• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १७, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
४

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
७

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
८

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
९

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
१०

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
११

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
१२

अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत

२०८२ कार्तिक १७, सोमबार

चितवनमा पछिल्लो आठ महिनामा ३० गैँडा मरे!

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन २५, बुधबार

सांकेतिक तस्बिर

  • ३७८ पटक पढिएको
  • चितवन:  चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७८/७९ को हालसम्म ३० वटा दुर्लभ एकसिंगे गैँडा मरेका छन् । आवको आठ महिना पुग्न नपाउँदै चोरी सिकारीले मारिएका दुईसहित ३० वटा गैँडा मरेको निकुञ्जले जनाएको छ ।

    निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा ती गैँडा मरेका हुन् । गत आव २०७७/७८ मा ३३ वटा गैँडा मरेका थिए । त्यसअघि आव २०७६/७७ मा २६ गैँडा मरेका थिए । यस आवको माघ र फागुनमा मात्रै ११ वटा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    उनकाअनुसार खोलाले बगाएर र दलदलमा भासिएर आठ, आपसमा जुधेर आठ, प्राकृतिक कारणले ६, बाघको आक्रमणबाट पाँच, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीले एउटा गैँडा मरेका हुन् । साउन ११ गते लिङ्ग पहिचान हुन नसकेको एउटा गैँडा माडीको घाँघर क्षेत्रमा मृत अवस्थामा फेला परेको थियो । गैँडाको खाग काटिएको थियो । उक्त गैँडा चोरी सिकारीले मारेको तिवारी बताउँछन् ।

    त्यसैगरी, असोज ११ गते धोबाहा क्षेत्रमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला पर्‍यो । त्यसको पनि खाग चोरी गरिएको थियो । दुई वटा गैँडाको चोरी सिकारीमा संलग्न पाँच प्रतिवादीमध्ये दुई जनालाई पक्राउ गरिएको र अझै तीन जना फरार रहेको उनले बताए । माघ र फागुनबाट बाघको आक्रमणबाट चार गैँडाको मृत्यु भएको हो । बाघमारा पोस्टको काभ्रे ताल र खेरियामुहान क्षेत्रमा लिङ्ग पहिचान नभएका दुई गैँडा बाघको आक्रमणबाट मरे । सौराहा र सिसुवार मध्यवर्ती क्षेत्रमा करिब चार/चार महिनाका दुई पोथी गैँडा मरेका हुन् ।

    त्यसअघि मंसिर ४ गते घटगाई क्षेत्रमा बाघको आक्रमणबाट डेढ वर्षको भाले गैँडा मरेको थियो । आपसमा जुधेर आठ गैँडाको मृत्यु भएको अनुमान गरिएको तिवारी बताउँछन् । सौराहा क्षेत्रको ठूलो घोल क्षेत्रमा साउन ७ गते आपसमा जुधेर करिब २२ वर्षको भाले गैँडा मर्यो । कात्तिक ६ गते नवलपुरको भुताहा मध्यवर्ती वनमा र कात्तिक ११ गते सौराहा क्षेत्रको २ नं मचाननेर एकरएक गैँडाको मृत्यु भएको थियो । त्यसपछि मंसिर ५ गते सौराहा क्षेत्रकै डुंगाघाटमा आपसमा जुधेर करिब २२ वर्षको पोथी गैँडा मर्‍यो ।

    काभ्रे ताल क्षेत्रमा माघ १ गते भालेको आक्रमणबाट दुई वर्षको पोथी गैँडा मरेको थियो । माघ १२ गते सुरुङ खोला क्षेत्रमा एउटा भाले र फागुन ४ गते सिसुवार मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैंडा आपसमा जुधेर मरेको उनले बताए । फागुन १४ गते कुजौली पोस्ट नजिकै शुक्ला घोल क्षेत्रमा करिब २० वर्षको एउटा भाले गैँडा जुधेर मरेको थियो । पछिल्लो पटक फागुन १९ गते नवलपुरको कृष्णसार मध्यवर्ती वन क्षेत्रमा करिब २८ वर्षको पोथी गैँडा प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।

    चालु आवमा प्राकृतिक कारणले मात्रै १४ वटा गैँडा मरेको उनी बताउँछन् । ‘सिमसार क्षेत्र र दलदलमा भासिएर मर्ने गैँडाको संख्या पनि बढी छ’, उनी भन्छन्, ‘बाढीले बगाएर पनि बच्चा गैँडा मर्ने गर्छन् । चालु आवमा बाढीले बगाएर र बुढो भएर चार गैँडा मरेका छन् ।’ मानवीय लापरबाहीका कारण माघ ९ गते खाडलमा परेर करिब १२ वर्षको भाले गैँडा मरेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गतको वनदेवी वरण्डाभार मध्यवर्ती वन क्षेत्रको टिकौली जंगलनजिक सडक नालीको खाल्डोमा परेर गैँडा मरेको हो ।

    उक्त गैँडा मरेको विषयमा छानबिन गर्नका लागि वन मन्त्रालयले समिति नै बनाएको थियो । समितिले गैँडा मर्नुमा निकुञ्ज प्रशासन, सडक डिभिजन र निर्माण व्यवसायी सबैको गल्ती रहेको औंल्याएको छ । घटनाको छुट्टै अनुसन्धानका लागि निकुञ्जले राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ । गैँडाको संरक्षणको लागि वासस्थान व्यवस्थापन नै प्रमुख चुनौतीका रूपमा रहेको तिवारी बताउँछन् । ‘गैँडा बाहिर गाउँवस्तीमा निस्कँदा गैँडा र मानवबीच द्वन्द्व सिर्जना हुने अवस्था छ । त्यसकारण गैँडालाई वन जंगलमै कसरी सिमित गर्ने भनेर अलिकति ध्यान दिन आवश्यक देखिन्छ’, उनले भने ।

    गत वर्ष चैतमा सार्वजनिक विवरणअनुसार नेपालमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा छन् । गैँडाको संख्या बढ्दै जाँदा एक ठाउँमा जम्मा भएर आपसमा जुधेर गैँडा मर्ने गरेका निकुञ्ज बताउँछ । न्युज कारखानाबाट

  • गैँडा
  • चितवन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ

  • जेनजी आन्दोलन : योगेन्द्रको सरकारी अधिकृत बन्ने सपना अधुरै रह्यो

  • देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा

  • इन्डिगो एयरलाइन्सलाई ११७ करोड जरिवाना

  • समाचार
  • १

    बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ
    २०८२ मंसिर १७, बुधबार

  • २

    जेनजी आन्दोलन : योगेन्द्रको सरकारी अधिकृत बन्ने सपना अधुरै रह्यो
    २०८२ मंसिर १७, बुधबार

  • ३

    देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा
    २०८२ मंसिर १७, बुधबार

  • ४

    इन्डिगो एयरलाइन्सलाई ११७ करोड जरिवाना
    २०८२ मंसिर १७, बुधबार

  • ५

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    २०८२ मंसिर १७, बुधबार

  • ६

    श्री विनायक कृषि सहकारीको साधारण सभा तथा प्याकेजिङ उद्योग उद्घाटन
    २०८२ मंसिर १७, बुधबार

  • ७

    आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै
    २०८२ मंसिर १७, बुधबार

  • ८

    एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
    २०८२ मंसिर १७, बुधबार

  • ९

    गण्डकी सहितका चार प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १७, बुधबार

  • १०

    यस्तो छ काँग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका
    २०८२ मंसिर १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution