• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
३

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
४

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
५

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
६

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
७

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
८

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
९

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
१०

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
११

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
१२

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघको घोषणा

२०८३ श्रावण १२, मंगलबार

कर उठाउन काठमाडौं महानगरले थाल्यो ‘कटुवाल प्रथा’

प्रकाशित मिति: २०७८ श्रावण २१, बिहिबार

  • ५३९ पटक पढिएको
  • २१ साउन, काठमाडौं । साउन १३ गते काठमाडौं महानगरका राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीको टोली ‘कृषि सामग्री कम्पनी लिमिटेड’को कुलेश्वरस्थित कार्यालयको गेटमा पुग्यो । माइकिङ गर्न थाले, ‘कृषि समाग्री कम्पनी लिमिटेडलाई छिटो कर तिर्न आह्वान गरिन्छ ।’

    लगातार आधा घण्टा माइकिङ गरेर नगर प्रहरी फर्कियो । कम्पनीले महानगरसँग यसबारे सोधपुछ गर्दा थाहा भयो, ‘कम्पनीले घर–जग्गा र सम्पत्ति कर तिरेको रहेनछ ।’ कम्पनीका प्रवक्ता राजेन्द्रबहादुर कार्कीका अनुसार देशका १८–१९ वटा स्थानीय तहमा कम्पनीका घर जग्गा र सम्पत्ति छन् । तर सरकारी स्वामित्वको कम्पनी भएकाले यस्तो कर तिर्ने गरिएको थिएन ।

    महाननगरले कर लिने गरेको पनि थाहा थिएन । महानगरले गोरखापत्रमा सूचना निकालेको बताए पनि आफूहरुले थाहा नपाएको कार्की बताउँछन् । एकाएक माइकिङ गरेर ‘कटुवाल प्रथा’ को शैली अपनाउनु उचित नभएको कार्की बताउँछन् ।

    ‘हामीलाई पत्र नै काटेर सोधेको भए पनि हुने थियो, छलफल गर्न नै बोलाएको वा आएको भए पनि हुन्थ्यो,’ कम्पनीका प्रवक्ता कार्की भन्छन्, ‘महामारीका बीचमा पनि यस्तो खालको हुलहुज्जतको शैली अपनाउनु सही भएन ।’

    महानगरले शिष्टता, सदाचार भुलेर उत्तेजक र अनुशासनहीन शैली देखाएको उनको आरोप छ । ‘अहिले बेलामा किस्ता तिर्न नसकेका ऋणीलाई बैंकले पनि समय दिएका छन् । तर महानगरले एकपटक छलफल र पत्राचारसमेत नगरी पुरातनवादी शैलीमा कर उठाउन खोज्यो,’ प्रवक्ता कार्कीले भने, ‘महानगरले कर तिर्नेहरुलाई प्रोत्साहित गर्ने कि निरुत्साहित गर्ने हो ?’

    महानगरपालिकाले भने कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको बताएको छ । तोकिएको अवधिभित्र कर तिर्न नआए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना पनि टाँसिएको थियो । तर ३० दिने म्याद सकिँदा पनि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा साउन १३ देखि १६ गतेसम्म माइकिङ गरिएको महानगरले बताएको छ ।

    २० ठूला करदातामध्ये एक हो, एनआरटी क्लब । ए डिभिजनको यो क्लबको त्रिपुरेश्वरमा रहेको भवन भाडामा लगाइएको छ । त्यसको कर तिर्ने प्रक्रिया शुरु गरे पनि महानगरले प्रतिष्ठामा आँच आउने गरी पत्रिका र सार्वजनिक स्थानमा नाम सार्वजनिक गरेको क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशी बताउँछन् ।

    उनका अनुसार विगतमा सम्पत्ति कर तिर्न नपर्ने निर्णय गरेको भए पनि यसपटक विगतदेखिकै हिसाब देखाइएको छ । ‘हामी खेलकुदका लागि दर्ता भएको क्लब भएकाले दर्ता नवीकरण गर्नुअघि तत्कालीन ऐन अनुसार छुट दिने गरिएको थियो, तर यसपालि क्लब नवीकरण भएन,’ उनी भन्छन्, ‘अहिले एकैपटक २०५० सालदेखिको १ करोड २२ लाख कर तिर्नुपर्ने हिसाब देखाइएको छ ।’

    ‘ए डिभिजन’ लिग खेल्न लाग्ने खर्च जुटाउनकै लागि क्लबले आफ्ना सम्पत्ति भाडामा लगाएको भन्दै उनले अहिले महानगरले निर्धारण गरेअनुसार कर तिर्दा लिगमा गर्नुपर्ने खर्च नै नपुग्ने बताए । उनले अघि भने, ‘हामी नाफामूलक संस्था होइनौं भन्ने बुझ्दाबुझ्दै पनि महानगरले न्याय गरेन ।’

    सरकारी संस्थान र क्लब मात्रै होइन, महानगरले अपनाएको शैलीसँग व्यवसायीहरु पनि असन्तुष्ट छन् ।

    सम्पत्ति करका लागि ताकेतामा परेका एक व्यवसायी महामारीले व्यापार÷व्यवसाय चौपट भएका बेला महानगरपालिकाले कर छिटो तिर्न भन्दै ज्यादती गरेको बताउँछन् । नाम नलेख्ने शर्तमा उनले भने, ‘कर तिर्दैनौं भनेका हैनौं, तर महामारी र निषेधाज्ञाका कारण भवन र सटर भाडामा लिएर बसेका साना व्यवसायीहरुले पनि हामीसँग थप समय माग्नुभएको छ । आफ्नै व्यवसाय पनि चौपट छ, आम्दानी सुकेका बेला सम्पत्तिको कर तिर्न आइनस् भनेर ढोकामा आएर माइकिङ गर्दा हामीलाई कस्तो असर पर्ला ?’

    ‘बेइज्जत’ गर्दै कर उठाउने महानगरको शैली गलत भएको ती व्यवसायी बताउँछन् ।

    महानगर भन्छ– फेरि पनि गर्छौं

    काठमाडौं महानगरपालिका भने महामारीको बहाना बनाएर सम्पत्ति कर तिर्ने समयावधिमा छुट नपाइने बताउँछ ।

    सम्पर्कमा ल्याउन धेरै प्रयास गर्न पनि सम्पत्तिको विवरण समेत नपाएपछि माइकिङ गरिएको महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी बताउँछन् । ‘थप ५० करदाताको सूची तयार गरेका छौं, माइकिङ गरेर नै कर उठाउछौं,’ उनले भने, ‘पत्रिकामा सूचना निकालेपछि मलाई जानकारी थिएन भन्न पाइन्छ र ?’

    महामारीबाट प्रभावित भएकाका लागि व्यवसाय र घरबहाल कर तिर्न थप समय र छुट सुविधा दिएको बताउँदै सम्पत्ति करमा त्यस्तो सुविधा दिन नसकिने बताए । ‘काठमाडौंका मुख्य शहरी क्षेत्रमा करोडौंको सम्पत्ति ओगटेर बस्नेले कर तिर्न सक्दैन ?’ उनी भन्छन्, ‘महामारी भनेर सम्पत्ति कर तिर्नबाट मुक्ति पाइँदैन ।’

    उनका अनुसार करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ, जसका लागि महानगरले ‘कर तिर्न आउन’ सूचना प्रकाशित गर्ने र नआएमा माइकिङ गर्ने नीति लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने

  • खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्टलाई गरिने स्तरीकरण कार्यक्रम सम्पन्न

  • रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

  • देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने

  • समाचार
  • १

    ३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने
    २०८३ भाद्र ७, आईतबार

  • २

    खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्टलाई गरिने स्तरीकरण कार्यक्रम सम्पन्न
    २०८३ भाद्र ७, आईतबार

  • ३

    रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै
    २०८३ भाद्र ७, आईतबार

  • ४

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ भाद्र ७, आईतबार

  • ५

    भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग
    २०८३ भाद्र ६, शनिबार

  • ६

    देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
    २०८३ भाद्र ६, शनिबार

  • ७

    लुभुमा ‘अन टेस्ट’ ईभी दुर्घटनामा चार जना घाइते, दुईको अवस्था गम्भीर
    २०८३ भाद्र ६, शनिबार

  • ८

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ६, शनिबार

  • ९

    रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?
    २०८३ भाद्र ५, शुक्रबार

  • १०

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ५, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution