२०७९ चैत्र १२, आईतबार
गैँडाकोट: महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडकखण्डको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल मर्मत गर्नका लागि जेठ २२ गते ६ घण्टा सवारीसाधन बन्द हुने भएको छ।
गिरुवारी खोलामा रहेको पुलको बिचमा प्वाल परेको हुँदा मर्मत गर्नका लागि जेठ २२ गते बिहान ८ बजेदेखि २ बजेसम्म यातायातका साधन बन्द गरिने जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ।
उक्त समयमा सो सडक खण्डबाट पूर्व पश्चिम भई गुड्ने एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाई वैकल्पिक मार्गको प्रयोग गर्ने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिनु हुन प्रशासनले अनुरोध गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे