगरलाई दिए भने गुरुङको मन्त्रालय यथावत राखेका थिए।

    पार्टीमा भएको सहमतिअनुसार मन्त्रालय नपाएपछि शपथ लिन पुगेका गाहा मगर केहीबेर अलमलमा परेका थिए। सुरुमा शपथ नलिने अडानमा रहेका गाहा मगरले अन्तिममा शपथ भने लिएका छन्। यसअघि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मन्त्री दिने भनेर बोलाएपछि गृहजिल्ला नवलपुरबाट दुई गाडी आफन्त र शुभचिन्तक लिएर पोखरा आउने क्रममा बाटोमै उनलाई दिने भनिएको जिम्मेवारी अर्कैलाई दिएपछि उनी जिल्ल परेर फर्केका थिए।

    मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार विकास र रेशम जुग्जाली मगरलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् भने राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

    योसँगै गण्डकी प्रदेशमा मन्त्रालय संख्या १२ बाट घटाएर ७ मा झारिएको छ। तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकीमा आफ्नो सरकार बचाउन ११ मन्त्रालय बनाएका थिए। मन्त्रालयको संख्या बढाए पनि तत्कालीन गुरुङ सरकार ढलेपछि बनेको वाम–लोकतान्त्रिक सरकारले एक मन्त्रालय थपेर गण्डकीमा मन्त्रालय संख्या १२ पुर्‍याएको थियो। जसका कारण भाग मिलाउन मन्त्रालय बढाएर फजुल खर्च गरेको भन्दै व्यापक आलोचना भयो। सोही कारण संघीयताको औचित्य माथि नै प्रश्न चिह्न उठाउने र संघीयता खारेजीको आवाजसमेत उठ्न थालेको थियो।

    ताजा जनादेशसँगै एमाले र माओवादीको पुर्नमिलन भएपछि बनेको खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले मन्त्रालय घटाउने तयारी गरेको थियो। आलोचनाबाट बच्दै आफ्नो सरकारप्रति नकारात्मक दृष्टिकोण नआओस् भन्ने उद्देश्यले अधिकारीले सुरुदेखि नै मन्त्रालय घटाउने बताउँदै आएका थिए। मन्त्रालय घटाउने कुरामा सत्तारुढ दलहरूबीच सहमति भएपनि मन्त्रालय कति बनाउने भन्नेबारेमा मतैक्यता थिएन। मुख्यमन्त्री अधिकारी मन्त्रालय घटाएर सातमा झार्ने योजनामा भए पनि उनकै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ९ मन्त्रालय बनाउन दबाब दिँदै आएका थिए। तर पछिल्लो केही दिनयता दैनिक रूपमा भएको सघन छलफलले मन्त्रालय संख्या ७ मा झार्ने सहमति भएको थियो। नागरिक दैनिकबाट

  • गण्डकी प्रदेश
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

  • इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला

  • अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

  • गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

  • समाचार
  • १

    सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
    २०८२ अषाढ २, सोमबार

  • २

    इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला
    २०८२ अषाढ २, सोमबार

  • ३

    अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
    २०८२ अषाढ २, सोमबार

  • ४

    गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
    २०८२ अषाढ २, सोमबार

  • ५

    यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने
    २०८२ अषाढ २, सोमबार

  • ६

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
    २०८२ अषाढ २, सोमबार

  • ७

    सामाजिक सुरक्षा भत्ता हिनामिनामा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८२ अषाढ २, सोमबार

  • ८

    संघीय निजामती सेवा सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
    २०८२ अषाढ १, आईतबार

  • ९

    केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • १०

    बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution