२०७९ चैत्र १६, बिहिबार
काठमाडौँ: सार्वजनिक विदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने भएको छ।
विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने तथा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गरिने बिभागले जनाएको छ।
सेवाग्राहीहरुलाई सहज र सरल तबरले राहदानी उपलब्ध गराउन जेठ १५ गते आइतबार देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १०:०० बजे देखि अपरान्ह ०४:०० बजेसम्म विभाग खुल्नेछ।
राहदानीको लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्ने भएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे