• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ५, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

“असारे पानी साउने झरी” बोलको गीत बजारमा

२०८३ अषाढ १६, मंगलबार

आइरन चक्की खरिदमा अख्तियारको चासो

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ १५, आईतबार
ciaa

ciaa

  • ५०२ पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा खाने आइरन चक्कीको खरिद गर्दा राज्यलाई ठुलो रकम नोक्सानी हुने भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। मन्त्रालयले आइरन चक्की खरिद गर्दा बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी पर्ने भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको हो। ‘अख्तियारमा उजुरी परेको छ। अनुसन्धान प्रक्रिया भन्न मिल्दैन,’ आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने।

    ‘आइरन चक्कीमा देखादेखी करोडौं रूपैयाँ भ्रष्टाचारको खेल भइरहेकाले छानबिन गर्नुपर्ने र पुनः टेन्डर गरी सस्तोमा औषधि दिन चाहने कम्पनीहरूलाई मौका दिनुपर्ने’ उजुरीमा उल्लेख छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले बजारमा ४० देखि ५० पैसामा पाइने आइरन चक्कीलाई नोबाजेनिटिका भन्ने कम्पनीसँग ९० पैसा मूल्य आसपासमा खरिद गर्न लागेको स्रोतको दाबी छ। यसरी उच्च मूल्यमा आइरन चक्की खरिद गरे राज्यलाई ११ करोड बढी आर्थिक भार पर्न जान्छ। संघीय सरकारले आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ दिएको छ। विभागले आइरन चक्की खरिद गर्न नोबाजेनिटिकाले दिएकै दररेट आसपासमा त्यसैसँग सहकार्य गर्ने वितरक सप्लाई कम्पनीसँग सम्झौताको अन्तिम तयारी गरेको छ।

    विभागको व्यवस्थापन महाशाखा खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले सबै प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद गर्न लागेकाले खासै समस्या नभएको बताए। ‘विभागले सबै प्रक्रिया पूरा गरी खरिद गर्न लागेको हो। सार्वजनिक खरिद ऐनले व्यवस्था गरेका सबै प्रक्रिया पूरा भएका छन्। त्योभन्दा बाहिर जान मिल्दैन, सो प्रक्रियाअन्तर्गत विभागमा आएको प्रस्तावमध्ये सबैभन्दा कम दररेट प्रस्ताव गर्ने कम्पनीसँग सम्झौता गरेर खरिद गर्न लागेका हौं,’ चौरसियाले भने।

    प्रदेश सरकारले औषधि किन्ने बजेटलाई समेत संघीय सरकारमातहत ल्याएर आइरन चक्की खरिद गर्न लागिएको हो। नयाँ सरकार गठन भए पनि खरिद प्रक्रिया नरोकिने भन्दै विभागले प्रक्रियालाई निरन्तरता दिने भएको छ। ‘टेन्डर भइसकेको छ। यो प्रक्रिया रोकिँदैन। प्याकेजिङ गर्न समय लाग्छ। प्याकेजिङमै धेरै खर्च हुन्छ। त्यसकारण यो समयमै पुर्‍याउनुपर्ने हुन्छ,’ विभाग स्रोतले भन्यो। मुलुक संघीय र प्रदेश निर्वाचनको मुखमा होमिन लाग्दा हतारमा बजेट ल्याएर असोज १४ गते विभागले टेन्डर आह्वान गरेको थियो। टेन्डर आह्वान गर्दा नै केही कम्पनीलाई मात्रै हुनेगरी मापदण्ड बनाइएकाले पनि विवाद आएको र आइरन चक्कीको खरिद मूल्य बढेको स्रोतको दाबी छ।

    विभागका अनुसार अघिल्लो सरकारका मन्त्रीदेखि केही कर्मचारीको निर्देशनमा विभागको परिवार कल्याण महाशाखाले मापदण्ड बनाएको थियो। ‘खरिद प्रक्रिया मापदण्ड निर्धारणमा अघिल्लो सरकारमा रहेका मन्त्री र सचिवहरूको समेत चासो रहेकाले दुईतीनवटा कम्पनीलाई मिल्नेगरी मापदण्ड बनाइएको हो, जसले गर्दा सस्तोमा आइरन चक्की दिन्छु भन्ने कम्पनीहरूलाई वञ्चित गरियो,’ विभागका एक कर्मचारीले भने।

    अर्थ मन्त्रालयले २० करोड रूपैयाँ बजेट पठाउनेबित्तिकै स्वास्थ्य मन्त्रालयले असोज १३ गते प्रदेश र स्थानीय तहलाई आइरन चक्की खरिद नगर्नू भन्दै पत्राचार गरेको थियो। प्रदेश तहबाट औषधि खरिद तयारी भएका बेला त्यहाँको समेत बजेट खिचेर संघमा ल्याइएको थियो। अर्थको सोही पत्र विभागले असोज २३ मा प्रदेश र स्थानीय तहलाई पठाएको थियो। त्यसमा आइरन चक्की खरिद नगर्न भनिएको थियो।

    त्यही प्रकारको पत्राचार संघीय मामिला मन्त्रालयले पनि पठाएपछि कात्तिक १४ भित्र परेका टेन्डरलाई विभागले खोलेको र त्यसमा सबैभन्दा कम मूल्य पेस गर्ने कम्पनीलाई सप्लाई गर्न अनुमति दिने निर्णय गरेको थियो। स्वास्थ्य व्यवसायी संघले भने आइरन चक्की खरिदमा सबै व्यवसायीलाई टेन्डर प्रक्रियामा सहभागी नगराएको र सिन्डिकेट गरेर केही व्यवसायीलाई मात्रै लक्षित गरी टेन्डर निकाल्दा राज्यलाई ठुलो रकम हानिनोक्सानी हुने जनाएको छ।

    टेन्डर आह्वान गर्नुअघि विभागले आइरन चक्की उत्पादन गर्ने कम्पनीको दररेट प्रकाशन गर्न लगाएको थियो र केही सप्लायर्स कम्पनीसँग दररेट मागेको थियो। तीनवटा औषधि उत्पादक कम्पनीले मात्रै दररेट दिएका थिए। तर दररेट दिने ती कम्पनीहरू भने टेन्डर प्रक्रियामा सहभागी भएनन्। टेन्डर प्रक्रियामा भने औषधि उत्पादक कम्पनी क्युरेक्सले ९५ पैसा, नोबाजेनिटिकाले ९० पैसा, गोसाइँकुण्ड सप्लायर्सले १ रूपैयाँ ३० पैसा र रमन सप्लायर्सले १ रूपैयाँ १५ पैसा प्रस्ताव गरेका थिए। विभाग स्रोतका अनुसार अघिल्लो सरकारले यति धेरै आइरन चक्की खरिद गर्ने प्रस्ताव किन ग¥यो भन्नेमा पनि अन्योल छ। एक वर्षमा १० देखि १२ करोडभन्दा बढी आइरन चक्की नचाहिने भए पनि सबै बजेट सक्ने गरी विभागले आइरन चक्की खरिद गर्न लागेको हो। नागरिक दैनिकबाट

  • अर्थ मन्त्रालय
  • आइरन चक्की
  • गर्भावस्था
  • स्वास्थ्य मन्त्रालय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेपाल नामिबियासँग ८ विकेटले पराजित

  • वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय

  • भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

  • सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने

  • समाचार
  • १

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • २

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ३

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ४

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • ५

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • ६

    अर्थ मन्त्रालयको पूर्व सहमति नलिई चार पाङ्ग्रे सवारी खरिद गर्न नपाइने
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    देशका अधिकांश स्थानमा भारी बर्षा हुने
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न र लोकसेवामा माग गर्न रोक
    २०८३ श्रावण ४, सोमबार

  • ९

    सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक
    २०८३ श्रावण ४, सोमबार

  • १०

    सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन यातायात बिभागको आग्रह
    २०८३ श्रावण ४, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution