२०८० मंसिर २३, शनिबार
काठमाडौं। कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले निर्वाचन खर्च अत्यन्तै महंगो हुँदै गएको बताएका छन्। खर्चकै कारण चुनाव लड्न नसकिने अवस्था आएको उनले बताए।
नेविसंघ इलाम काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न कोही आउने हो भने छोडिदिने घोषणा गरे।
कोइराला नवलपुर क्षेत्र नम्बर १ गैँडाकोटबाट तीन पटक निर्वाचित भएका थिए। आफूले पहिलोपटक निर्वाचन लड्दा त्यहाँ ८० हजार रुपैयाँ खर्च गरेको बताए।
दोस्रोपटक चुनाव लड्दा तीन करोड र अन्तिम पटक गएको प्रतिनिधि सभामा निर्वाचित हुँदा ६ करोड खर्च गरेको बताए। तपाईँहरू कोही मेरो क्षेत्रबाट चुनाव लड्न सक्नुहुन्छ? कम्तिमा ६ देखि ७ करोड चुनावी खर्च गर्न सक्ने आए आफु छोड्न तयार रहेको कोइरालाले भने।
‘चुनाव खर्च त घट्दै जानुपर्ने होइन, झन् झन् बढिरहेको छ, किन बढ्दै गएको हो,’ उनले भने। उक्त क्षेत्रमा निर्वाचन लड्दा अब पनि ६/७ करोड खर्च गर्नैपर्ने देखिएको कोइरालाले बताए। ‘पहिलो चुनावमा मलाई त्यहाँ कसैले चिन्दैनथे, नयाँ थिएँ, चिनिसकेपछि त मूल्य घट्नुपर्ने हो नि,’ कोइरालाले भने।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे