• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १७, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
४

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
९

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
१०

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
११

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
१२

अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत

२०८२ कार्तिक १७, सोमबार

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

नवलपुर अनलाइनप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार

  • ४८१ पटक पढिएको
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।

    संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए ।

    ‘राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा हाम्रो भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संकल्प गरेको स्थिति छ’, अध्यक्ष दाहालले भनेका छन्, ‘भोलिका निम्ति सुखद् संकेत यसभित्र छ ।’

    उनले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उनको विश्वास छ ।

    ‘देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउनका निम्ति नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीविलगायत संकल्प गर्ने दिनका रुपमा रहने छ’, उनले भने, ‘आउनुहोस् हामी सबै एक हौँ । सबै एक भएर राष्ट्रको एकता र समृद्धिको आकांक्षा पूर्ति गर्नका निम्ति अगाडि बर्ढौँ ।’

    संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग समबन्धित अनगिन्त ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सहज बनाउने, खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताए ।

    ‘पूर्वाधार विकास र निर्माणमा पनि हामी अगाडि बढेका छौँ तर नेपाली जनताले हामीलाई अपार विश्वास गरेर मतदान गर्ने बेलामा जसरी अपेक्षा गरेका थिए । निकै तीव्र गतिमा आर्थिक विकास हुनेछ । निकै तीव्र गतिमा सामाजिक न्याय कायम हुनेछ र समृद्धिको एउटा नयाँ दौडमा अब नेपाल तीव्र बेगमा अगाडि बढ्नेछ भन्ने अपेक्षा अझै पूरा भएको छैन भन्ने जनगुनासो हामीले सुनेका छौँ’, उनले सन्देशमा भनेका छन् ।

    ‘यसबीचमा धेरै उतारचढाव पनि भए, एकतातिर स्वयम् सरकारको नेतृत्व गर्ने पार्टीभित्र विचार र बहसका कुरा, अर्कातिर देश र दुनियाँमा कोभिड–१९ को महामारीका कारण अप्ठ्यारो र जटिल परिस्थिति पैदा भयो । फेरि पनि हामीले आफ्नो पार्टीभित्रको एकतालाई पनि नयाँ शिराबाट अगाडि बढाउँदै कोरोनाविरुद्धको अभियानलाई पनि अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धताका साथ अगाडि बढेका छौँ ।’

    संविधानसभाबाट संविधान निर्माण प्रक्रियालाई आफैँमा एउटा ऐतिहासिक महत्वको राजनीतिक परिघटनाका रुपमा लिँदै उनले नेपालमा २००७ सालमा संविधानसभाबाट संविधान बनाउने कुरा उठे पनि ऐतिहासिक जनयुद्ध, बाह्रबुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको संयोजनबाट नेपालमा संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताको चाहना पूरा हुने अवस्था बनेको बताए ।

    ‘यद्यपि त्यो पनि निकै जटिल र चुनौतीपूर्ण ढङ्गले अगाडि बढ्यो । पहिलो संविधानसभा सफल भएन र दोस्रो संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गाणतन्त्रात्मक संविधान निर्माण भयो,’ अध्यक्ष दाहालले स्मरण गर्दै भनेका छन्, ‘यो आफैमा मौलिक, गम्भीर र दूरगामी महत्वको परिघटना हो । आज हामी सङ्घीय लोकतन्त्रिक गणतन्त्रको संविधानमा लिपिबद्ध भएको विचार भावना र मान्यतालाई व्यहारमा उतार्ने प्रक्रियामा छौँ । यो ठूलो राजनीतिक परिवर्तनेको युगान्तकारि परिवर्तन हो किनकी राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट सङ्घीयतामा, समावेशीता र समानुपातिकतामा र त्यसपछि धर्म सापेक्षताबाट धर्म निरपेक्षतामा जाने कुरा एउटा युगान्तकारी राजनीतिक परिवर्तनको द्योतक हो ।’

    नेपालको बृहत एकता, यसको राष्ट्रिय स्वाधितनता, आत्मसम्मानको वृद्धि र नेपाली जनताको समृद्धिको आकांक्षा संविधानको अपेक्षाका रुपमा रहेको उल्लेख गर्दै उहाँले इतिहासको मूल्याङ्कनको दृष्टिले पाँच वर्षलाई लामो समयका रुपमा लिन नहुने बताए ।

    ‘यो लामो समय होइन तर फेरि पनि यसले के संकेत गर्छ भन्ने महत्वपूर्ण छ । यो पाँच वर्षमा संविधान घोषणा भयो । संविधान घोषणा भए पछि पनि निर्वाचत हुने हो की होइन भन्ने प्रश्न थियो’, उनले भने, ‘किनकी संविधान घोषणापछि मुख्यतः तराई मधेसमा असन्तुष्टिको स्थिति थियो । त्यसलाई पनि सामेल गरेर निर्वाचन तिर जाने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चुनौती हाम्रो अगाडि थियो । हामीले त्यसलाई पार ग¥यौँ, मलाई खुसी र गर्व पनि छ ।’

    संविधासभाको निर्वाचनमा देशमा लैजानका निम्ति आफ्नै नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसपछि सात राजनीतिक दल र नेकपा माओवादीले गरेको बाह्रबुँदे समझदारी र ऐतिहासक जनआन्दोलन हुँदै देश अन्तत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुने ठाउँमा आइपुगेको स्मरण गर्दै उनले भने, ‘यो कम गौरवको कुरा होइन्, आम नेपाली र त्यसका लागि अनवरत सङ्घर्ष गर्ने र त्यसको नेतृत्व गर्ने पात्रको हैसियतले मलाई गर्वको अनुभूति हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै

  • एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

  • गण्डकी सहितका चार प्रदेशमा आंशिक बदली हुने

  • यस्तो छ काँग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका

  • समाचार
  • १

    आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै
    २०८२ मंसिर १७, बुधबार

  • २

    एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
    २०८२ मंसिर १७, बुधबार

  • ३

    गण्डकी सहितका चार प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १७, बुधबार

  • ४

    यस्तो छ काँग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका
    २०८२ मंसिर १६, मंगलबार

  • ५

    निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    २०८२ मंसिर १६, मंगलबार

  • ६

    ४५ यात्रु सवार बस उत्तर प्रदेशमा दुर्घटना: २ नेपालीको मृत्यु , २४ घाइते
    २०८२ मंसिर १६, मंगलबार

  • ७

    १८औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गैंडाकोट प्रथम
    २०८२ मंसिर १६, मंगलबार

  • ८

    भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट बदर
    २०८२ मंसिर १६, मंगलबार

  • ९

    नवलपुरमा थपिए ९ हजार २३७ नयाँ मतदाता
    २०८२ मंसिर १६, मंगलबार

  • १०

    वीरगञ्ज नाकाबाट चार महिनामै भित्रियो २ अर्ब २९ करोडको मकै
    २०८२ मंसिर १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution